राजनीति

प्रधानमन्त्रीसंग चिनियाँ राजदूतको भेटवार्ता- सम्बन्ध थप प्रगाढ बनाउनेमा जोड

प्रधानमन्त्रीसंग चिनियाँ राजदूतको भेटवार्ता- सम्बन्ध थप प्रगाढ बनाउनेमा जोड

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंप्रधानमन्त्री बालेन शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा जोड दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा चिनियाँ राजदूत झाङ माओमिङसँग भएको शिष्टाचार भेटवार्ताका क्रममा उनले यस्तो बताएका हुन् ।प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएका हुन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उनीहरूबीच भेटवार्ता भएको थियो ।भेटवार्ताका क्रममा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन एवम् विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको पनि सचिवालयले जनाएको छ ।राजदूत माओमिङले पनि प्रधानमन्त्रीलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ ब...
काँग्रेसको सङ्कट निर्णायक मोडमा: गगन र देउवाको अडान कायमै

काँग्रेसको सङ्कट निर्णायक मोडमा: गगन र देउवाको अडान कायमै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँनेपाली काँग्रेस यति बेला आफ्नो इतिहासकै अर्को महत्त्वपूर्ण राजनीतिक परीक्षाबाट गुज्रिरहेको छ। लामो समयदेखि पार्टीभित्र चल्दै आएको शक्ति सङ्घर्ष अब केवल गुटगत असन्तुष्टि वा नेतृत्वको प्रतिस्पर्धामा सीमित छैन। विवाद अदालतको ढोकासम्म पुगेको छ, असन्तुष्ट पक्षले राष्ट्रिय भेला बोलाएको छ, र नयाँ राजनीतिक दल गठनको सम्भावनासमेत खुला रूपमा चर्चा हुन थालेको छ।काङ्ग्रेसभित्र विकसित पछिल्ला घटनाक्रमले पार्टी एकताबद्ध रहन्छ कि नयाँ विभाजनको दिशातर्फ अघि बढ्छ भन्ने प्रश्नलाई केन्द्रमा ल्याएको छ।अदालतले फेरि खोलिदियो विवादको ढोकाकाँग्रेस विवादको सबैभन्दा संवेदनशील पक्ष अहिले सर्वोच्च अदालतमा पुगेको छ। पूर्वसभापति शेरबहादुर देउवा र पूर्व उपसभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै दायर गरेको पुनरावलोकन निवेदन अदालतले स्वीकार गरेपछि विवादले नयाँ मोड लिएको हो। ...
सरकार लक्ष्यबाट विमुख भए हस्तक्षेप गर्छौं : रवि लामिछाने

सरकार लक्ष्यबाट विमुख भए हस्तक्षेप गर्छौं : रवि लामिछाने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकारले आफ्नो लक्ष्य र वाचाअनुसार काम नगरे पार्टीले हस्तक्षेप गर्ने बताएका छन् । सरकारको कार्यशैली र स्थायित्वका विषयमा टिप्पणी गर्दै उनले सरकार बाटोबाट विचलित भए राजनीतिक दलका तर्फबाट नियन्त्रण गर्ने र पुनः सही मार्गमा ल्याउने क्षमता आफूहरूसँग सुरक्षित रहेको स्पष्ट पारेका हुन् । सभापति लामिछानेले सरकार अहिले नै असफल भइनसकेको र त्यस्तो अवस्था आउन नदिनेमा आफूहरू सचेत रहेको उल्लेख गरे । सरकार सञ्चालनको प्रक्रियालाई हवाई उडानसँग तुलना गर्दै लामिछानेले कहिलेकाहीँ प्राविधिक समस्या वा वाह्य कारणले उत्पन्न हुने ‘टर्बुलेन्स’ (अवरोध) बाट नआत्तिन आग्रह गरे ।सभापति लामिछानेले भने- ‘सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम गर्छ । काम गर्न सकेन वा बाटो बिरायो भने सरकारलाई सही बाटोमा ल्याउने राजनीतिक पार्...
जातीय,भाषिक र सांस्कृतिक विविधता नेपालको राष्ट्रिय शक्ति हो : केपी ओली

