राजनीति

आज संसदीय सुनुवाइ समितिको बैठक, प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ हुने

आज संसदीय सुनुवाइ समितिको बैठक, प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ हुने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंसंसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । आज बिहान सवा ११ बजे बोलाइएको बैठकमा निर्वाचन आयोगको प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ हुने कार्यसूची छ । संवैधानिक परिषद्को गत असार १९ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरुमा गुरुप्रसाद वाग्ले (ओखलढुंगा) र डा. राजीव सुब्बा (काठमाडौं)को नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।यसअघि ५ साउनमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित दुई जना आयुक्तहरुलाई साउन १२ गते र प्रस्तावित प्रमुख आयुक्तलाई १३ गते प्रस्तुतीकरणका लागि बोलाउने निर्णय गरेको थियो । समिति सभापति वोधनारायण श्रेष्ठले दुवै दिनको बैठक बिहान सवा ११ बजे बस्ने जानकारी गराएका थिए ।संसदीय सुनुवाइ समितिले सुनुवाइ गरेपछि प्रमुख आयुक्त र आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।सुनुवाइ समितिका सभापति श्रेष्ठका अनुसार सुनुवाइ सुरु हुनुअघ...
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँसांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सरकारले संघीय सांसदलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेपछि त्यसविरुद्ध दायर भएको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो । २०८३ असार ३० गतेको मन्त्रिपरिषद्को बैठकले संसदहरूलाई निजी स्वकीय सचिव राख्न दिने गरी निर्णय गरेको थियो । साउन ४ गते प्रकाशित नेपाल राजपत्रमा प्रकाशित गरिएको सूचना बदर माग गर्दै अधिवक्ता प्रेमराज सिलवालले गत शुक्रबार रिट निवेदन दिएका थिए । उक्त रिटमा सुनुवाई गर्दै न्यायाधीश विनोद शर्माको एकल इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतको नाममा सोमबार कारण देखाऊ आदेश जारी गरेको हो । सर्वोच्चले लिखित जवाफसहित अन्तरिम आदेशबारे हुने छलफलमा उपस्थित हुन सरकारलाई भनेको छ । ...
विगतका कमजोरी सल्टाउन पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक– एमाले महासचिव पोखरेल

विगतका कमजोरी सल्टाउन पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक– एमाले महासचिव पोखरेल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक रहेको बताएका छन्। पार्टीभित्र आन्तरिक कमजोरी भएकै कारण अहिलेको अवस्था आएको स्वीकार गर्दै उनले विगतका कमजोरी सल्टाउन वैचारिक पुनर्गठन आवश्यक रहेको बताए। विगतमा नेतृत्वको कमजोरी ढाकछोप गर्दै आएका महासचिव पोखरेलले अहिले भने आन्तरिक कमजोरी भएकै कारण पार्टी जीवनमा ठूलो पराजय भोग्नु परेको बताएका हुन्। आइतबार एमाले लुम्बिनी प्रदेश कमिटीले गरेको मिसन पार्टी जागरण अभियानको शुभारम्भ गर्दै महासचिव पोखरेलले नेता/कार्यकर्तासँग खुलेर आफ्ना कमजोरी स्वीकार गरेका हुन्। ‘हाम्रै कमजोरीले पार्टी अहिलेको अवस्थामा आएको हो, अलिकति सूचना पनि आएकै थिए कमजोरी कहाँ छन् भन्ने बेलैमा सल्टाउन सकिएन,’ उनले भने। उनले आफ्ना कमजोरी स्वीकार नगरेर पार्टीलाई सुधार गर्न नसकिने भन्दै आन्तरिक कमजोरीकै कारण पार्टी जीवनमा सबैभन्दा ठूलो...
लुम्बिनी प्रदेशमा कांग्रेसले सरकार छाड्यो, एमाले र नेकपाको सरकार बन्ने

