अपराध

सशस्त्र प्रहरी बल रुपन्देहीका प्रमुख ढकालसहित दुई जनाविरूद्ध भ्रष्टाचार मुद्दा

सशस्त्र प्रहरी बल रुपन्देहीका प्रमुख ढकालसहित दुई जनाविरूद्ध भ्रष्टाचार मुद्दा

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
रुपन्देहीसशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगाँवा, रुपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकालसहित दुई जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ढकालसहित दुई जनाविरूद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।ढकाललाई कोटहीमाई गाउँपालिका-५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगाँवामा कार्यरत सशस्त्र प्रहरी जवान यमबहादुर खत्रीलाई भारतबाट कर छली गरेर सामान ल्याउन सहजीकरण गरेको आरोपमा मुद्दा दर्ता गरिएको अख्तियारको प्रवक्ता राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए।उनका अनुसार खत्रीलाई १५ हजार घुससहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो। उनीहरूले आपसमी मिलेमतोमा तथा योजनामा भारतबाट दुर्गौलिया नाका हुँदै नेपालमा घरयसी सामान ल्याउन सहजीकरण गरिदिने गरेको अनुसन्धानमा खुलेको छ। उनीहरूले सेवाग्राहीलाई सहजीकरण ग...
जेनजी आन्दोलनको क्रममा भागेका ५ हजार ७ सय कैदीबन्दी अझै फरार

जेनजी आन्दोलनको क्रममा भागेका ५ हजार ७ सय कैदीबन्दी अझै फरार

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौं जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये झण्डै पाँच हजार ७०० कैदी अझै फरार छन् । मुलुकभर जेनजी प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८९ कैदी र नौ वटा बालसुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५५३ बन्दी भागेका थिए । त्यसमध्ये आज अपराह्नसम्म आठ हजार ५१० कैदी र ३४१ बालबन्दी गरी कूल आठ हजार ८५१ बन्दी कारागार फर्केका छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार पाँच हजार ७९ कैदी र ६१८ बालबन्दी गरी कूल पाँच हजार ६९७ बन्दी अझै फरार छन् । गृह मन्त्रालयले यही असोज १० गते फरार कैदीबन्दीलाई सोमबारसम्म कारागार फर्कन ‘अल्टिमेटम’ दिएको थियो । ठूलो सङ्ख्यामा विभिन्न कसुरमा कैद सजाय भुक्तान गरिरहेका कैदी फरार हुँदा समाजमा सुरक्षा चुनौती थपिएपछि सरकारले फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गरिर...
कारागारबाट भागेका ठूला अपराधमा संलग्न कैदी फर्काउन चुनौती

कारागारबाट भागेका ठूला अपराधमा संलग्न कैदी फर्काउन चुनौती

Breaking news 1, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, सम्पादकिय
बुटवलजेन–जी आन्दोलनका बेला मौका छोपेर कारागारबाट भागेका कैदीमध्ये ठूला अपराधमा संलग्नहरु अझै फरार छन् ।उनीहरु सहजै सम्पर्कमा आउँछन् भन्नेमा प्रशासन ढुक्क छैन । उनीहरुलाई कारागार फर्कन, कानुनी कारबाहीबाट बच्न प्रहरी र कारागार प्रशासनले निरन्तर आग्रह गरिरहेको छ । जेन–जी आन्दोलन तोडफोड, आगजनी र लुटपाटमा परिणत भएपछि कारागारबाट सबैभन्दा बढी तनाव गम्भीर अपराध (हत्या, हातहतियार खरखजना, डकैती, लागुऔषध, खोटा मुद्दा, अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणी मुद्दा) मा सजाय पाएकाहरु फरार भएकोमा छ। ‘समान्य कसुरमा जेल परेका र सजाय सकिन लागेकाहरु धेरैजसो कारागार फर्किए ,ठूला अपराध गरेकाहरु फर्केलान् जस्तो देखिंदैन। उनीहरुलाई व्यापक खोजतलास गरेर ल्याउनुपर्ने अवस्था छ ।’प्रशासनलाई सबैभन्दा बढी तनाव भारतीय कैदीबन्दीको छ । ...
जेलबाट भागेका कैदीहरू चाडवाडमा गाउँमा देखिए खबर गर्नू: प्रहरी प्रवक्ता घिमिरे

