राजनीति

विश्वविद्यालयबाट दलीय संगठन र कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन

विश्वविद्यालयबाट दलीय संगठन र कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार (आज) देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको साढे ३ घण्टा लामो छलफलका क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।प्रधानमन्त्री शाहले शैक्षिक संस्थाहरूमा कुनै पनि बहानामा राजनीति गर्न नहुने अडान लिँदै दलीय संगठनका संरचना हटाउन कुनै पनि ऐन बाधक नहुने स्पष्ट पारे । उनले अस्पताल, क्याम्पस र विद्यालयजस्ता पवित्र ठाउँमा कुनै पनि दलको झण्डा, प्रभाव वा संगठन राख्न नदिइने बताउँदै राजनीति नै गर्ने भए पेसागत जिम्मेवारीबाट अलग भएर पूर्ण रूपमा राजनीतिमा लाग्न सुझाव दिए । छलफलका क्रममा नेपाल संस्कृत विश्ववि...
जितगढी महोत्सव सम्पन्न: जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचिकृत गर्न पहल गरिने

जितगढी महोत्सव सम्पन्न: जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचिकृत गर्न पहल गरिने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, विविध, शिक्षा, समाचार
बुटवलनेपाल अंग्रेज युद्धमा नेपालले विजय हासिल गरेको एकमात्र किल्ला बुटवलको जितगढी किल्लाको विजय उत्सव सम्पन्न भएको छ।कार्यक्रममा वोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले ऐतिहासिक जीतगढी किल्ला लाई राष्ट्रिय सम्पदाको सूचीमा सूचिकृत गर्न संघीय सरकारसँग पहल गरिररहेको बताए । बुटवलमा आयोजित जीतगढी विजय उत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले किल्लालाई राष्ट्रिय महत्वको धरोहरका रूपमा अघि बढाउन र यसलाई राष्ट्रिय सम्पदामा सूचिकृत गर्न निरन्तर पहल भइरहेको बताका छन्।यसलाई राष्ट्रिय सम्पदाका रूपमा सूचिकृत गर्ने र जीतगढी उत्सवलाई राष्ट्रिय उत्सवका रूपमा मनाउने विषयलाई प्राथमिकतामा राखेर संघीय सरकारसँग पहल भइरहेको छ’उनले भने,‘आगामी दिनमा पनि प्रदेश सरकारका तर्फबाट निरन्तर प्रयास रहनेछ ।’उनले जीतगढी किल्लाको महत्व एउटा पालिकामा सीमित नराखी राष्ट्रिय स्तरमा विस्ता...
दीपक भट्टसँग जोडिएको विषयमा पार्टीको निर्णय मान्छु, अनुसन्धानमा सघाउँछु : गृहमन्त्री गुरुङ

दीपक भट्टसँग जोडिएको विषयमा पार्टीको निर्णय मान्छु, अनुसन्धानमा सघाउँछु : गृहमन्त्री गुरुङ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौंगृहमन्त्री सुधन गुरुङको सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसम्बद्ध कम्पनीमा साझेदारी भेटिएको विषयमा मुख खोलेका छन्।फेसबुकमा यसबारे जवाफ दिँदै पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्ने बताएका छन्।उनले भनेका छन्, ‘अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु। सहिदहरूको बलिदान र जेनजी आन्दोलनको मर्म हामीलाई जिम्मेवार बनाउँछ, हल्लामा होइन, प्रमाणमा उभिन।’ ...
गृहमन्त्री गुरुङलाई बर्खास्त गरी पक्राउ र अनुसन्धान गर्न ,जेन-जी मुभमेन्टको माग

गृहमन्त्री गुरुङलाई बर्खास्त गरी पक्राउ र अनुसन्धान गर्न ,जेन-जी मुभमेन्टको माग

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँगृहमन्त्री सुधन गुरुङमाथि उठेका गम्भीर आरोपहरूको विषयमा तत्काल कारबाहीको माग गर्दै जेनजी मुभमेन्ट नेपालले सरकारको ध्यानाकर्षण गराएको छ । प्रेस वक्तव्य जारी गर्दै जेन–जी मुभमेन्टले मन्त्री गुरुङलाई पदबाट बर्खास्त गरी पक्राउ गर्न तथा निष्पक्ष अनुसन्धान अघि बढाउन माग गरेको हो । वक्तव्यमा पदमै बसेर छानबिन गर्नु सम्भव नहुने उल्लेख गर्दै यसले स्पष्ट रूपमा स्वार्थको द्वन्द्व सिर्जना गर्ने बताइएको छ । मन्त्री पदमा रहँदा आफ्नैविरुद्ध निष्पक्ष छानबिन हुन नसक्ने भन्दै संगठनले यसलाई आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत ठहर गरेको छ । त्यस्तै, वक्तव्यमा बालेन शाह नेतृत्वको सरकारप्रति लक्षित गर्दै क्याबिनेट गठनलाई गम्भीर राजनीतिक र नैतिक निर्णयका रूपमा लिनुपर्ने उल्लेख गरिएको छ । हचुवाको भरमा मन्त्री नियुक्त गर्ने र पछि हटाउने प्रवृत्तिलाई अस्वीकार्य बताउँदै जिम्मेवार नेतृत्वले परि...
अँग्रेजलाई हराएको एक मात्र किल्ला बुटवलको जितगढी, आज उत्सव मनाईँदै

