कांग्रेसको १५औं महाधिवेशनको तयारी शुरु, ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइए


काठमाडौँ
नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको औपचारिक तयारी सुरु गरेको छ।

पूर्व निर्धारित कार्यतालिकाअनुसार चैत २१ गतेदेखि ७७ वटै जिल्लामा सदस्यता अभियान र सांगठनिक सुदृढीकरणका लागि प्रतिनिधिहरू खटाउँदै कांग्रेसले महाधिवेशनको प्रक्रिया अगाडि बढाएको हो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रतिनिधि अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेलले महाधिवेशनको तयारीसँगै ‘जरा अभियान’ सञ्चालन गरिएको जानकारी दिए।

उनका अनुसार ७७ वटै जिल्लामा खटिएका प्रतिनिधिहरूले वैशाख महिनाभर जिल्लामा बसेर सदस्यता वितरण, अद्यावधिक र सांगठनिक अवस्थाको प्रतिवेदन तयार पार्नेछन्। महामन्त्री पौडेलले पुराना क्रियाशील सदस्यहरूले वैशाख महिनाभित्र अनिवार्य रूपमा आफ्नो सदस्यता अद्यावधिक गर्नुपर्ने बताए।

पार्टीले यसपटक सबै सदस्यहरूलाई ‘कांग्रेस आइडी’ प्रदान गर्ने भएको छ। सदस्यता अद्यावधिक गरेपछि मात्र यो परिचयपत्र प्राप्त हुनेछ। महामन्त्री पौडेलका अनुसार कांग्रेस आइडी नभएका व्यक्तिहरूले १५औँ महाधिवेशनमा भाग लिन पाउने छैनन्। नयाँ सदस्यका हकमा भने डिजिटल माध्यमबाट सदस्यता प्रदान गर्ने व्यवस्था मिलाइएको छ।
उनले भने, ‘वैशाख महिनाभित्र सदस्यता अद्यावधिक भएन भने पुरानो क्रियाशील सदस्यता कायम रहने छैन। सदस्य जुन भूगोल वा वडाको हो, त्यहीँ पुगेर अनिवार्य रूपमा नवीकरण वा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।’

कांग्रेसले महाधिवेशनको तयारीलाई ‘जरा अभियान’ नाम दिएको छ। यसअन्तर्गत चारवटा मुख्य विषयहरू समेटिएका छन्। १५औँ महाधिवेशनको तयारी, सांगठनिक सुदृढीकरण, नागरिकसँग निर्वाचनको समीक्षा र पार्टीलाई सामाजिक गतिविधिमा जोड्ने कुरा यसमा समेटिएका छन्।

पार्टीले गत निर्वाचनमा व्यहोरेको हारको कारण खोज्न र पार्टीलाई पुनर्जीवित गर्न नागरिक स्तरमा अन्तरक्रिया गर्ने निर्णय गरेको छ। केन्द्रीय सभापतिको नेतृत्वमा राष्ट्रिय स्तरमा बुद्धिजीवी र पेशाकर्मीहरूसँग संवाद गरिनेछ भने जिल्ला तहमा खटिएका प्रतिनिधिहरूले स्थानीय स्तरमा समीक्षा कार्यक्रमहरू सञ्चालन गर्नेछन्।

पार्टीको संगठनलाई चलायमान बनाउन स्थानीय आवश्यकताअनुसार सामाजिक कार्यहरूमा कांग्रेसलाई जोड्ने नीति लिइएको छ। जिल्लामा खटिएका प्रतिनिधिहरूलाई भ्रातृ संगठनहरूको अवस्था बुझ्न र सांगठनिक प्रतिवेदन बुझाउनसमेत निर्देशन दिइएको छ।

प्रतिनिधिहरूलाई आवश्यक निर्देशिका, कार्यविधि र फारमहरू उपलब्ध गराएर जिल्ला पठाइसकिएको र अब वैशाखभर सदस्यता अद्यावधिक गर्ने काम व्यापक रूपमा अगाडि बढ्ने महामन्त्री पौडेलले बताए।

छुटाउनुभयो कि ?

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बुटवलनेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्...
देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

बुटवलहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्व...
फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

काठमाडौंफ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएका समस्याविरुद्ध शनिबार भएको ...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४...