शिक्षा

थप चार मन्त्रीहरूको शपथ आज

थप चार मन्त्रीहरूको शपथ आज

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंमन्त्रिपरिषद्मा आज थपिने मन्त्रीहरूको शपथ साढे २ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्रीहरूको शपथको तयारी भइरहेको छ । आइतबार थपिने मन्त्रीहरुमा डा. सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन् । गौतमलाई स्वास्थ्य तथा जनसंख्या, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।श्रेष्ठलाई यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी तय भएकोमा अहिले उनको जिम्मेवारी फेरेर भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।प्रधानमन्त्री सुशीला कार्कीले चार जना मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालयमा पठाइसकेकी छन् । विस्तृतमा मन्त्री बन्न लागेकाहरु यी चार जनाडा. सुधा शर्मा स्वास्थ्य मन्त्रालयको पूर्व सचिव हुन् । उनी स्त्री तथा प्रसूति रो...
आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपालले आज अमेरिकासँग खेल्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपालले आज अमेरिकासँग खेल्दै

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाण्डौ आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खला आजदेखि युएईमा शुरू हुँदैछ । यो शृङ्खलाको पहिलो खेलमा आज विहान सवा ११ बजे नेपाल र अमेरिका खेल्दैछन् । नेपाली टोलीको कप्तान रोहित पौडेल रहेका छन् । टोलिमा विकेटकिपर तथा ब्याटर अनिलकुमार साह र बलर शाहब आलमले पुनरागमन गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली यूएई र अमेरिकाबीच हुने शृङ्खलाका लागि टोलि घोषणा गर्दै यी दुई खेलाडीलाई पुनरागमन गराएको हो । दुबई अन्तर्राष्ट्रिय रंगशालामा आजदेखि शुरू हुने शृङ्खलामा नेपालले अमेरिका र युएईसँग समान २–२ खेल खेल्नेछ । यसअघि ओमानमा भएको टी–२० विश्वकप एशिया छनोट जितेर नेपाल अर्को वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा पुगिसकेको छ । त्यसपछि टोलि ओमानबाटै दुबई पुगेको हो ।नेपालले अक्टोबर ३० तारिख अर्थात् बिहीवार घरेलु टोली युएईसँग खेल्नेछ ...
छठ पर्वको दोस्रो दिन, आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन, आज खरना मनाइँदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, शिक्षा, समाचार, समाज
बुटवलआदिदेव सूर्यको उपासना गरेर मनाइने महापर्व छठको दोस्रो दिन आज खरना मनाइँदै छ । आज दिनभरको उपवासपछि साँझ ब्रतालुहरू चामल, दूध र सक्खर मिसाइ तयार गरिएको खीर पकाएर प्रसादको रूपमा ग्रहण गर्दै खरना मनाउने गर्दछन् । यो खीर घरका सबै सदस्यले प्रसादस्वरूप ग्रहण गर्ने र पर्व नहुने घरमा वितरण गर्ने परम्परा पनि रहेको छ । सन्तान र पारिवारिक सुख-समृद्धिको कामना गर्दै चारदिनसम्म मनाइने यो पर्व हिजो शनिबार ‘नहाय-खाय’ विधिबाट सुरु भएको थियो । सो दिन ब्रतालुहरूले स्नान गरी अरबा–अरबाइन तथा चोखो भोजन ग्रहण गरेर आगामी उपवासको तयारी गर्छन् ।भोलि सोमबार छठ पर्वको तेस्रो तथा मुख्य दिन सौझकारक अर्थात् ब्रतालुहरूले जलाशयमा गई अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् । मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व छठपर्व विधिवत समापन हुने छ ।छठ पर्वमा बाँसका ढाकी, डगरी, माटोका कोसिया-कुरबार र हाँडील...
विद्युत् प्राधिकरणले महसुल नतिर्ने थप १८ वटा उद्योगको लाइन काट्यो

विद्युत् प्राधिकरणले महसुल नतिर्ने थप १८ वटा उद्योगको लाइन काट्यो

Breaking news 3, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
बुटवल नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ट्रङ्कलाइन प्रयोग गरेर त्यसवापतको महसुल नतिर्ने थप १८ वटा उद्योगको विद्युत् लाइन काटेको छ। यसअघि प्राधिकरणले ६ वटा उद्योगको लाइन काटेकामा शुक्रबार रातिदेखि थप १८ वटा उद्योगको बिजुली काटेको हो।नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार हिजो पञ्चकन्या स्टिल, श्याम प्लास्टिक, गोयन्का फुड्स, कसमस सिमेन्ट, एसआर स्टिल, पञ्चकन्या प्लास्टिक, भलवारी स्वचालित कारखाना, जगदम्बा सेन्थेटिक, एभरेष्ट रोलिङ इन्ड्रस्टिज, घराना फुड्स, विशाल सिमेन्ट, बुटवल सिमेन्ट, निगाले सिमेन्ट, एसआर फुड्स, सिद्धार्थ पेट प्लान्ट, हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न र सोना मिनरल्स एन्ड आयल्सको बिजुली काटिएको हो।यसअघि जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् आपूर्ति कटौति गरिए...
प्रदर्शनकारीलाई संयमित र जिम्मेवारीका साथ प्रस्तुत हुन गृहमन्त्री अर्यालको अनुरोध