जातीय,भाषिक र सांस्कृतिक विविधता नेपालको राष्ट्रिय शक्ति हो : केपी ओली

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्व आदिवासी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आदिवासी समुदायका दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना दिदै समुदायको हक, अधिकार, संस्कृति र पहिचानको सम्मान गर्ने दिवसका रूपमा विश्व आदिवासी दिवसको महत्व रहेको बताएका छन् ।उनले नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधता राष्ट्रिय सौन्दर्य र शक्ति भएको उल्लेख गरेका छन् । आपसी मेलमिलाप, सहअस्तित्व र एकताले राष्ट्रिय सामर्थ्य थप बलियो बनाउने उनको भनाइ छ । ओलीले नेपालको संविधानले सबै समुदायको समान अधिकार तथा समावेशी र सहभागितामूलक प्रतिनिधित्वको सुनिश्चितता गरेको बताएका छन् । उनले समावेशी लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समृद्ध नेपाल निर्माणको साझा लक्ष्यमा एकताबद्ध हुन सबैलाई आह्वानसमेत गरेका छन् । ...
४० करोड लगानीमा पुनर्निर्माण हुँदै क्षतिग्रस्त मन्त्री आवास

४० करोड लगानीमा पुनर्निर्माण हुँदै क्षतिग्रस्त मन्त्री आवास

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, समाचार, समाज
काठमाडौंजेनजी आन्दोलनमा क्षतिग्रस्त भैँसेपाटीस्थित मन्त्रीहरूको सरकारी आवास करिब ४० करोड रूपैयाँ लगानीमा पुनर्निर्माण भइरहेको छ । असोजभित्र सक्ने गरी क्षतिग्रस्त भवनको संरचना र भित्रि आवरण (इन्टेरियर)को काम जारी छ ।पुनर्निर्माणको काम तीन चरणमा चलिरहेको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सूचना अधिकारी इन्जिनियर अरुण भुजेलले बताए ।पहिलो चरणमा २७ मध्ये ११ वटा र दोस्रो चरणमा बाँकी १६ वटा भवनको पुनर्निर्माण गर्नेगरी गत वर्ष नै ठेक्का सम्झौता भएको थियो । ११ वटा भवन कामका लागि आठ करोड ६० लाख र बाँकी १६ वटाका भवनको पुननिर्माणका लागि १५ करोड ४९ लाखमा सम्झौता भएको थियो । यसबाहेक भवनको भित्री सजावट, फर्निसिङलगायत कामका लागि करिब १५ करोड रुपैयाँमा सम्झौता भएको थियो । पहिलो चरणको काम साउन मसान्तसम्म, दोस्रो चरणको काम भदौ २० सम्म र तेस्रो चरणको काम असोज मसान्तसम्म सक्नुपर्ने सम्झ...
प्रधानमन्त्री शाहलाई मनीष झाको जवाफ : महान जनादेश पाएको सरकार एक्लो छैन

प्रधानमन्त्री शाहलाई मनीष झाको जवाफ : महान जनादेश पाएको सरकार एक्लो छैन

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनीष झाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई सरकारमा कोही एक्लै नभएको जवाफ दिएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा रास्वपाकै सांसदहरुले सरकारमाथि प्रश्न गरेपछि मध्यरातमा प्रधानमन्त्री शाहले आफू एक्लै भएको संकेत गर्दै फेसबुकमा स्टाटस लेखेका थिए ।प्रधानमन्त्री शाहलाई फेसबुकमै जवाफ दिंदै झाले लेखेका छन्, ‘ परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौँ। हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्।’उनले संसदमा अवसर खेर नजाओस भनेर सचेत गराइएको प्रधानमन्त्री शाहलाई स्मरण गराएका छन् । र, यो काम निरन्तर हुने उनको भनाइ छ । ‘यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ’, उनले थप लेखेका छन्, ‘जननिर्वाचित सरकार जनताको साथमा हुनुपर...
सरकारको त्रैमासिक विवरण सार्वजनिक : चार महिनामा मन्त्रिपरिषद्का ३ सय ८४ निर्णय

सरकारको त्रैमासिक विवरण सार्वजनिक : चार महिनामा मन्त्रिपरिषद्का ३ सय ८४ निर्णय

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंसरकारले सुशासन, प्रशासनिक सुधार, नीति कार्यान्वयन, विकास आयोजना अनुगमन, गुनासो व्यवस्थापन र कानुनी प्रतिरक्षालगायतका क्षेत्रमा उल्लेख्य काम गरेको दाबी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज सार्वजनिक गरेको २०८३ वैशाखदेखि असारसम्मको प्रगति विवरणमा तीन महिनामा पुँजीगततर्फ ६८.२६ प्रतिशत र चालुतर्फ ९७.०७ प्रतिशत वित्तीय प्रगति हासिल भएको उल्लेख छ ।कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार यस अवधिमा २१ वटा मन्त्रिपरिषद् बैठकबाट ३८४ वटा निर्णय भएका छन् । साथै मन्त्रिपरिषद्का विभिन्न समितिका आठ वटा बैठक सम्पन्न भई १२ वटा निर्णय भएका छन् ।कार्यालयका अनुसार जेनजी आन्दोलनपछिको सेवा प्रवाह, विकास निर्माणलगायतका क्षेत्रमा प्रभावकारिता अभिवृद्धि गर्न सचिवस्तरीय बैठकमार्फत आवश्यक निर्देशन, छलफल तथा अन्तरक्रिया गरिएको छ भने अनियमितता र ढिलासुस्ती हटाइ पारदर्शी निर्णय प्रक...
‘हेलो सरकार’ अब स्मार्ट बन्दै: १ दिनमै अत्यावश्यक गुनासो सम्बोधन गर्ने तयारी

