विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै


काठमाडौँ

ओमानमा जारी आइसिसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिताको सुपर सिक्सका खेलहरू आजदेखि सुरु हुदै छन् ।
नेपालले आज आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी युएईविरुद्ध खेल्दै छ । यो खेल आज नेपाली समय अनुसार दिउसो ४: १५ बजेदेखि सुरु हुदैछ ।

नेपाल र युएईबिचको खेललाई एसोसियट देशहरूको क्लासिको पनि भन्ने गरिन्छ । दुवै देश टी-२० क्रिकेटमा अहिलेसम्म १० पटक आमने सामने भएका छन् भने दुवैले ५-५ खेल जितेका छन् । समूह चरणमा दुवै आ-आफ्नो समूहमा विजेता बनेर सुपर सिक्समा २-२ अङ्क लिएर आएका छन् । दुवै देशले यो खेल जितेर आफ्नो स्थान सुनिश्चित गर्न चाहन्छन् ।
त्यस्तै सुपर सिक्समा आज ओमान र कतार बिच बिहान ११: ४५ बजेदेखि खेल हुदैछ भने सामाओ र जापानबिच राति ८: ४५ बजेदेखि खेल हुदैछ ।

छनौट प्रतियोगितामा सहभागी ९ देश मध्ये ६ देश सुपर सिक्समा पुगेका हुन् । जसमा आयोजक ओमानसहित नेपाल र युएई समूह विजेता हुँदै २-२ अङ्क लिएर सुपर सिक्समा पुगेका छन् । त्यस्तै कतार जापान र सामोआ उपविजेता हुँदै सुपर सिक्समा पुगेका छन् । त्यसैगरी समूह ए बाट मलेसिया, समूह बी बाट कुवेत र समूह सी बाट पिएनजी भने समूह चरणबाट बाहिरिएका छन ।

नेपालले सुपर सिक्सको अर्को खेल सोमबार कतारविरुद्ध खेल्ने तालिका तय भएको छ । त्यस्तै बुधवार ओमानसँग खेल्ने छ भने शुक्रवार सामोआ सँग खेल्ने तालिका तय भएको छ ।

क्यानले विश्वकप छनौट खेल्न रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली ओमान पठाएको छ । टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, मोहम्मद आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुल्शन झा र सोमपाल कामी रहेका छन् ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...