शिक्षा

आज संसदीय सुनुवाइ समितिको बैठक, प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ हुने

आज संसदीय सुनुवाइ समितिको बैठक, प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ हुने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंसंसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । आज बिहान सवा ११ बजे बोलाइएको बैठकमा निर्वाचन आयोगको प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ हुने कार्यसूची छ । संवैधानिक परिषद्को गत असार १९ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरुमा गुरुप्रसाद वाग्ले (ओखलढुंगा) र डा. राजीव सुब्बा (काठमाडौं)को नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।यसअघि ५ साउनमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित दुई जना आयुक्तहरुलाई साउन १२ गते र प्रस्तावित प्रमुख आयुक्तलाई १३ गते प्रस्तुतीकरणका लागि बोलाउने निर्णय गरेको थियो । समिति सभापति वोधनारायण श्रेष्ठले दुवै दिनको बैठक बिहान सवा ११ बजे बस्ने जानकारी गराएका थिए ।संसदीय सुनुवाइ समितिले सुनुवाइ गरेपछि प्रमुख आयुक्त र आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।सुनुवाइ समितिका सभापति श्रेष्ठका अनुसार सुनुवाइ सुरु हुनुअघ...
सुनसरी घटना प्रकरण- गृहमन्त्रालयले गर्यो सिडिओ सहित सुरक्षा प्रमुखको सरुवा

सुनसरी घटना प्रकरण- गृहमन्त्रालयले गर्यो सिडिओ सहित सुरक्षा प्रमुखको सरुवा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ गृहमन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको ठाउँमा संखुवासभाका सीडीओ इश्वरीप्रसाद अर्याललाई खटाइएको छ।यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ। घ'टनाको विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भइसकेको छ। समितिले एक साताभित्रमा प्रतिवेदन बुझाउने छ। घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आ...
विगतका कमजोरी सल्टाउन पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक– एमाले महासचिव पोखरेल

विगतका कमजोरी सल्टाउन पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक– एमाले महासचिव पोखरेल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक रहेको बताएका छन्। पार्टीभित्र आन्तरिक कमजोरी भएकै कारण अहिलेको अवस्था आएको स्वीकार गर्दै उनले विगतका कमजोरी सल्टाउन वैचारिक पुनर्गठन आवश्यक रहेको बताए। विगतमा नेतृत्वको कमजोरी ढाकछोप गर्दै आएका महासचिव पोखरेलले अहिले भने आन्तरिक कमजोरी भएकै कारण पार्टी जीवनमा ठूलो पराजय भोग्नु परेको बताएका हुन्। आइतबार एमाले लुम्बिनी प्रदेश कमिटीले गरेको मिसन पार्टी जागरण अभियानको शुभारम्भ गर्दै महासचिव पोखरेलले नेता/कार्यकर्तासँग खुलेर आफ्ना कमजोरी स्वीकार गरेका हुन्। ‘हाम्रै कमजोरीले पार्टी अहिलेको अवस्थामा आएको हो, अलिकति सूचना पनि आएकै थिए कमजोरी कहाँ छन् भन्ने बेलैमा सल्टाउन सकिएन,’ उनले भने। उनले आफ्ना कमजोरी स्वीकार नगरेर पार्टीलाई सुधार गर्न नसकिने भन्दै आन्तरिक कमजोरीकै कारण पार्टी जीवनमा सबैभन्दा ठूलो...
एमबीएसको प्रश्नपत्र बाहिरिएको घटनामा त्रिविले गठन गर्यो छानबिन समिति

एमबीएसको प्रश्नपत्र बाहिरिएको घटनामा त्रिविले गठन गर्यो छानबिन समिति

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमान्डौँ त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले एमबीएस प्रथम सत्रको प्रश्नपत्र बाहिरिएको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ ।त्रिविको व्यवस्थापन संकाय डीन कार्यालयअन्तर्गतको परीक्षा सञ्चालन समितिले उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको हो । डीन कार्यालयले जारी गरेको विज्ञप्तिमा परीक्षा सञ्चालनकै क्रममा विभिन्न सामाजिक सञ्जालमार्फत प्रश्नपत्र सार्वजनिक भएको र यसले परीक्षाको मर्यादा तथा विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको भन्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । गत साउन ८ गते सञ्चालन भएको एमजीटी विषयको परीक्षाका क्रममा प्रश्नपत्र सामाजिक सञ्जालमा बाहिरिएको थियो । ...
लुम्बिनी प्रदेशमा कांग्रेसले सरकार छाड्यो, एमाले र नेकपाको सरकार बन्ने