प्रदर्शनकारीलाई संयमित र जिम्मेवारीका साथ प्रस्तुत हुन गृहमन्त्री अर्यालको अनुरोध

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमान्डौ गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको वर्तमान अवस्थालाई ध्यानमा राख्दै सबै पक्षलाई जिम्मेवार ढंगले प्रस्तुत हुन अनुरोध गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय सुरक्षा बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले सम्भावित प्रदर्शनका सन्दर्भमा संयम र जिम्मेवारीका साथ व्यवहार गर्न सबैलाई आह्वान गरे ।उनले विभिन्न समूहहरूले प्रदर्शनका तयारी गरिरहेको जानकारी प्राप्त भएको उल्लेख गर्दै सुरक्षा निकायले वर्तमान अवस्थाको सूक्ष्म विश्लेषण गरिसकेको बताए ।गृहमन्त्री अर्यालले भने, “सुरक्षा अवस्थाबारे हामीले विस्तृत समीक्षा गरेका छौं । विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरिरहेका छन् भन्ने जानकारीहरू आएका छन् । आफ्ना राजनीतिक मागहरू जिम्मेवार र संयमित ढंगले राख्न सबै स्वतन्त्र छन् । राजनीतिक विषयहरूको समाधानका लागि सरकार संवादको ढोका खुला राखेको छ ।...
बुटवलमा नेपालकै पहिलो १३२ केभि नेशनल ग्रीडमा ३०मिटर अग्लो मोनोपोल जडान

बुटवलमा नेपालकै पहिलो १३२ केभि नेशनल ग्रीडमा ३०मिटर अग्लो मोनोपोल जडान

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलको कालिकापथमा सडकको विचभागमा रहेका पुर्व पश्चिम १३२ केभि हाइटेन्शन लाइनका सडकनै अवरोध गरेका विद्यूतीय पोल हटाई मोनो पोल जडान शुरु गरिएको छ। बुटवल क्षेत्रमा वि.सं. २०२२ सालमा सप्पन्न भएको उक्त विद्यूतीय प्रसारण तत्काल सोही क्षेत्रमा खेतको जमिन भएकोले पोलको एरियामा करिब ९ मीटर ब्यासको कम्पाउड भित्र २३ मिटर अग्लो फोल्डिङ टावर बनाईएको थियो । पछी तेही लाइनमा तल बाटो बन्यो बाटो पछी ५१ फिटमा बिस्तार हुदा सबै ठाउमा बाटो पुग्यो ।तर टावर भएको ठाउमा दुबै तर्फ १५-१७ फिट भन्दा बढी ठाउँ नहुदा यात्रा गर्न कठिन थियो। जसको कारण दुर्घटना हुने गरेको थियो । समस्या सामाधान गर्न निबर्तमान अर्थमन्त्री तथा यसै क्षेत्रको सभासद बिष्णु पौडेलले बजेट विनियोजन गरे।नपाल विद्युत प्राधिकरणले टेन्डर मार्फत काम गरि पहिले नै मोनो पोल ल्याई फाउन्डेसन तयार गरि राखिएको थियो । जुन आज बाट राख्न शुरु गरिएको...
चुनावलाई चाहिने ४ सय सवारी साधन उपलब्ध गराउन चीन र भारत दुवै तयार

चुनावलाई चाहिने ४ सय सवारी साधन उपलब्ध गराउन चीन र भारत दुवै तयार

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँ सरकारले आगामी निर्वाचनका लागि आवश्यक पर्ने सवारी साधनहरू चीन र भारतबाट बराबरी संख्यामा सहयोग स्वरूप लिने भएको छ। दुवै मुलुकले निर्वाचनका लागि आवश्यक पर्ने सवारी साधनहरू सहयोगका लागि आफू तयार रहेको बताएपछि बराबरी संख्यामा लिने योजना नेपालले बनाएको हो। ‘जेन–जी’ आन्दोलनको परिणामस्वरूप प्रधानमन्त्री नियुक्त सुशीला कार्कीले भारतीय राजदूत नवीन श्रीवास्तवसँग ३१ भदौमा गरेको शिष्टाचार भेटका क्रममा अन्तरिम सरकारको प्राथमिकता निर्धारित समयमै निर्वाचन गराउनु रहेको बताएकी थिइन्। नेपालका लागि चिनियाँ राजदूत छन सङले २ असोजमा प्रधानमन्त्री कार्कीसँग भेट गरेका थिए। त्यसक्रममा पनि प्रधानमन्त्री कार्कीले आफ्ू नेतृत्वको सरकारको प्राथमिकता निर्वाचन नै रहेको उल्लेख गरेकी थिइन्। एक दिनको अन्तरालमा भएका भेटमा भारतीय राजदूत श्रीवास्तव र चिनियाँ राजदूत छन दुवैले निर्वाचनका लागि आवश्यक स...
आइसीसी विश्वकप लिग २ : यस्तो छ नेपाल र अमेरिकाको हेड टू हेड