‘हेलो सरकार’ अब स्मार्ट बन्दै: १ दिनमै अत्यावश्यक गुनासो सम्बोधन गर्ने तयारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ ।त्यसका लागि विस्तृत अवधारणापत्र र कार्ययोजनाको मस्यौदा तयार गरी छलफलका लागि पेस गरिएको हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाले जानकारी दिए । “हेलो सरकारमा विभिन्न बहुच्यानल फोन, वेबसाइट, फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, इमेललगायतका माध्यमबाट प्राप्त हुने गुनासोलाई एउटै पोर्टलमा व्यवस्थापन गर्ने गरी स्तरोन्नति गर्ने गरी प्रस्ताव गरिएको छ”, सापकोटाले भने ।गुनासोकर्ताले सोझै सम्वन्धित कार्यालयमा हेलो सरकार प्रणालीमा गुनासो दर्ता गरी आवश्यक कारबाहीको जानकारी लिन सक्नेछन् । यस्तै, सम्बन्धित कार्यालयमा गुनासो दर्ता गर्न नचाहेमा हेलो सरकारको स्वचालित प्रणा...
तिब्बती अध्ययनसम्बन्धी सम्मेलन चिनियाँ दबाबपछि रद्द

तिब्बती अध्ययनसम्बन्धी सम्मेलन चिनियाँ दबाबपछि रद्द

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ सरकारले ७–१३ भदौमा काठमाडौंमा हुन लागेको तिब्बती अध्ययनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा रोक लगाएको छ । चार वर्षअघि नै घोषणा गरिएको सम्मेलनमा ३९ देशका तिब्बत मामिला विज्ञ र प्राध्यापकहरू सहभागी हुने अपेक्षा गरिएको थियो । सुरक्षा निकायबाट कुनै खतरा नरहेको ‘ब्रिफिङ’ तथा गृहमन्त्री सुधन गुरुङले कार्यक्रम नरोकिने भन्दै दिएको सार्वजनिक अभिव्यक्तिविपरीत सरकारले सम्मेलनमा रोक लगाउने निर्णय गरेको हो ।सरकारी अधिकारीहरूका अनुसार परराष्ट्र सचिव अमृतबहादुर राईसँगको परामर्शपछि मुख्यसचिव गोविन्दबहादुर कार्कीले काठमाडौं विश्वविद्यालयका उच्च अधिकारीहरूलाई व्यक्तिगत रूपमा फोन गरी कार्यक्रम रोक्न निर्देशन दिएका थिए । एक मन्त्रीका अनुसार सरकारको निर्णयले परराष्ट्र नीतिमै महत्त्वपूर्ण प्रभाव पार्ने भए पनि यो विषय मन्त्रिपरिषद्मा समेत पेस गरिएन । ‘हामीले आयोजकहरूलाई कार्यक्रम आयोजना नगर...
संघीय संसदका पाँच समितिको बैठक आज बस्दै

संघीय संसदका पाँच समितिको बैठक आज बस्दै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंआज संघीय संसदका पाँच समितिको बैठक बस्दैछ ।आज प्रतिनिधि सभाका अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन संयुक्त समितिको बैठक बस्दैछ । आज बिहान ११ बजेदेखि शुरु हुने अर्थ समितिको बैठकमा उपसमितिहरुबाट प्रतिवेदन पेश र छलफलको कार्यसूची रहेको छ । त्यसैगरी बिहान ११ बजेदेखि शुरु हुनेमहिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा आयोगका पदाधिकारीहरूसँग छलफलको कार्यसूची रहेको छ । त्यस्तै दिउसो १ बजेदेखि शुरु हुने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दल विधेयक, २०८३’ उपर सैद्धान्तिक छलफल र अख्तियार दुरूपयोग अनुसन्धान आयोग र कारागार कार्यालयहरूको स्थलगत ...