राजनीति

आज २०औँ लोकतन्त्र दिवस : जनआन्दोलनको उपलब्धिको सम्झना गरि मनाईदै

आज २०औँ लोकतन्त्र दिवस : जनआन्दोलनको उपलब्धिको सम्झना गरि मनाईदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँआज २०औ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् विसं २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए । संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृंखलानै चल्यो । तत्कालिन राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरेका थिए । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच १२ बुँदे समझदारी भयो । विसं २०६२ मंसिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । विस...
लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
दाङलुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको हो । वैशाख १० गते बिहिवार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कमल ज्ञवालीले जानकारी दिएका छन्। प्रदेश सरकार (मन्त्रिपरिषद्) को निर्णय अनुसार मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत गरिएको अनुरोधका आधारमा अधिवेशन अन्त्य गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । हिउँदे अधिवेसनमा १६ वटा बैठक बसेका थिए । बिहिवार विहान साढे ११ बजे बसेको १६ औं बैठकमा प्रदेश प्रमुख कार्यालयबाट प्राप्त भएको अधिवेसन अन्त्य सम्वन्धि पत्र सभामुख तुलाराम घर्तीमगरले पढेर सभामा सुनाउनुभएको थियो ।१६ औं बैठकले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्ध...
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभियो श्रम संस्कृति

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभियो श्रम संस्कृति

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँश्रम संस्कृति पार्टी प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभिएको छ ।संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदललाई पार्टीको तर्फबाट दिएको सुझावमा श्रम संकृति पार्टीले जनताद्वारा प्रत्यक्ष चुनिने कार्यक्रारी प्रमुख राष्ट्रपति हुनुपर्ने सुझाव दिएको हो ।श्रम संस्कृतिले सरकार गठन गर्दा कार्यकारी प्रमुखले आफ्नो कार्यसम्पादन सहज हुने व्यक्तिहरूलाई समेटेर मन्त्रिपरिषद् बनाउने व्यवस्था हुनुपर्ने पनि सुझाएको छ । पार्टीले मन्त्रिपरिषद् गठन गर्दा सबै जातजाति, समुदाय र लिङ्गको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उल्लेख गरेको छ । साथै, व्यवस्थापिकाको मुख्य भूमिका कानुन निर्माण, सरकारको कामको निगरानी, मूल्याङ्कन र आवश्यक सुझाव दिने हुनुपर्ने बताइएको छ । त्यसैगरी कार्यकारी प्रमुखको अधिकार र सीमालाई स्पष्ट रूपमा निर्धारण गर्नुपर्ने, निरंकुश बनेमा महाअभियोग लगाउने व्यवस्था राख्नुप...
सम्पत्ति छानबिन आयोगले औपचारिक रूपमा शुरु गर्यो काम

सम्पत्ति छानबिन आयोगले औपचारिक रूपमा शुरु गर्यो काम

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंमुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले बुधबारदेखि औपचारिक रूपमा कार्य प्रारम्भ गरेको छ ।वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो। आयोगको कार्यालय केशरमहलमा स्थापना गरिएको छ।आयोगका नवनियुक्त अध्यक्ष भण्डारीले आजै कायम मुकायम (कामु) प्रधानन्यायाधीश सपना प्रधान मल्ल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे भने अन्य सदस्यहरू तत्कालीन पुनरावेदन अदालतका पूर्व मुख्यन्यायाधीश पुरुषोत्तम पराजुली, उच्च अदालतका पूर्वन्यायाधीश चण्डीराज ढकाल, पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड अकाउण्टेन्ट प्रकाश लम्साललाई अध्यक्ष भण्डारीले शपथ गराएका हुन् । जाँचबुझ ऐन २०२६ बमोजिम कार्यसम्पादन गर्ने जिम्मेवारी पाएको यस आयोगको कार्...
अतिक्रमित सुकुम्बासी बस्ती हटाउन सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

