राजनीति

रुपन्देही ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान

रुपन्देही ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
बुटवल  निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ ।  आयोगले आज एक सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको हो । असोज २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । कात्तिक १७ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने आयोगले जनाएको छ । आयोगले यसअघि उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ । आगामी असोज २१ गते बिहान १० देखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने र सोही दिन साँझ...
विद्यालय शिक्षा ऐन सुधारको १६ विद्यार्थी संगठनद्वारा माग

विद्यालय शिक्षा ऐन सुधारको १६ विद्यार्थी संगठनद्वारा माग

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौं १६ वटा विद्यार्थी संगठनले विद्यालय शिक्षकको नियुक्ति प्रक्रिया समावेशितामा आधारित शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग गरेका छन्। शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले विद्यालय शिक्षा ऐनमा यस्तो स्पष्ट व्यवस्था समेट्न सरकारसँग माग गरेका हुन्। पटक–पटक विद्यालय शिक्षा ऐन ल्याउने प्रतिवद्धता जनाइए पनि अहिलेसम्म ऐन जारी हुन नसक्नु सरकारको गम्भीर उपेक्षा भएको विद्यार्थी संगठनहरूको भनाइ छ । उनीहरूले शिक्षा ऐन पारित गर्नमा ढिलाइ हुनु नीतिगत गैरजिम्मेवारी भएको ठहर गरेका छन्। संयुक्त विद्यार्थी संगठनले विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन यथाशीघ्र चाँडो पारित गर्न माग गर्दै संविधानको धारा ३१ अनुसार माध्यमिक तहसम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क रूपमा प्राप्त गर्ने संवैधानिक हकको कार्यान्वयनको माग पनि गरेका छन्। शिक्षा ऐन, २०२८ मा उल्लेख गरिएअनुसार स...
सिरकभित्र बसेर फेसबुक पोष्ट मार्फत विरोध गर्नेहरुबाट नेपालको भविष्य सुरक्षित छैन : प्रधानमन्त्री

सिरकभित्र बसेर फेसबुक पोष्ट मार्फत विरोध गर्नेहरुबाट नेपालको भविष्य सुरक्षित छैन : प्रधानमन्त्री

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवल प्रधानमन्त्री केपीशर्मा ओलीले सिरकभित्र बसेर फेसबुक पोस्ट मार्फत विरोध गर्नेहरूबाट नेपालको भविष्य सुरक्षित नरहेको बताएका छन्। उनीहरुको धन्दा एग्रेसन बढाउने र स्वार्थको रोटी सेक्ने मात्र भएको उनको टिप्पणी छ । सरकारसँग स्टार्टअप लोन लिएर उद्यममा प्रगति गरिरहेका युवाहरूलाई भेटेर उनीहरुको उत्पादन हेरेपछिको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले नेपालको भविष्य यस्ता स्टार्टअप स्टलहरूमा रहेको बताएका छन्।   ‘कोठामा सिरकभित्र बसेर फेसबुक पोस्ट मार्फत विरोध गर्नेहरूबाट नेपालको भविष्य सुरक्षित छैन। उनीहरूको धन्दा एग्रेसन बढाउने र स्वार्थको रोटी सेक्ने मात्र हो,’ प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालको भविष्य यस्ता स्टार्टअप स्टलहरूमा छ, जसले उद्यम गरिरहेको छ र अरूलाई पनि प्रेरणा दिइरहेको छ। जुन काम उहाँहरूले गर्नु भएको छ।’   ...
रूपन्देही–३ मा उम्मेदवारका लागि तीन जनाको नाम पठाउन एमालेको निर्देशन

