शिक्षाको कमीकमजोरी सच्याउँदै जान्छौं: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको कमी कमजोरीहरूलाई सुधार गर्दै जाने बताएका छन्।
शनिबार त्रिविको ५० औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधारदेखि अरू कमि कमजोरीहरूलाई सुधार गर्दै लैजाने बताएका हुन्।
'त्रिभूवन विश्वविद्यालयमा कमी, कमजोरीहरु होलान्, भौतिक पूर्वाधारका कमी होलान्, अरु कुराहरुका कमी होलान्, पर्याप्त भयो भन्ने दिन कहिल्यै हुँदैन,आर्थिक अवस्था कमजोर होला, त्यसलाई हामी सच्याउँदै जानेछौं,' उनले भने।
उनले त्रिभुवन विश्वविद्यालयले स्थापना कालदेखि नै गर्दै आएको योगदानका लागि धन्यवाद ज्ञापन गरे।
'एउटा कुरामा हामीले ध्यान दिनुपर्छ । आजको शैक्षिक जगत शैक्षिक जगत जस्तो नदेखिएर कहिले कहिले अन्यथा प्रकारका प्रवृत्तिहरु पनि देखिन थालेका छन्, यस कुरामा हामी सजग हुनुपर्छ,' उनले भने।प्रधानमन्त...








