सरकार जनताको अवस्था परिवर्तनमा लागिरहेको छ साथ दिनुहोस् : प्रधानमन्त्री ओली
बुटवल
प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै त्याग संघर्षबाट व्यवस्था परिवर्तन गरेकाे र अब जनताको अवस्था परिवर्तनका लागि सरकार लागिरहेकोले साथ दिन सम्पूर्ण जनतालाई आग्रह गरेका छन्।
शुक्रबार नेकपा एमालेको जागरण सभालाई बुटवलमा सम्बोधन गर्दै नेकपा एमालेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र नेपालीले ठूलो त्याग ,बलिदानबाट ल्याएको लोकतान्त्रिक गणतन्त्रलाई संविधानमानै नरहेको राजतन्त्रका पछाडि लागेर समय बिताउन र द्वन्द सिर्जना गर्न नहुने वताउंदै अब जनताको अवस्था परिवर्तनमा लाग्न आवश्यक रहेकोले सरकार लागिरहेको बताए।
उनले सम्भावनै सम्भावना रहेको हाम्रो देश नेपालमा चाहे जति विकास हुन नसकेता पनि भएका उपलब्धि, विकास समृद्धिका कुराहरू जनजनमा पुर्याउन आवश्यक रहेको बताए। उनले नेपालमा सामाजिक अराजकता फैलाउने ,गलत प्रचार गर्ने ,दुष्प्रयास गर्ने तत्वहरु सक्रिय रहेकोले यस...