आइसीसी विश्वकप लिग २ : यस्तो छ नेपाल र अमेरिकाको हेड टू हेड

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंनेपालले आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेल आइतबार अमेरिकाविरुद्ध खेल्दैछ ।दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि शुरु हुदैछ । आइसीसीको एकदिवसीय वरियतामा नेपाल हाल १७औं स्थानमा छ भने अमेरिका १४औं स्थानमा रहेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल र अमेरिका हालसम्म ९ पटक आमने सामने भएका छन् । जसमा दुवै देशले ४-४ खेल जितेका छन् । त्यस्तै एक खेल टाइ भएको थियो ।एकदिवसीय मान्यता पाएपछि नेपाल र अमेरिकाबीचको पहिलो खेल २०२० को फेब्रुअरीमा टियु क्रिकेट मैदानमा भएको थियो, जुन खेल नेपालले ३५ रनले जितेको थियो । त्यस्तै दोस्रो खेल फेब्रुअरी, १२, २०२० मा टियु मैदानमै भएको थियो, जुन नेपालले ८ विकेटले जितेको थियो । त्यस्तै चौथो खेल २०२१ को सेप्टेम्बर १३ मा ओमानको अल अमेरत मैदानमा भएको थियो, जुन खेल...
निवार्चन आयोगमा अहिलेसम्म दर्ता भएका १२२ दल (सूचीसहित)

निवार्चन आयोगमा अहिलेसम्म दर्ता भएका १२२ दल (सूचीसहित)

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं निर्वाचन आयोगले अहिलेसम्म आयोगमा अध्यावधिक भएका र दर्ता भएका दलको सूची सार्वजनिक गरेको छ । सरकारले फागुन २१ गतेका लागि चुनावको मिति घोषणा गरेपछि पुराना दलले आयोगमा अद्यावधिक गरेका हुन् । केही नयाँ दलसमेत दर्ता भएका छन् । अहिले दर्जनौँ पार्टी निर्वाचन आयोगमा दर्ता नगरी आफना वैचारिक राजनीतिक काम गरिरहेका छन् । धेरैले दल दर्ताका लागि निवेदन दिएका छन्, दर्जनौं दल दर्ता हुने गृहकार्यमा छन्। तिनीहरूको विवरण भने यहाँ उल्लेख छैन।निर्वाचन आयोगमा अद्यावधिक भएका दल १. नेपाल मजदुर किसान पार्टी २. नेकपा (माले) ३. गान्धीवादी पार्टी नेपाल ४. नागरिक शक्ति, नेपाल ५. युनाइटेड नेपाल डेमोक्र्याटिक पार्टी ६. चुरेभावर लोकतान्त्रिक पार्टी ७. राष्ट्रिय मुक्ति आन्दोलन नेपाल ८. राष्ट्रिय यथार्थवादी पार्टी नेपाल ९. नेपाल समावेशी पार्टी १०. राष्ट्रिय एकता पार्टी प्रजातन्...
स्वयम्भूबाट स्रोत नखुलेको ६९ लाख ८५ हजारसहित दुई जना पक्राउ

स्वयम्भूबाट स्रोत नखुलेको ६९ लाख ८५ हजारसहित दुई जना पक्राउ

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँप्रहरीले काठमाडौँ महानगरपालिका स्वयम्भूबाट स्रोत नखुलेको ६९ लाख ८५ हजार रुपैयाँसहित एक जना नेपाली र अर्का चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ३८ वर्षीय चिनियाँ नागरिक जियाओ याङ्ग र धादिङको नीलकण्ठ नगरपालिकाकी २२ वर्षीया रोजिना सुनार रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनले भने, 'स्रोत नखुलेको रकमसहित एक जना चिनियाँ र एक जना नेपाली गरी दुई जनालाई पक्राउ गरिएको छ । उनीहरूका विषयमा आवश्यक थप अनुसन्धान भइरहेको छ ।' पक्राउ परेकाहरूको भाडामा लिएको कोठाबाट प्रहरीले सुनका गहनासमेत बरामद गरेको प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले बताए । ...