अतिक्रमित सुकुम्बासी बस्ती हटाउन सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सुकुम्बासी बस्तीहरू खाली गराउने तयारी तीव्र पारेका छन् । प्रधानमन्त्रीले बुधबार साँझ सुरक्षा निकायका प्रमुखहरुलाई सिंहदरबारमा बोलाएर आउँदो शनिबार र आइतबारदेखि बस्ती हटाउने अभियान सुरु गर्न निर्देशन दिएका हुन् । आजदेखि मात्रै गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शाहले साँझ सुरक्षा निकायका प्रमुखहरूसँगको बैठकमा यस्तो निर्देशन दिएका स्रोतले जानकारी दिएको छ । बैठकमा काठमाडौं उपत्यकाबाटै अभियान सुरु गरी क्रमशः अन्य क्षेत्रमा विस्तार गर्ने रणनीतिबारे छलफल भएको बताइएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सार्वजनिक जमिन अतिक्रमण गरेर बसोबास गरिएका बस्तीहरू हटाउने निर्णय कार्यान्वयन गर्न सुरक्षा निकायलाई तयारी अवस्थामा रहन भनिएको छ । यसका लागि आवश्यक समन्वय, जनशक्ति परिचालन र सम्भावित प्रतिरोध व्यवस्थापनका विषयमा...
नेपाल कम्यूनिष्ट पार्टीको ७७औं स्थापना दिवस: एमाले विना नेपालको कम्युनिस्ट आन्दोलनको भविष्य नरहेको ठहर

नेपाल कम्यूनिष्ट पार्टीको ७७औं स्थापना दिवस: एमाले विना नेपालको कम्युनिस्ट आन्दोलनको भविष्य नरहेको ठहर

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेपाल कम्यूनिष्ट पार्टी एकिकृत मार्क्सवाद लेनिनवाद( नेकपा एमाले) रुपन्देहीले ७७औं स्थापना दिवस सम्पन्न गरेको छ।वैशाख ९ गते बुटवलमा सम्पन्न कार्यक्रममा वोल्दै पार्टीका केन्द्रीय सचिव छविलाल विश्वकर्माले एमालेले देश र जनताको स्वभिमान,शुसासन,सम्बृद्धि, अग्रगमनका लागि महत्त्वपूर्ण योगदान गरेको र एमाले विना नेपालको कम्युनिस्ट आन्दोलनको भविष्य नभएको वताएका हुन्।उनले हिजो देश र जनताका विषयमा पार्टी र नेताले गरेका त्याग ,संघर्ष र अहिले के कस्ता कारण जनताले स्विकार गरेका छैनन् भन्ने कुराहरूको समिक्षा गर्दै भएका कमिकमजोरी हटाएर नेतृत्वमा पुगी देखेका शुशासन, विकास, सम्बृद्धि र अग्रगमनका योजना पुरा गर्न जनतलाई अपिल गर्नुपर्ने वताएका छन्।विश्वकर्माले विश्वमा भएका परिघटनाबाट शिक्षा लिनुपर्ने वताउदै सोभियत सङ्घले पनी एमालेले जस्तै विजय र पराजय भोगेको र आफ्नै कारणले भएको भन्दै एमाले पनी समिक्षा ...
अमेरिका-इरानको युद्धविराम अवधि अनिश्चितकालका लागि लम्बियो

अमेरिका-इरानको युद्धविराम अवधि अनिश्चितकालका लागि लम्बियो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामलाई लम्बाएका छन्। युद्ध अन्त्यका लागि प्रस्ताव ल्याउन तेहरानलाई थप समय उपलब्ध गराउन अमेरिकी सेनाले योजनाबद्ध आक्रमण रोक्ने समेत उनले बताएका छन्। पाकिस्तानको आग्रहपछि यस्तो घोषणा गरिएको ट्रम्प आफैंले उल्लेख गरेका छन्। यसअघि इरानसँग भएको दुई साता लामो युद्धविराम बुधबार (आज) सकिँदै थियो। त्यसअघि नै ट्रम्पले मंगलबार राति एकपक्षीय रूपमा युद्धविरामको समय लम्ब्याएका हुन्।उनले थपिएको युद्धविरामको समयसीमा भने उल्लेख गरेका छैनन्। यद्यपि, वार्ता टुंगोमा नपुग्दासम्म जारी रहने उनले बताएका छन्। ‘त्यसैले मैले हाम्रो सेनालाई नाकाबन्दी जारी राख्न निर्देशन दिएको छु र अन्य सबै पक्षमा तयारी अवस्थामा रहन तथा सक्षम रहन भनेको छु,’ उनले सामाजिक सञ्जाल पोस्टमा भनेका छन्, ‘त्यसकारण, उनीहरूको प्रस्ताव पेश हुने र छलफल कुनै न कुनै निष्कर्षमा पुग्न...
बुटवलसहित करिब एक सय स्थानीय तह फेरबदलको प्रस्ताव