जेलबाट भागेका कैदीहरू चाडवाडमा गाउँमा देखिए खबर गर्नू: प्रहरी प्रवक्ता घिमिरे

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँप्रहरीले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ युवाहरूको आन्दोलनका क्रममा देशभरि रहेका कारगारबाट भागेका कैदीबन्दीहरूको उच्च निगरानी भइरहेको जनाएको छ।‘जेनजी’ आन्दोलनका क्रममा देशभरिका कारागारबाट भागेकामध्ये आठ हजार जना कैदी फर्किएका र ६ हजार अझै फरार रहेकाले दसैँ, तिहार, छठलगायतका चाडपर्वको समयमा सुरक्षाका ममलामा नागरिकले पनि सतर्कता अपनाउन नेपाल प्रहरीले अनुरोध गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए।भागेका कैदीहरूमा कोही चोर डाकाहरू पनि छन्। कोही आफूलाई लागेको मुद्दाका विषयमा गाउँमा गएर बदलाको भवना लिनसक्ने भएकाले त्यस्ता व्यक्ति गाउँमा देखिए सम्पर्क गर्न हामीले फोन नम्बर पनि दिएका छौं। सुरक्षाका ममलामा नागरिकले पनि सतर्कता अपनाउन हाम्रो अनुरोध छ,ु उनले भने।त्यसैगरी उनले गाउँमा बदलाको भवना लिनसक्नेहरूको विवरणसहित सम्बन्धित जिल्ला प्रहरी क...
फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन : असोज २० गते भित्र फर्कन पुन:आह्वान

फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन : असोज २० गते भित्र फर्कन पुन:आह्वान

Breaking news 2, अपराध, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँकारागार व्यवस्थापन विभागले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ पुस्ताका प्रदर्शनका क्रममा देशका विभिन्न स्थानमा रहेका कारागारबाट भागेका कैदी बन्दीलाई यही असोज २० गतेभित्र कारागार फर्कने आग्रह गरेको छ ।गृह मन्त्रालय, सुरक्षा निकाय एवम् सरोकारवालाको साथ सहयोग र समन्वयमा कैदी बन्दीलाई फिर्ता ल्याउने काम भइरहेको उल्लेख गर्दै विभागले ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’समेत गठन भएको स्पष्ट पारेको छ । अझै पनि उल्लेख्य सङ्ख्यामा कैदीबन्दी कारागार बाहिर रहेको स्पष्ट पार्दै विभागले तोकिएको समयभित्र कारागार नफर्कनेका हकमा प्रचलित कानुन बमोजिम कारवाही हुने निर्देशक एवम् प्रवक्ता चोमेन्द्र न्यौपानेले जानकारी दिए। शुक्रबारको गृहमन्त्रीस्तरीय निर्णय बमोजिम भागेका कैदीबन्दीको जानकारी उपलब्ध गराउन सम्वद्ध सबैलाई विभागले आग्रह गरेको छ । फरार अवस्थामा रहेका कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय...
सुनौली नाका हुँदै भारतबाट खाडी मुलुक लैजान लागिएका ४० महिलाको उद्धार

सुनौली नाका हुँदै भारतबाट खाडी मुलुक लैजान लागिएका ४० महिलाको उद्धार

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं नेपालबाट भारतहुँदै विभिन्न खडी मुलुकमा लैजान लागिएका महिलालाई उद्धार गरिएको छ । सुनौली नाकाबाट ४० जना नेपालीको उद्धार गरिएको हो । विदेशमा काम लगाइदिने भन्दै गैरकानुनी रुपमा उनीहरुलाई त्यहाँ पुर्‍याइएको थियो ।   उनीहरुलाई घरेलु कामदारका रुपमा कुवेत, साउदी, ओमान र दुबइलगायतका खाडी मुलुकहरूमा लैजान लागिएको खुलेको छ । उनीहरूलाई नेपाली राजदूतावासको समन्वय र भारतीय प्रहरीको सहयोगमा ‘किन इन्डिया’ले उद्धार गरेको हो । उनीहरूलाई आज काठमाडौं ल्याइँदैछ । ...
यौन दुर्व्यवहारको आरोपमा गौतमबुद्ध मुटु हस्पिटलका कर्मचारी पक्राउ

यौन दुर्व्यवहारको आरोपमा गौतमबुद्ध मुटु हस्पिटलका कर्मचारी पक्राउ

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा सेवाग्राही महिलामाथि यौन दुर्व्यवहार भएको आरोपमा एक कर्मचारी पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार अस्पतालमा एक्सरे विभागमा काम गर्ने कर्मचारी ३१ वर्षीय सुवास गौतम विरुद्ध उजुरी परेपछि पक्राउ गरिएको हो ।  अस्पतालमा भिडियो एक्स-रे गराउन आएकी महिलालाई आरोपित कर्मचारीले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी परेपछि पक्राउ गरिएको हो । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।  ...
बुटवल मालपोतमा नक्कली लालपुर्जाको चलखेल, ५ कर्मचारीविरुद्ध मुद्दा दायर