रूपन्देही–३ मा उम्मेदवारका लागि तीन जनाको नाम पठाउन एमालेको निर्देशन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं सत्तारुढ नेकपा एमाले रुपन्देही–३ को उपचुनावको तयारीमा जुटेको छ । निर्वाचन आयोगले कात्तिक १७ गते उक्त क्षेत्रमा उपनिर्वाचनको मिति घोषणा गरिसकेको छ । निर्वाचनको तयारीका लागि एक महिला सहित तीन जना उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीलाई महासचिव शंकर पोखरेलले पत्र पठाएका छन् । महासचिव पोखरेलले लेखेको पत्रमा उम्मेदवार सिफारिस गर्दा निर्वाचन क्षेत्र समन्वय कमिटीले जिल्ला र प्रदेश कमिटीसँग पनि राय लिन भनिएको छ । पत्र अनुसार जिल्ला कमिटीले निर्वाचन क्षेत्रीय समन्वय कमिटीलाई उम्मेदवार सिफारिसका लागि जानकारी गराउनेछ ।केन्द्रीय कार्यालय प्रमुख डा. भिष्म अधिकारीका अनुसार हिजो दुवै कमिटीलाई पत्राचार गरेर भदौ १५ दिनभित्र उम्मेदवारको नाम पठाइसक्न निर्देशन गरिएको छ । मातहतका कमिटीबाट आएका नामलाई पार्टी केन्द्रीय सचिवालयले एक जनाको नाममा निर्णय गर्ने डा. अधिकारी...
भ्रष्टाचार गर्ने कसैलाई छाडिदैन :  प्रधानमन्त्री

भ्रष्टाचार गर्ने कसैलाई छाडिदैन :  प्रधानमन्त्री

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने कसैलाई पनि नछोडिने बताएका छन् ।  बुधबार राष्ट्रियसभामा नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धि अध्ययन प्रतिवेदनमाथिको छलफलको जवाफ दिने क्रममा उनले नसोची सरकार भ्रष्टाचारको पर्याय भएको आरोप लगाउने गरिएको बताए ।   “फ्याट झुक्किएर मान्छेले के भन्छ भने सरकार भ्रष्टाचारको पर्याय भएको छ । एक दुई भ्रष्टाचारीलाई कारबाही गरिदिएपछि देख्यौ त भ्रष्टाचार गरेको रहेछ नि ऊ ? कारबाही गरेपछि भ्रष्टाचार भएको छलंगै देखियो त । कारबाही नगरेको राम्रो ?,” उनले भने ।  सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय भएको जिकिर गरे ।  “कसैले गर्यो भने कारबाही हुन्छ । कसैलाई पनि छोडिन्न,” उनले भने । ...
रास्वपा संसदीय दलको बैठक भैरहवामा सुरु

रास्वपा संसदीय दलको बैठक भैरहवामा सुरु

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
बुटवल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक भैरहवामा सुरु भएको छ। भैरहवास्थित होटल रमादामा बैठक चलेको रास्वपाले जनाएको छ। रास्वपा सभापति रवि लामिछाने सहकारीको रकम हिनामिना प्रकरणमा हाल भैरहवा कारागारमै छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने माग राख्दै रास्वपाले गत जेठ १३ गतेदेखि संसद् अवरोध गरिरहेको छ। ...
तराई क्षेत्रमा सिँचाइको लागि डिप बोरिङ खन्ने काम सुरु

तराई क्षेत्रमा सिँचाइको लागि डिप बोरिङ खन्ने काम सुरु

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, माैसम, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौं तराई क्षेत्रमा सिँचाइको लागि ५ सय वटा डिप बोरिङ खन्ने काम सुरु गरिएको छ । पानी नपरेर सिँचाइमा समस्या भएपछि सरकारले यो निर्णय लिएकाले हो ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत किसानका लागि सिँचाइ सुविधामा सुधार ल्याउने उद्देश्यले सरकारले उक्त योजना कार्यान्वयनमा ल्याएको उल्लेख गरेका हुन् । ‘तराईमा ५०० वटा डिप बोरिङ खन्ने काम सुरु भएको छ, सिँचाइका लागि किसानलाई प्रतियुनिट बिजुलीको ३ रुपैयाँ मात्र लाग्नेछ’, प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन् । प्रधानमन्त्री ओलीका अनुसार यो योजना सिँचाइको पहुँच नपुगेका तराई क्षेत्रका किसानलाई लक्षित गरेर सुरु गरिएको हो। यसबाट भूमिगत पानीको प्रयोग गरेर वर्षभरि खेती सम्भव हुने वातावरण निर्माण हुने छ। सस्तो दरमा बिजुली उपलब्ध गराइँदा सिँचाइको लागत घट्ने र किसानको आम्दानीमा प्रत्यक्ष असर पर्ने विश्वास लिइएको छ। ...
सबै कामको दोष नेताको टाउकोमा थुपार्न पाइँदैनः देउवा

