अपराध

आन्दोलन क्रममा प्रहरी जवानको हत्यामा संलग्न थप एक जना पक्राउ

आन्दोलन क्रममा प्रहरी जवानको हत्यामा संलग्न थप एक जना पक्राउ

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंप्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी जवान उत्तम थापाको हत्यामा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले २१ वर्षीय सोङ गुरूङलाई पक्राउ गरेको हो। सोङ काठमाडौंको धुम्बाराहीबाट पक्राउ परेका हुन्। भदौ २४ गते आन्दोलन क्रममा महाराजगन्ज वृत्तमा प्रहरी जवान उत्तम थापा र असई मिलन रायको हत्या भएको थियो। प्रदर्शनकारीहरूले प्रहरी वृत्तमा आगजनी समेत गरेका थिए। यसअघि पनि प्रहरीले थापा र रायको हत्या आरोपमा केही व्यक्तिहरूलाई पक्राउ गरेको थियो।मिलन रायको हत्यामा संलग्न युवराज क्यापछाकी र सोनाम बुद्धिलाल र उत्तम थापाको हत्या आरोपमा होमप्रसाद पौडेल र टिकाराम विश्वकर्मा पक्राउ परेका थिए। त्यस्तै कोटेश्वरमा प्रहरी जवान अमृत गुरूङको पनि हत्या भएको थियो।पक्राउ परेकाहरूमाथि अनुसन्धान सकेर प्रहरीले पुर्पक्षका लागि थुनामा समेत पठाइसकेको छ। ...
२० लाखभन्दा बढी नगद र १०९ जना जुवाडे पक्राउ

२० लाखभन्दा बढी नगद र १०९ जना जुवाडे पक्राउ

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ देशका विभिन्न स्थानमा चलिरहेको जुवातास नियन्त्रण अभियानअन्तर्गत १०९ जना व्यक्ति पक्राउ परेका छन् । काठमाडौंदेखि कञ्चनपुरसम्म गरिएको प्रहरी कारबाहीमा नगद, तास र कौडा सहित उनीहरू पक्राउ परेका हुन् । काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–१३ चुनिखेलस्थित नेवा चुली रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा रिसोर्टका सञ्चालक राकेश श्रेष्ठसहित ९ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूबाट नगद २ लाख ३१ हजार रुपैयाँ र १६ बुक तास बरामद गरेको छ । चितवनको खैरहनी नगरपालिका–११ मा एकबहादुर भण्डारीसहित ११ जना, ओदान रेष्टुरेन्ट, भरतपुर–१० बाट वासु रिमालसहित १० जना पक्राउ परेका छन् । उनीहरूबाट क्रमशः १ लाख ५० हजार ७२० रुपैयाँ र ५ बुक तास, तथा २ लाख ११ हजार २१० रुपैयाँ र १ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ । कास्कीमा दुई अलग घटनामा दिपक विकसहित ८ जना र हेमबह...
पाल्पामा कुटपिटबाट वृद्ध महिलाको हत्या, उनका श्रीमान घाइते

पाल्पामा कुटपिटबाट वृद्ध महिलाको हत्या, उनका श्रीमान घाइते

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
पाल्पापाल्पाको माथागढी गाउँपालिका–४ देउगीरमा गएराति कुटपिटका कारण एक महिलाको मृत्यु भएको छ । झडेवा बस्ने ३७ वर्षका मिनबहादुर विश्वकर्माले कुटपिट गरी ७६ वर्षीया फूलमाया जिसीको हत्या गरेका हुन् ।कुटपिटकै क्रममा फूलमायाका ८२ वर्षीया श्रीमान प्रेमबहादुर जिसी घाइते भएका छन् । उनलाई लुम्बिनी मेडिकल कलेजबाट थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल रिफर गरिएको प्रहरी नायव उपरीक्षक (डीएसपी) होमप्रकाश चौधरीले जानकारी दिए ।प्रहरीका अनुसार गएराति करिब १२ः३५ बजे घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी माथा र जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको थियो । त्यसपछि घरमै लुकिछिपी बसेका विश्वकर्मा पक्राउ परेका हुन् । स्थानीयका अनुसार कुटपिटमा धारिलो हतियार समेत प्रयोग गरिएको थियो । प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ । ...
जेनजी प्रदर्शनमा प्रहरीबाट लुटिएका ३०३ राइफल झापामा भेटियो