लुम्बिनी प्रदेशमा कांग्रेसले सरकार छाड्यो, एमाले र नेकपाको सरकार बन्ने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलनेकपा एमाले र नेकपाबीच सत्ता साझेदारीको सहमतिपछि लुम्बिनी प्रदेशमा एमालेको सत्ता साझेदार दल कांग्रेसका मन्त्रीले राजीनामा दिएका छन्। कांग्रेसका पाँचै जना मन्त्रीले आफ्नो संसदीय दललाई मन्त्री पदबाट राजीनामा दिएको पत्र बुझाएका छन्। कांग्रेसबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज), सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने र वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवारले कांगेस संसदीय दललाई राजीनामा बुझाएका हुन्। दलको तर्फबाट भने भोलि सोमबार मुख्यमन्त्री चेतनारायण आचार्यलाई राजीनामा बुझाउने तयारी रहेको कांगेस प्रमुख सचेतक जमुना ढकालले जानकारी दिइन्। उनका अनुसार कांग्रेसबाट सरकारमा सहभागी ५ जनाकै राजीनामा दलको कार्यालयमा प्राप्त भएसकेकाले सोमबार मुख्...
सातै प्रदेशमा एमाले र नेकपाको सरकार बन्ने सहमतिपछि कांग्रेसको भनाई

सातै प्रदेशमा एमाले र नेकपाको सरकार बन्ने सहमतिपछि कांग्रेसको भनाई

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
कांग्रेसको भनाईकाठमाडौंनेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच पाँच वटा प्रदेशमा भागबन्डाका आधारमा र थप दुई प्रदेशमा अन्य राजनीति दलहरूसँग पनि सहयोग लिएर सरकार बनाउने सहमति भएकामा यसलाई नेपाली कांग्रेसले 'कुनै नकारात्मक टिप्पणी नगर्ने' भनेको छ। एमाले र नेकपाले सात वटै प्रदेशमा कांग्रेस एमाले र नेकपा मिलेर सरकार बनाउन प्रस्ताव गरेका थिए। तर कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले यो प्रस्ताव अस्वीकार गरेका थिए। तीन ठूला दल मिलेर प्रदेशमा प्रतिपक्षविहीन हुने गरी सरकार बनाउने पक्षमा कांग्रेस उभिएन। पार्टीको सिद्धान्त विपरीत हुने गरी प्रदेश सरकारहरूमा नजाने कांग्रेसले अडान राख्दै आएको थियो। कांग्रेस नमानेपछि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' बीच शनिबार प्रदेशहरूमा सरकार बनाउने सहमति भएको हो। कांग्रेस उपसभापति विश्व...
सांसद गणेश पौडेलमाथि मसी प्रहार: घटनाप्रति रास्वपाको आपत्ति, निष्पक्ष छानबिनको माग

सांसद गणेश पौडेलमाथि मसी प्रहार: घटनाप्रति रास्वपाको आपत्ति, निष्पक्ष छानबिनको माग

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि मसी प्रहार तथा दुर्व्यवहार भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिअनुसार साउन ७ गते जनतासँगको भेटघाट कार्यक्रम सम्पन्न गरी फर्कने क्रममा सांसद पौडेलमाथि कालो मसी प्रहार गरिएको थियो ।संसदीय दलले उक्त घटनालाई हिंसात्मक, अमर्यादित र निन्दनीय गतिविधि भन्दै यसको घोर भर्त्सना गरेको छ। विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा असहमति र विरोध व्यक्त गर्ने अधिकार सुरक्षित रहे पनि जनप्रतिनिधिमाथि हुने हिंसा, दुर्व्यवहार वा अपमानजनक व्यवहार कुनै पनि लोकतान्त्रिक समाजमा स्वीकार्य हुन नसक्ने उल्लेख गरिएको छ । रास्वपाले यस्ता गतिविधिले विधिको शासन, लोकतान्त्रिक संस्कार तथा शान्तिपूर्ण र सभ्य राजन...
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँभारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्।निट प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणमा आफूलाई जिम्मेवार ठहर गर्दै आन्दोलनकारीहरूले उनको राजीनामाको माग गर्दै नयाँदिल्लीको जन्तर-मन्तरमा लगातार ३६ दिनदेखि धर्ना र प्रदर्शन गरिरहेका थिए । आन्दोलनकारीहरूले धर्मेन्द्र प्रधानको राजीनामाभन्दा कममा आफूहरू पछि नहट्ने अडान लिएका थिए । अन्ततः उनले शिक्षामन्त्री पदबाट राजीनामा दिएका हुन् । यद्यपि, उनको राजीनामाबारे भारत सरकारको औपचारिक प्रतिक्रिया तथा थप विवरण सार्वजनिक हुन बाँकी छ । ...
बङ्गलादेशका राष्ट्रपति शाहावुद्दिनको राजीनामा,सभामुखले कार्यवाहकको जिम्मेवारी सम्हाल्ने