सबै कामको दोष नेताको टाउकोमा थुपार्न पाइँदैनः देउवा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै कामको दोष नेताको टाउकोमा थुपार्ने काम नगर्न आग्रह गरेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्। उनले नेपाली कांग्रेसको नेतृत्वमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उदारीकरणको नीति लिएको र त्यसबापत् धेरै गाली खानुपरेको स्मरण गरे। उनले व्यापार गर्ने, उद्योग खोल्ने काम सरकारको नभएको र त्यसका लागि सहयोग गर्न भने सरकार सदैव तयार रहेको बताए। व्यापारी, उद्योगीहरू मेहनत नगर्ने अनि सबै दोष नेतामाथि खन्याउने काम बन्द गर्न आग्रह गरे। उनले भने, ‘नेपाली कांग्रेसको नेतृत्वमा गिरिजाबाबु प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँले नै उदारीकरणको नीति लिनुभएको छ। व्यापार व्यापारीले गर्ने, उद्योग उद्योगपतिले गर्ने भन्ने नीतिअनुसार सारा उहाँले निजीरकण गर्नुभयो। यति गाली पाउन...
प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया थप सिँचाइ र जलविद्युत्को उद्घाटन

प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया थप सिँचाइ र जलविद्युत्को उद्घाटन

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, विविध, शिक्षा, समाचार, समाज
कैलाली प्रधानमन्त्री केपी शर्मा ओलीले रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्गतर्गत थप सिँचाइ, जलविद्युत् र प्रसारण लाइनको आज उद्घाटन गरेका छन ।प्रधानमन्त्री ओलीले १४ हजार ३०० हेक्टर सुविधाको सिँचाइ आयोजना र चार दशमलव ७१ मेगावाट जलविद्युत् तथा प्रसारण लाइनको उद्घाटन गरेका हुन । कैलालीको जानकी गाउँपालिका-९ कटासेस्थित सिँचाइ नहरबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमा जोडिएको छ । राष्ट्रिय गौरवको आयोजना रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणका कार्यक्रम सम्पन्न भई अब तेस्रो चरणका कार्यक्रम सुरु भएको हो । सो आयोजनाले टीकापुर, लम्कीचुहा र जानकी गाउँपालिकामा सेवा दिँदै आएकामा अब तेस्रो चरणअन्तर्गतको आयोजनाबाट भजनी, जोशीपुर, बर्दगोरिया, घोडाघोडीलगायतका पालिकामा सिँचाइ विस्तार र कृषि उत्पादन वृद्धि हुनेछ । प्रधानमन्त्री ओलीले सो आयोजनालाई नेपालको जलस्रोत तथा ग्रामीण ...
लुम्बिनीको खेलकुदमन्त्रीमा लोसपाका सन्तोष पाण्डेय नियुक्त, मन्त्रिपरिषद संख्या १२ पुग्याे

लुम्बिनीको खेलकुदमन्त्रीमा लोसपाका सन्तोष पाण्डेय नियुक्त, मन्त्रिपरिषद संख्या १२ पुग्याे

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
दाङ लुम्बिनी प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सन्तोष पाण्डे प्रदेश मन्त्रिपरिषदको सदस्यमा नियुक्त भएका छन् । आइतबार मुख्यमन्त्री चेतनारायण आचार्यले सांसद पाण्डेलाई युवा तथा खेलकुद मन्त्री पदमा नियुक्त गरेका हुन् । उनको शपथग्रहण सोमबार दिउँसो ३ बजे हुने बताइएको छ । मन्त्री नियुक्त गरिएको सूचना इमेलमार्फत प्रदेश प्रमुखको कार्यालयलाई पठाइएको प्रदेश मन्त्रिपरिषदका एक मन्त्रीले बताए ।  बजेट पास गर्नेबेलामा प्रतिपक्षको नाटकिय भुमिका खेलेको आरोप लागेका उनी प्रदेश सरकारको बजेट पास गर्नेबेला सबै प्रतिपक्षीहरुले संसद बहिस्कार गरेपछि एकाएक सरकारलाई दिएको समर्थन फिर्ताको घोषणा गर्दै लाेसपा का अन्य २ सासंद सहित ३ जना प्रतिपक्षको बेन्चमा बस्न पुगेका थिए । तीन सांसद रहेको लोसपामा पाण्डे संसदीय दलका नेता समेत हुन् ।मन्त्रिमण्डल सानो बनाउने घोषणा गरेका मुख्यमन्...