जेनजी प्रदर्शनमा प्रहरीबाट लुटिएका ३०३ राइफल झापामा भेटियो

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
झापाझापाको दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेटनजिक बेवारिसे अवस्थामा ३०३ वटा राइफल फेला परेको छ।स्थानीयवासीले आज बिहान राइफल फेलापरेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा गराएका हुन्। स्थानीयको खबरपछि प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको थियो। झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार फेला परेका ती हतियार गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कार्यालयबाट लुटिएका ३०३ थान राइफल म्यागजिनसहित भएको पुष्टि गरे।उक्त हतियार आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ। ...
सशस्त्र प्रहरी बल रुपन्देहीका प्रमुख ढकालसहित दुई जनाविरूद्ध भ्रष्टाचार मुद्दा

सशस्त्र प्रहरी बल रुपन्देहीका प्रमुख ढकालसहित दुई जनाविरूद्ध भ्रष्टाचार मुद्दा

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
रुपन्देहीसशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगाँवा, रुपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकालसहित दुई जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ढकालसहित दुई जनाविरूद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।ढकाललाई कोटहीमाई गाउँपालिका-५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगाँवामा कार्यरत सशस्त्र प्रहरी जवान यमबहादुर खत्रीलाई भारतबाट कर छली गरेर सामान ल्याउन सहजीकरण गरेको आरोपमा मुद्दा दर्ता गरिएको अख्तियारको प्रवक्ता राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए।उनका अनुसार खत्रीलाई १५ हजार घुससहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो। उनीहरूले आपसमी मिलेमतोमा तथा योजनामा भारतबाट दुर्गौलिया नाका हुँदै नेपालमा घरयसी सामान ल्याउन सहजीकरण गरिदिने गरेको अनुसन्धानमा खुलेको छ। उनीहरूले सेवाग्राहीलाई सहजीकरण ग...
जेनजी आन्दोलनको क्रममा भागेका ५ हजार ७ सय कैदीबन्दी अझै फरार

जेनजी आन्दोलनको क्रममा भागेका ५ हजार ७ सय कैदीबन्दी अझै फरार

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौं जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये झण्डै पाँच हजार ७०० कैदी अझै फरार छन् । मुलुकभर जेनजी प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८९ कैदी र नौ वटा बालसुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५५३ बन्दी भागेका थिए । त्यसमध्ये आज अपराह्नसम्म आठ हजार ५१० कैदी र ३४१ बालबन्दी गरी कूल आठ हजार ८५१ बन्दी कारागार फर्केका छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार पाँच हजार ७९ कैदी र ६१८ बालबन्दी गरी कूल पाँच हजार ६९७ बन्दी अझै फरार छन् । गृह मन्त्रालयले यही असोज १० गते फरार कैदीबन्दीलाई सोमबारसम्म कारागार फर्कन ‘अल्टिमेटम’ दिएको थियो । ठूलो सङ्ख्यामा विभिन्न कसुरमा कैद सजाय भुक्तान गरिरहेका कैदी फरार हुँदा समाजमा सुरक्षा चुनौती थपिएपछि सरकारले फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गरिर...
कारागारबाट भागेका ठूला अपराधमा संलग्न कैदी फर्काउन चुनौती

कारागारबाट भागेका ठूला अपराधमा संलग्न कैदी फर्काउन चुनौती

Breaking news 1, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, सम्पादकिय
बुटवलजेन–जी आन्दोलनका बेला मौका छोपेर कारागारबाट भागेका कैदीमध्ये ठूला अपराधमा संलग्नहरु अझै फरार छन् ।उनीहरु सहजै सम्पर्कमा आउँछन् भन्नेमा प्रशासन ढुक्क छैन । उनीहरुलाई कारागार फर्कन, कानुनी कारबाहीबाट बच्न प्रहरी र कारागार प्रशासनले निरन्तर आग्रह गरिरहेको छ । जेन–जी आन्दोलन तोडफोड, आगजनी र लुटपाटमा परिणत भएपछि कारागारबाट सबैभन्दा बढी तनाव गम्भीर अपराध (हत्या, हातहतियार खरखजना, डकैती, लागुऔषध, खोटा मुद्दा, अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणी मुद्दा) मा सजाय पाएकाहरु फरार भएकोमा छ। ‘समान्य कसुरमा जेल परेका र सजाय सकिन लागेकाहरु धेरैजसो कारागार फर्किए ,ठूला अपराध गरेकाहरु फर्केलान् जस्तो देखिंदैन। उनीहरुलाई व्यापक खोजतलास गरेर ल्याउनुपर्ने अवस्था छ ।’प्रशासनलाई सबैभन्दा बढी तनाव भारतीय कैदीबन्दीको छ । ...
जेलबाट भागेका कैदीहरू चाडवाडमा गाउँमा देखिए खबर गर्नू: प्रहरी प्रवक्ता घिमिरे