अँग्रेजलाई हराएको एक मात्र किल्ला बुटवलको जितगढी, आज उत्सव मनाईँदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलआज बैशाख ७ गते अर्थात बुटवलको जितगढीमा नेपाल-अंग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय हासिल गरेको दिनको खुशीयालीमा आज जितगढी उत्सव मनाईँदै छ । १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको खुसीयालीमा हरेक वर्ष विजय उत्सव मनाउने क्रममा आज पनि विजय उत्सव मनाउन थालिएको हो । आज नै हरेक वर्ष गोरखादेखि पैदलयात्रा गरी आइपुग्ने नेपाली सेनाका पदयात्रीहरुलाई किल्लामा स्वागत गरिने प्रचलन छ । यस वर्ष पनि नेपाली सेनाको गोरखा दरबार हनुमान भन्ज्याङबाट सुरु भएको गोरखा-जितगढी पदयात्राको टोलीलाई स्वागत गर्ने कार्यक्रम रहेको बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए । ऐतिहासिक दरबार, गढी, किल्ला र पदमार्गको संरक्षण अभियान अन्तर्गत नेपाली सेनाले स्थानीय तहहरुसँगको सहकार्यमा गोरखादरबारदेखि जितगढीसम्मको यो पदयात्रा चौथो पटक...
सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथिको प्रतिबन्धप्रति नेकपाको आपत्ति

सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथिको प्रतिबन्धप्रति नेकपाको आपत्ति

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाली कम्युनिष्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा सुकुम्बासी परिवारहरूलाई उचित विकल्पबिना उठिबास गराउने तथा झुप्रा भत्काउने कार्य गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ। पार्टीले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा यस्तो कदमलाई ‘अमानवीय’ भन्दै तत्काल रोक्न र पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। विज्ञप्तिमा सुकुम्बासी व्यवस्थापनका नाममा गरिएका गतिविधिले पीडित परिवारलाई बिचल्ली बनाएको र सीमान्तकृत समुदायमा राज्यप्रतिको विश्वास कमजोर हुने खतरा बढेको उल्लेख गरिएको छ। ‘समुचित पुनर्वासको व्यवस्था नगरी यस्ता कार्य नगर्न सरकारसमक्ष आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ। यसैबीच, नयाँ सरकार गठनलगत्तै बजारमा महँगी र कालोबजारी बढेको भन्दै पार्टीले तत्काल नियन्त्रण गर्न पनि माग गरेको छ। पार्टीले विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने प्रयासलाई संविधानविपरीत र अस्वी...
काँग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता

काँग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाली काँग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत चैत ११ गते बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठन गरेको उक्त समितिलाई पूर्णता दिएको हो । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज एक विज्ञप्ति जारी गरी विज्ञ समूहमा वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खडका, उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सीताराम केसी, ललितकुमार बस्नेत, अधिवक्ताहरू रनबहादुर थेवे, शर्मिला श्रेष्ठ, झलमाया विकलाई सदस्यमा मनोनयन गरिएको जानकारी दिए । समितिको सदस्य सचिवमा अधिवक्ता राजु कटुवाललाई जिम्मेवार दिइएको छ । यसै गरी, समितिलाई पाँच बुँदे कार्य विवरणसमेत दिइएको...
एमाले अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज

एमाले अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँपूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । २१ दिनको उपचारपछि उनी आज डिस्चार्ज भएका हुन् ।गत चैत १४ गते पक्राउ परेलगत्तै स्वास्थ्य समस्या देखिएपछि ओलीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा रहँदा उनको पत्थरीसम्बन्धी शल्यक्रिया गरिएको थियो ।अस्पताल स्रोतका अनुसार ओलीकाे स्वास्थ्य अवस्था सुधारोन्मुख भएपछि चिकित्सकहरूको सल्लाहमा डिस्चार्ज गरिएको हो । उपचार अवधिभर ओली चिकित्सकहरूको निगरानीमा थिए । डिस्चार्जपछि पनि केही समय नियमित फलोअप तथा आराम गर्न चिकित्सकले सुझाव दिएका छन् । ...
लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
दाङ लुम्बिनी प्रदेश सभा को सातौं अधिवेशन अन्तर्गत १२औं आज आइतबार दिउँसो १ बजे बस्दै छ । बैठकका लागि तीन वटा कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।बैठकको सुरुवातमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ ।यस्तै, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपाने ले‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक’दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।त्यसैगरी, प्रदेश मामिला तथा कानून समितिका सभापति दिल कुमारी बुढा ले समितिको वार्षिक प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची पनि तय गरिएको छ । ...
सभापति लामिछानेले बोलाए पार्टी सचिवालयको बैठक

सभापति लामिछानेले बोलाए पार्टी सचिवालयको बैठक

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी सचिवालयको बैठक राखेका छन् । आइतबार दिउँसो साढे ३ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय बस्ने गरी सभापति लामिछानेले सचिवालयको बैठक राखेका हुन् । पार्टीको सांगठनिक विस्तार र महाधिवेशनको तयारीलाई लक्षित गर्दै सचिवालय बैठकका लागि ६ वटा मुख्य कार्यसूची (एजेन्डा) माथि छलफल गर्न बैठक आह्वान भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।झाका अनुसार बैठकमा विशेषगरी जिल्ला अधिवेशन कार्यविधि २०८३ माथि छलफल हुने छ । बैठकमा महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनका विषयमा निर्णय हुने झाले बताए । त्यस्तै, पार्टीको आर्थिक पारदर्शिता र व्यवस्थापनका लागि बैंक खाता सञ्चालन सम्बन्धमा पनि छलफल हुने एजेण्डामा उल्लेख छ।उनका अनुसार पार्टीको संरचनालाई पूर्णता दिने क्रममा केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र ...