लुम्बिनी प्रदेशमा कांग्रेसले सरकार छाड्यो, एमाले र नेकपाको सरकार बन्ने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलनेकपा एमाले र नेकपाबीच सत्ता साझेदारीको सहमतिपछि लुम्बिनी प्रदेशमा एमालेको सत्ता साझेदार दल कांग्रेसका मन्त्रीले राजीनामा दिएका छन्। कांग्रेसका पाँचै जना मन्त्रीले आफ्नो संसदीय दललाई मन्त्री पदबाट राजीनामा दिएको पत्र बुझाएका छन्। कांग्रेसबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज), सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने र वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवारले कांगेस संसदीय दललाई राजीनामा बुझाएका हुन्। दलको तर्फबाट भने भोलि सोमबार मुख्यमन्त्री चेतनारायण आचार्यलाई राजीनामा बुझाउने तयारी रहेको कांगेस प्रमुख सचेतक जमुना ढकालले जानकारी दिइन्। उनका अनुसार कांग्रेसबाट सरकारमा सहभागी ५ जनाकै राजीनामा दलको कार्यालयमा प्राप्त भएसकेकाले सोमबार मुख्...
यि तिन प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यि तिन प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँदेशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एक दुई स्थानमा आज भारी वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । अहिले कोसी प्रदेशको तराई भागमा मुख्यतया मौसम सफा रहे पनि बाँकी भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । कोसी, बागमती र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भागमा सामान्यदेखि पूर्ण बदली तथा तराईमा आंशिक बदली रहनेछ । हिमाली र पहाडी भेगका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान कोसी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक दुई स्थानमा पनि मेघगर्जन ...
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँभारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्।निट प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणमा आफूलाई जिम्मेवार ठहर गर्दै आन्दोलनकारीहरूले उनको राजीनामाको माग गर्दै नयाँदिल्लीको जन्तर-मन्तरमा लगातार ३६ दिनदेखि धर्ना र प्रदर्शन गरिरहेका थिए । आन्दोलनकारीहरूले धर्मेन्द्र प्रधानको राजीनामाभन्दा कममा आफूहरू पछि नहट्ने अडान लिएका थिए । अन्ततः उनले शिक्षामन्त्री पदबाट राजीनामा दिएका हुन् । यद्यपि, उनको राजीनामाबारे भारत सरकारको औपचारिक प्रतिक्रिया तथा थप विवरण सार्वजनिक हुन बाँकी छ । ...
सांसदका स्वकीय सचिव बारे रास्वपाको अन्तरिक निर्देशन: परिवार र नातेदारलाई नियुक्ति दिन नपाउने

सांसदका स्वकीय सचिव बारे रास्वपाको अन्तरिक निर्देशन: परिवार र नातेदारलाई नियुक्ति दिन नपाउने

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय सांसदका स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनसम्बन्धी आन्तरिक निर्देशन जारी गर्दै नियुक्ति प्रक्रियालाई पारदर्शी, मितव्ययी र जनउत्तरदायी बनाउन मापदण्ड तोकेको छ ।रास्वपाले जारी गरेको निर्देशनमा सांसदहरूले राख्ने स्वकीय सचिव नियुक्त गर्दा नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ । एकाघरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न नपाइने र परिवारभन्दा बाहिरबाट योग्य व्यक्ति छनोट गर्नुपर्ने व्यवस्था गरिएको छ ।निर्देशनअनुसार स्वकीय सचिवका लागि संघीय संसद सचिवालयले तोकेको न्यूनतम शैक्षिक योग्यता पूरा गरेको व्यक्ति हुनुपर्नेछ । स्नातक तह वा सोसरह उत्तीर्ण, सम्बन्धित क्षेत्रमा दक्षता भएको, प्रविधिमैत्री, अनुसन्धान क्षमता भएको र पार्टीका मूल्य-मान्यताप्रति प्रतिबद्ध व्यक्तिलाई प्राथमिकता दिन भनिएको छ ।रास्वपाले योग्य...
सरकारको दाबी: अवैधानिक कारोबारमा प्रयोग हुने २ लाख बढी वेबसाइट र एप बन्द

सरकारको दाबी: अवैधानिक कारोबारमा प्रयोग हुने २ लाख बढी वेबसाइट र एप बन्द

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबारमा प्रयोग हुने दुई लाखभन्दा बढी वेबसाइट तथा एप बन्द गरेको जनाएको छ । सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा अनलाइन सट्टेबाजी र ठगी (स्क्यामिङ) नियन्त्रणलाई प्राथमिकतामा राखेको थियो । कार्यसूचीको ४२औँ बुँदामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सट्टेबाजीसँग सम्बन्धित एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने जिम्मेवारी दिइएको थियो ।सोही निर्णयअनुसार त्यसबेला नेपालमा सञ्चालनमा रहेका सट्टेबाजी वेबसाइट बन्द गरिएका थिए । तर, ती वेबसाइट बन्द भए पनि नयाँ नाम र नयाँ ठेगानामा फेरि सञ्चालनमा आउने क्रम भने रोकिएको थिएन ।प्राधिकरणका अनुसार यो वर्षको फिफा विश्वकप सुरु भएयता मात्रै दुई लाख २३ हजार ५६८ वटा यस्ता एप र वेबसाइट बन्द गरिएका छन् ।विश्वकपका बेला अनलाइन बेटिङको प्रयोग बढ...
मौसम पूर्वानुमान: केही स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान: केही स्थानमा भारी वर्षाको सम्भावना

Breaking news 2, जीवनशैली, ताजा अपडेट, शिक्षा, समाचार
काठमाडौँदेशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ । अहिले देशका हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहेको छ भने तराईमा आंशिक बदली छ। कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।महाशाखाले आज दिउँसो हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहने र तराईमा आंशिक बदली रहने जनाएको छ। हिमाली तथा पहाडी भेगका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा कोसी, मधेस र सुदूरपश्चिम प्रदेशका तराईका एक दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार लुम्बिनी प्रदेशका पहाडी भाग तथा बागमती, गण्डक...