फेसबुकमा त एमाले रित्तै भइसक्यो, घरघरका युवाको साथ छ : अध्यक्ष ओली
काठमाडौं
नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रत्येक घरघरमा एमालेका युवा रहेको दाबी गरेका छन्।
एमालेको घर फर्क राष्ट्रिय अभियान घोषणा सभालाई सम्बोधन गर्दै एमालेका युवा फेसबुकमा मात्रै नभएको बताए।
उनले भने, ‘फेसबुकको युवा होइन, घरघरको युवा एमालेसँग छ। फेसबुकमा त एमालेको केही पनि छैन। रित्तै भइसक्यो एमाले। त्यसको तल झूट भनेर लेख्नुपर्थ्यो। त्यो कमजोरी छ हाम्रो। त्यति त लेख्न सक्नुपर्यो नि।’
उनले एमाले देश बनाउने आशा र भरोसाको केन्द्र भएको जिकिर गरे।ओलीले नेपाली कम्युनिस्ट पार्टी नेकपालाई जेष्ठ नागरिक आश्रम भन्दै टिप्पणी गरेका छन्। ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपालहरूले एकता गरेर बनेको पार्टीलाई जेष्ठ नागरिक आश्रम खोलेको भनेका हुन्।
‘जेष्ठ नागरिक आश्रम खोलेर कोही बस्दै हुनुहुन्छ। अब एक दुईजना समेट्न बाँकी छ। कोही कोही बागलुङ, प्युठानबाट,’ उनले भने, ‘...








