खलनायक बनेर इतिहासको पानामा हराउन चाहान्न : प्रचण्ड


काठमाडौं
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफु पुराना नेताहरुको भिडमा नभएको बताएका छन् । आइतबार नयाँ पुस्ता र राष्ट्रका नाममा भिडियो सन्देश जारी गर्दै प्रचण्डले आफु ती पुराना नेताहरूको भीडमा नरहेको बताएका हुन् ।
प्रचण्डले भनेका छन्- ‘धेरैलाई लाग्न सक्छ, म र म जस्ता पुराना नेताहरू एउटै हुन् । तर म आज यो सार्वजनिक मञ्चबाट प्रष्ट भन्न चाहन्छु म ती पुराना नेताहरूको भीडमा छैन । म त्यो सत्ताको भागवण्डाको सम्झौतामा कहिल्यै सहभागी हुन चाहन्नँ, जसले देशलाई बन्धक बनाएर राखेको छ। म फरक छु, र म यो प्रमाणित गरेर छाड्नेछु । मेरो काम र मेरो निष्ठालाई आज होइन, भोलिको समयले प्रमाणित गर्नेछ ।’
उनले अहिले नयाँ पुस्ताले मागिरहेको सुशासन र भ्रष्टाचार निर्मुल पार्ने एजेन्डा आफुले जनयुद्धका दिनदेखि नै उठाउँदै आएका एजेन्डा भएको बताउदै देशमा राजनीतिक स्थिरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने बताएका छन् ।
उनले भने- ‘तपाईँहरूले आज जे मागिरहनुभएको छ भ्रष्टाचारको अन्त्य, पारदर्शिता र एउटा बलियो सरकार ती मागहरू मैले जनयुद्धका दिनदेखि नै उठाउँदै आएका एजेन्डा हुन्। मैले लामो समयदेखि भन्दै आएको छु कि यो देशमा राजनीतिक स्थिरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्छ। यो संसदीय खेल र कुर्सीको तानातानले देशलाई कति पछाडि धकेल्यो, त्यो हामी सबैले देखेका छौँ। त्यसैले म भन्छु, मेरो माग र तपाईँहरूको माग एउटै हो। म तपाईँहरूकै पुस्ताको सोच बोकेर हिँडेको यात्री हुँ ।’

प्रचण्डले आफ्नो निजी जीवन बारे बोल्दै भने- ‘मेरो जीवनको यात्रा एउटा खुल्ला किताब जस्तै छ। म त्यो पिता हुँ, जसले आफ्नै आँखा अगाडि आफ्नो जेठी छोरी ज्ञानु र जवान छोरा प्रकाशलाई गुमाउनु पर्यो। म त्यो श्रीमान् हुँ, जसको जीवनसंगिनीले बीच बाटोमै साथ छोडेर गइन्। मैले समयको चक्रमा आफ्ना परिवारका सदस्यहरू मात्र होइन, हजारौँ सहयोद्धा र सहयात्रीहरूलाई पनि गुमाएको छु।

एउटा मान्छेले आफ्नो जीवनमा जे जति गुमाउन सक्छ, मैले ती सबै गुमाएँ । तर मलाई अझै पनि के कुराले अगाडि बढ्न प्रेरित गर्छ भने यो संघर्ष मेरो व्यक्तिगत होइन यो त ती हजारौँ शहीदहरूको सपना पूरा गर्ने यात्रा हो, जसले एउटा सुन्दर र समृद्ध नेपालको लागि आफ्नो रगत बगाए। मलाई थाहा छ, मेरो परिवार र मेरा कमरेडहरूको यो बलिदान खेर जाने छैन । परिवर्तन अनिवार्य छ, र म यो सुनिश्चित गर्नेछु कि त्यो परिवर्तन भएरै छाड्नेछ ।’

प्रचण्डले आफु खलनायक बनेर इतिहासको पानामा हराउन नचाहेको बताउदै देशलाई सही दिशामा नपुर्याएसम्म विश्राम नलिने बताए । उनले आफ्नो काम अझै नसकिएको भन्दै हार मान्न तयार नभएको समेत बताएका छन् । उनले भनेका छन्- हलिउडमा एउटा चर्चित संवाद छ ‘या त तिमी नायकको रूपमा मर, या त आफूलाई खलनायक बनेको हेर्न जीवित रहू ।’ यदि म धेरै अघि बिदा भएको भए, सायद देशले मलाई नायकको रूपमा मात्र सम्झिन्थ्यो होला। तर, म खलनायक बनेर इतिहासको पानामा हराउन चाहन्नँ। म यो देशलाई सही दिशामा नपुर्याएसम्म विश्राम लिने छैन। तपाईँहरूले मलाई आज कुन रूपमा देख्नुहुन्छ, त्यो तपाईँहरूको स्वतन्त्रता र अधिकार हो, तर मेरो अभावमा मेरो उपस्थितिको महसुस तब हुनेछ, जब तपाईँहरूले मैले कोरेका परिवर्तनहरूलाई भोग्नुहुनेछ। म हार मान्न तयार छैन, किनकि मेरो काम अझै सकिएको छैन ।’

प्रचण्डले आफु नयाँ विचारहरूका लागि सधैँ खुला रहेको बताउदै नयाँ पुस्तालाई स्वागत गर्ने र नयाँपनलाई आत्मसात् गर्न तयार रहेको बताएका छन् । उनले प्रश्न सोध्न नछोड्न आग्रह गर्दै आफु त्यसको जवाफ दिन तयार रहेको र अझ बढी दबाब दिन समेत आग्रह गरेका छन् ।

प्रचण्डले अब अर्को २० वर्ष परीक्षण र त्रुटि गर्दै नयाँ नेताहरू जाँच्ने समय नभएको भन्दै गम्भीरतापूर्वक सोच्न सबैलाई आग्रह गरेका छन् ।

छुटाउनुभयो कि ?

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

काठमाडौंफ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएका समस्याविरुद्ध शनिबार भएको ...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४...
दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वडादशैंले नेपालीबीच आपसी सद्भाव, भाइचारा, राष्ट्रिय एकता र सहकार्यको भाव...
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

काठमाडौंलगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । उनी ललितपुरको सानेपाबाट पक्राउ परेका...