एमाले गुल्मी क्षेत्र नम्बर १ मा प्रदीप ज्ञवालीको एकल उम्मेदवारीको सिफारिश, २ मा ६ जनाको नाम प्रस्तावित
गुल्मी नेकपा एमाले गुल्मीले २ निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र नम्बर १ का लागि प्रतिनिधि सभा सदस्य उम्मेदवारको सिफारिश गरेको छ।
क्षेत्र नम्बर १ बाट प्रदीप ज्ञवालीको नाम सिफारिस भएको छ भने क्षेत्र नम्बर २ मा केन्द्रीय उपाध्यक्ष गोकर्ण विष्ट, नेतृ रामकुमारी झाँक्री, राजेन्द्र अर्यालसहित ६ जनाको नाम प्रस्तावित छ। गोकर्ण विष्टको एकल सिफारिश गर्ने गरी तयारी भएपनि थप ५ जनाले आकांक्षा व्यक्त गरेपछि निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिशको टुंगो लागेको छैन।एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछाले क्षेत्र नम्बर १ मा नेता ज्ञवालीको एकल नाम क्षेत्रबाट आएको बताए। उनले क्षेत्र नम्बर २ बाट ६ जनाको नाम छलफलमा रहेपनि टुंगो नलागेको जानकारी दिए।
नेतृ रामकुमारी झाँक्री, राजेन्द्र अर्याल, जीवन खरेल, कृष्णप्रसाद आचार्यले आकांक्षा राखेपछि विष्टको एकल सिफारिश भएन। डाक्टर नगेन्द्र अर्यालले ...