बुटवलसहित करिब एक सय स्थानीय तह फेरबदलको प्रस्ताव

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
काठमाडौंझण्डै एक सयको हाराहारीमा स्थानीय तहको संख्या र सीमा हेरफेर गर्नुपर्ने प्रस्तावहरू संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश भएका छन् । बुटवललाई महानगर गराउन प्रस्ताव गरिएको छ ।तीमध्ये कतिपय प्रस्तावहरू वडाको सीमा हेरफेर र व्यवस्थापनसँग सम्बन्धित छन् भने केहीमा गाँउपालिकाहरू गाभेर नगरपालिका बनाउन प्रस्ताव भएको छ । केही गाँउपालिकाहरूलाई नगरपालिकामा गाभ्नुपर्ने सैद्धान्तिक प्रस्ताव छ ।मन्त्रालयमा पेश भएको प्रस्तावहरू समेत अध्ययन गरेर नेपाल नगरपालिका संघले दुई महिनाअघि अर्को छुट्टै प्रतिवेदन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश गरेको छ । अरु ९७ वटा प्रस्तावहरू विभिन्न समयमा स्थानीय तहबाट प्रदेश सरकार हुँदै मन्त्रालयमा पुगेका हुन् । दुई दिन अघिमात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको संख्या र सीमा हेरफेर सम्बन्धी मापदण्डको मस्यौदा सार्व...
लुम्बिनी प्रदेशसभा बैठकबाट दलित अधिकारसम्बन्धी विधेयक पारित

लुम्बिनी प्रदेशसभा बैठकबाट दलित अधिकारसम्बन्धी विधेयक पारित

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवललुम्बिनी प्रदेशसभाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ । प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको १४औँ बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक’ माथि छलफलसहित पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । बैठकमा सभामुख तुलाराम घर्तिमगरले उक्त विधेयक छलफलसहित सर्वसम्मत रूपमा पारित भएको जानकारी गराए । कृषि, वन तथा वातावरण समितिका सभापति विश्व प्रेम पाठकले ‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि समितिको प्रतिवेदन पेस गरे । यस्तै, भौतिक पूर्वाधार तथा विकास समितिका सभापति रामजीप्रसाद घिमिरेले समितिको वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरे । प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्यहरूले विभिन्न समसामयिक विषय उठ...
भारतको चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द

भारतको चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार
काठमाडौंभारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ ।भारतको दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ ६ः०० बजेदेखि वैशाख १० गते मतदान सम्पन्न नभएसम्म काँकरभिट्टासँग सीमा जोडिएको पानीटङ्की नाकाबाट मानिस तथा सवारीसाधन आवतजावत पूर्ण रूपमा बन्द गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।भारतको पश्चिम बङ्गालमा वैशाख १० गते विधानसभाको चुनाव हुँदैछ । विगतमा पनि नेपाल र भारत दुवैतर्फ चुनावअघि सहमतिमा नाकामा आवागमन बन्द गरिँदै आइएको थियो । ‘बोर्डर शिल’ गरिएको अवधिमा पैदल हिँड्ने सर्वसाधारण र सवारीसाधनको आवतजावत पूर्ण रूपमा बन्द गरिने भए पनि उपचारका लागि बिरामी र अतिजरुरी कामका लागि परिचय देखाएर सीमामा आवतजावत गर्न दिइने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ख...