जेलबाट भागेका कैदीहरू चाडवाडमा गाउँमा देखिए खबर गर्नू: प्रहरी प्रवक्ता घिमिरे

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँप्रहरीले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ युवाहरूको आन्दोलनका क्रममा देशभरि रहेका कारगारबाट भागेका कैदीबन्दीहरूको उच्च निगरानी भइरहेको जनाएको छ।‘जेनजी’ आन्दोलनका क्रममा देशभरिका कारागारबाट भागेकामध्ये आठ हजार जना कैदी फर्किएका र ६ हजार अझै फरार रहेकाले दसैँ, तिहार, छठलगायतका चाडपर्वको समयमा सुरक्षाका ममलामा नागरिकले पनि सतर्कता अपनाउन नेपाल प्रहरीले अनुरोध गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए।भागेका कैदीहरूमा कोही चोर डाकाहरू पनि छन्। कोही आफूलाई लागेको मुद्दाका विषयमा गाउँमा गएर बदलाको भवना लिनसक्ने भएकाले त्यस्ता व्यक्ति गाउँमा देखिए सम्पर्क गर्न हामीले फोन नम्बर पनि दिएका छौं। सुरक्षाका ममलामा नागरिकले पनि सतर्कता अपनाउन हाम्रो अनुरोध छ,ु उनले भने।त्यसैगरी उनले गाउँमा बदलाको भवना लिनसक्नेहरूको विवरणसहित सम्बन्धित जिल्ला प्रहरी क...
फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन : असोज २० गते भित्र फर्कन पुन:आह्वान

फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन : असोज २० गते भित्र फर्कन पुन:आह्वान

Breaking news 2, अपराध, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँकारागार व्यवस्थापन विभागले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ पुस्ताका प्रदर्शनका क्रममा देशका विभिन्न स्थानमा रहेका कारागारबाट भागेका कैदी बन्दीलाई यही असोज २० गतेभित्र कारागार फर्कने आग्रह गरेको छ ।गृह मन्त्रालय, सुरक्षा निकाय एवम् सरोकारवालाको साथ सहयोग र समन्वयमा कैदी बन्दीलाई फिर्ता ल्याउने काम भइरहेको उल्लेख गर्दै विभागले ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’समेत गठन भएको स्पष्ट पारेको छ । अझै पनि उल्लेख्य सङ्ख्यामा कैदीबन्दी कारागार बाहिर रहेको स्पष्ट पार्दै विभागले तोकिएको समयभित्र कारागार नफर्कनेका हकमा प्रचलित कानुन बमोजिम कारवाही हुने निर्देशक एवम् प्रवक्ता चोमेन्द्र न्यौपानेले जानकारी दिए। शुक्रबारको गृहमन्त्रीस्तरीय निर्णय बमोजिम भागेका कैदीबन्दीको जानकारी उपलब्ध गराउन सम्वद्ध सबैलाई विभागले आग्रह गरेको छ । फरार अवस्थामा रहेका कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय...
सुनौली नाका हुँदै भारतबाट खाडी मुलुक लैजान लागिएका ४० महिलाको उद्धार

सुनौली नाका हुँदै भारतबाट खाडी मुलुक लैजान लागिएका ४० महिलाको उद्धार

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं नेपालबाट भारतहुँदै विभिन्न खडी मुलुकमा लैजान लागिएका महिलालाई उद्धार गरिएको छ । सुनौली नाकाबाट ४० जना नेपालीको उद्धार गरिएको हो । विदेशमा काम लगाइदिने भन्दै गैरकानुनी रुपमा उनीहरुलाई त्यहाँ पुर्‍याइएको थियो ।   उनीहरुलाई घरेलु कामदारका रुपमा कुवेत, साउदी, ओमान र दुबइलगायतका खाडी मुलुकहरूमा लैजान लागिएको खुलेको छ । उनीहरूलाई नेपाली राजदूतावासको समन्वय र भारतीय प्रहरीको सहयोगमा ‘किन इन्डिया’ले उद्धार गरेको हो । उनीहरूलाई आज काठमाडौं ल्याइँदैछ । ...