बङ्गलादेशका राष्ट्रपति शाहावुद्दिनको राजीनामा,सभामुखले कार्यवाहकको जिम्मेवारी सम्हाल्ने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, समाचार
काठमाडौंबङ्गलादेशका राष्ट्रपति मोहम्मद शाहावुद्दिनले गम्भीर स्वास्थ्य समस्याका कारण शुक्रबार पदबाट राजीनामा दिएका छन् । राष्ट्रपतिको कार्यालयले यसको औपचारिक जानकारी सार्वजनिक गरेको हो । ७६ वर्षीय शाहावुद्दिनले अप्रिल २०२३ देखि औपचारिक (सेरेमोनियल) राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनको कार्यकालमा सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत गएपछि उत्पन्न राजनीतिक अस्थिरताको सामना गर्नुपरेको थियो ।राष्ट्रपतिका प्रेस सचिवद्वारा जारी विज्ञप्तिअनुसार शाहावुद्दिनले आफूलाई ‘अटोनोमिक न्युरोप्याथी’ नामक रोग लागेको पुष्टि भएको बताएका छन् । उनले स्वास्थ्य परीक्षणपछि उक्त रोग लागेको पत्ता लागेको र त्यसका कारण कहिलेकाहीँ केही समयका लागि चेतनाहीन हुने अवस्था आउने उल्लेख गरेका छन् । शाहावुद्दिनको राजीनामासँगै शेख हसिनाको योजनाबद्ध स्वद...
सांसदका स्वकीय सचिव बारे रास्वपाको अन्तरिक निर्देशन: परिवार र नातेदारलाई नियुक्ति दिन नपाउने

सांसदका स्वकीय सचिव बारे रास्वपाको अन्तरिक निर्देशन: परिवार र नातेदारलाई नियुक्ति दिन नपाउने

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय सांसदका स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनसम्बन्धी आन्तरिक निर्देशन जारी गर्दै नियुक्ति प्रक्रियालाई पारदर्शी, मितव्ययी र जनउत्तरदायी बनाउन मापदण्ड तोकेको छ ।रास्वपाले जारी गरेको निर्देशनमा सांसदहरूले राख्ने स्वकीय सचिव नियुक्त गर्दा नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ । एकाघरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न नपाइने र परिवारभन्दा बाहिरबाट योग्य व्यक्ति छनोट गर्नुपर्ने व्यवस्था गरिएको छ ।निर्देशनअनुसार स्वकीय सचिवका लागि संघीय संसद सचिवालयले तोकेको न्यूनतम शैक्षिक योग्यता पूरा गरेको व्यक्ति हुनुपर्नेछ । स्नातक तह वा सोसरह उत्तीर्ण, सम्बन्धित क्षेत्रमा दक्षता भएको, प्रविधिमैत्री, अनुसन्धान क्षमता भएको र पार्टीका मूल्य-मान्यताप्रति प्रतिबद्ध व्यक्तिलाई प्राथमिकता दिन भनिएको छ ।रास्वपाले योग्य...
त्रिविको वार्षिकोत्सवमा शिक्षामन्त्रीविरुद्ध प्रदर्शन

त्रिविको वार्षिकोत्सवमा शिक्षामन्त्रीविरुद्ध प्रदर्शन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमान्डौँ त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ६७औँ वार्षिक दिवस कार्यक्रमस्थलबाहिर सहकुलपति समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोख्रेलविरुद्ध प्रदर्शन गर्ने २३ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा त्रिवि स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० का उपसभापति सनम वली, सचिव हिक्मतकुमार बुढा, शंकरदेव क्याम्पसका अखिल संयोजक दिनेश रेग्मी, कुलबहादुर बुढा, डम्बरसिंह ऐरी, प्रकाश सन्जेललगायत रहेका छन् । उनीहरूलाई प्रहरी वृत्त कीर्तिपुरमा राखिएको छ । त्रिवि स्ववियु सभापति दीपकराज जोशीका अनुसार स्थापना दिवस कार्यक्रममा प्रवेश गर्न खोज्दा प्रहरीले विद्यार्थीहरूलाई नियन्त्रणमा लिएको हो । जोशीले भने, “विश्वविद्यालयले कार्यक्रममा प्रवेश गर्न दिएन । विश्वविद्यालयलाई न्यून बजेट उपलब्ध गराइएको भन्दै हामीले विरोध गरेका थियौँ । सहकुलपति समेत रहेका शिक्षा मन्त्री...