राजमोको चुनावी घोषणा-पत्र संघीयता खारेजीको मुख्य एजेण्डासहित बुटवलबाट सार्वजनिक
बुटवलराष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको मुख्य एजेण्डासहितको चुनावी घोषणापत्र बुटवलमा सार्वजनिक गरेको छ ।बुधबार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममार्फत राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा निर्वाचन घोषणा-पत्र–२०८२ सार्वजनिक गरेका हुन् ।
संघीयता खारेज हुनुपर्ने र देशको राष्ट्रियता, सार्वभौमता र अखण्डताको रक्षा हुनुपर्नेलगायतका विषयलाई घोषणा-पत्रमा मुख्य प्राथमिकताका साथ पार्टीले उल्लेख गरेको केसीले बताए ।
‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने मूल नारासहित राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक निर्वाचन–२०८२ को घोषणा-पत्र सार्वजनिक गरेको हो । घोषणा-पत्रमा संघीयता खारेजी, विकेन्द्रित र सन्तुलित विकासको अवधारणासहितका २५ बुँदा उल्लेख छन् ।
अहिले विकासका कार्यक्रम मुख्यतः ठूला सहर र विकसित क्षेत्रमा केन्द...