बुटवल मालपोतमा नक्कली लालपुर्जाको चलखेल, ५ कर्मचारीविरुद्ध मुद्दा दायर

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
विश्वास ढकालबुटवल रुपन्देहीको तिलोत्तमा र बुटवल उपमहानगरपालिकाका विभिन्न जग्गाको नक्कली लालपुर्जा बनाएको आरोपमा मालपोतका पाँच जना कर्मचारी विरुद्ध प्रहरीले मुद्दा चलाएको छ । त्यसरी मुद्दा चल्नेहरूमा मालपोत कार्यालय बुटवलका मालपोत अधिकृत घनश्याम अर्याल, नासुहरू जिवलाल भुसाल, पुनाराम पन्थी, विष्णु पुरी र कम्प्युटर अपरेटर सिद्धार्थ श्रेष्ठ रहेका छन् । त्यसमध्ये अर्याल, भुसाल र श्रेष्ठ पक्राउ परेका हुन भने पन्थी आफै आत्मसमर्पण गरेका हुन् । विष्णु पुरी फरार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । तिलोत्तमाको आनन्दवन गाउँ ब्लकको १७ कट्ठा १० धुर जग्गा काशीराम घिमिरेको नाममा, बुटवल उपमहानगरपालिका मोतीपुरको १ (ग) को सरकारी जग्गा होम बहादुर पुनको नाममा, तिलोत्तमा आनन्दवन ७ (ख) को कित्ता नम्बर १ सय ५२ को इन्द्रकला उपाध्यायको नाममा रहेको तर नक्कली जग्गाधनी देब बहादुर आले र तु...
लागूऔषध बरामद हालसम्मकै उच्च, ८ हजार जना पक्राउ

लागूऔषध बरामद हालसम्मकै उच्च, ८ हजार जना पक्राउ

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 90 काठमाडौं लागूऔषधको अवैध कारोबार र ओसार पसार नियन्त्रणमा संचालन गरिएको विशेष अभियानबाट अहिलेसम्म ८ हजार भन्दा बढी पक्राउ परेका छन् । काठमाडौं उपत्यकामा लागूऔषध विरुद्धको प्रहरी मार्फत महाअभियान नै सञ्चालनमा छ, भने गृहमन्त्री रमेश लेखकले लागूऔषध नियन्त्रणका लागि मातहतका प्रहरी मात्रै होइन आम नागरिक, स्वयम् अभिभावकले लागूऔषध विरुद्धको महाअभियान साथ दिनुपर्नेमा जोड दिएका छन् । मुलुकभर विभिन्न कार्यक्रम मार्फत लागूऔषध सम्वन्धी सचेतनासंगै कारबाहीलाई पनि द्रुत गतिमा अघि बढाएका मन्त्री लेखकले गति दिए अनुसारको सफलता प्राप्त हुँदै गएको छ । मन्त्री लेखकले नेतृत्व सम्हाले यता बितेको एक वर्षमा नेपाल प्रहरीले मात्रै लागूऔषध मुद्दामा ७ हजार ९४३ जना स्वदेशी तथा विदेश अभियुक्त पक्राउ गरेको छ । जुन पक्राउ संख्या अघिल्लो आर्थिक वर्ष भन्दा १ ...
कर छलीको आरोपमा बुटवलका व्यापारीविरुद्ध मुद्दा दायर, ४ करोड ८३ लाख बिगो माग दावी

कर छलीको आरोपमा बुटवलका व्यापारीविरुद्ध मुद्दा दायर, ४ करोड ८३ लाख बिगो माग दावी

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल राजस्व अनुसन्धान विभागले बुटवलका व्यापारी अजय अग्रहरी र पशुपति अग्रहरी विरुद्ध कर छलीको अभियोगमा अदालतमा मुद्दा दायर गरेको छ। राजस्व अनुसन्धान कार्यालय, बुटवलले ४ कराेड  ८३ लाख २५ हजार ८८६ रुपैयाँ बिगो दाबी गरी उच्च अदालत तुलसीपुर बुटवल इजलासमा अभियोग दर्ता गराएको हो। रुपन्देहीको बुटवल उपमहानगरपालिका–५, न्यूरोडमा रहेको अजय वेङ्गल स्टोर्सका प्रोप्राइटर अग्रहरी र कारोबारी पशुपति अग्रहरीले वास्तविक कारोबारको बिल जारी नगरी माल वस्तु बिक्री गर्नुका साथै भन्सार चोरी पैठारी गरेका माल वस्तुको कारोबार गरी मूल्य अभिवृद्धि कर, भन्सार महसुल र आयकर छली गरेको अभियोगमा उल्लेख गरेको छ । विभागका अनुसार उनीहरूले भन्सार चोरी पैठारीबाट रु. ९५ लाख ८३ हजार ७५५, मूल्य अभिवृद्धि कर तर्फ रु. ९९ लाख ८९ हजार ९८४ र आयकर तर्फ रु. २ करोड ८७ लाख ५२ हजार १४७ गरी जम्मा रु. ४ करोड ८३ लाख २५ हजार ८...