राजनीति

पर्यटन प्रवर्द्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

पर्यटन प्रवर्द्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र युवालाई पर्यटनसँग जोड्ने गरी समयानुकूल पर्यटन तथा युवा-मैत्री नीति निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीको २८औँ स्थापना दिवस तथा २५ औँ वार्षिक साधारणसभा-२०८३ को अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले पर्यटन क्षेत्रको विकासमा नीतिगत तथा कानुनी जटिलता प्रमुख बाधक बनेको उल्लेख गर्दै सरकार गम्भीर भएर समाधानतर्फ अग्रसर हुनुपर्ने धारणा राखे । कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको होटल व्यवसायको इतिहास खोजी गरी त्यसको दस्तावेजीकरण गर्नुपर्ने आवश्यकता औँल्याए । उनले बुटवललाई केन्द्रमा राखेर पहाडी क्षेत्रसँग जोडिने पर्यटन प्याकेज विकास गर्न, सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न तथा मौलिक पहिचान झल्किने कार्यक्रम सञ्चालन गर्न सुझाव दिए ...
सुस्ताको नेपाली भूमि जोगाउन सरकारले कुटनीतिक पहल गर्नुपर्नेमा विवादास्पद अभिव्यक्ति दिनु राष्ट्रघात

सुस्ताको नेपाली भूमि जोगाउन सरकारले कुटनीतिक पहल गर्नुपर्नेमा विवादास्पद अभिव्यक्ति दिनु राष्ट्रघात

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
बुटवलसुस्ता बचाउ अभियानका अध्यक्ष आदम खांले प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिले सुस्ताको भूमि अतिक्रमण गर्न भारतीय पक्ष उत्साहित भएको बताएका छन् । २०२९ सालदेखि सुस्तामा बस्दै आएका सुस्तावासीले अझै नागरिकता र लालपूर्जा नपाएको गुनासो गर्दै आएका छन् ।सुस्तामा रहेका ३ सय १५ घरधुरी मध्ये १ सय १५ घरधुरीका सदस्यले नागरिकता नपाएको सुस्ता बचाउन अभियानले बताएको छ । प्रधानमन्त्री बालेन्द्र शाहाकै अभिव्यक्तिका कारण गत जेढ २९ गते बिहान भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली भूमि सुस्तामा प्रवेश गरेर नेपालीलाई आतंकित पारेको गुनासो गरे । अधिकारबिहन सुस्ताका सर्वसाधारण जनताले मात्रै नेपाली भूमि जोगाउन नसक्ने बताउंदै अध्यक्ष खांले भने – अहिलेसम्मका न सरकारको साथ पाईयो, नत कुनै प्रधानमन्त्रीको । नेपालीको भूमि र आफ्ना जनताको पक्षमा बोल्न नसक्ने सरकार र प्रधानमन्त्रीहरु भरतसंग झुक्दा हामी सुस...
नेपालका सच्चा र दुरदर्शी कम्युनिष्ट जननेता मदन भण्डारी

नेपालका सच्चा र दुरदर्शी कम्युनिष्ट जननेता मदन भण्डारी

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
बुटवलमदनकुमार भण्डारीको जन्म बुबा देवीप्रसाद भण्डारी र आमा चन्द्रकला भण्डारीको कोखबाट माहिला छोराको रूपमा विक्रम सम्वत् २००९ साल असार १४ गते भएको थियो । नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको ढुङ्गेसाँघु गाउँ विकास समितिमा पर्ने ठोट्ने गाउँमा अवस्थित एउटा सामान्य कृषक परिवारमा जन्मनुभएका मदनले यहीँको भिरालो बस्तीभित्रका चट्टानहरूमा उफ्रिँदै, छेउँछाउमा बग्ने तमोर र मौवा खोलाका नागबेली परेका परिदृश्यहरूमा आँखा नचाउदै, लेकबेंसीहरूमा उकाली—ओराली गर्दै अनि लहलह हुने उत्तिस, चाँप र लालिगुराँसहरूका मनोरम दृश्यहरूमा हराउँदै र रमाउँदै आफ्नो बाल्यकाल बिताउनुभएको थियो । खेतीपाती मूलपेशा बनाएको परिवारका माहिला छोरा मदनले गुज्रदैको बाल्यकालमा जिन्दगीका कैंयौ कष्ट र कहरहरूलाई आत्मसात गर्नुभएको थियो भने ज्यान मात्र पाल्न गर्नुपर्ने कठोर श्रम र सङ्घर्षको खुला कितावलाई यहीँ अध्ययन गर्नुभएको थियो । छ ...
जेनजी आन्दोलनको प्रतिवेदन माग्दै मानव अधिकार आयोगमा ओलीले पठाए पत्र

जेनजी आन्दोलनको प्रतिवेदन माग्दै मानव अधिकार आयोगमा ओलीले पठाए पत्र

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगसँग जेनजी आन्दोलनबारे आयोगले गरेको छानबिन तथा अनुसन्धान प्रतिवेदन माग गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको तर्फबाट एमाले नेता महेश बर्तौलाले हिजो (शुक्रबार) मानव अधिकार आयोगका सचिव मुरारी खरेललाई भेटेर निवेदन दर्ता गराएका हुन् ।अनुसन्धान प्रतिवेदन, निर्णय र त्यस सँग सम्बन्धित सम्पूर्ण कागजातहरू उपलब्ध गराउन माग गर्दै निवेदन दर्ता गरिएको बर्तौलाले जानकारी दिए ।आगजनी गर्ने, संवैधानिक अंगहरुलाई समाप्त गर्न उत्तेजना फैलाउने काम र राज्य यन्त्रको अनधिकृत कब्जा गर्ने कार्यमा संलग्न व्यक्तिको विषयमा आयोगको निर्णय मौन रहेको विषय उनले निवेदनमा उल्लेख गरेका छन् ।साथै, राष्ट्रिय मानव अधिकार आयोगको बैठक नम्बर १७७ भन्ने सार्वजनिक सञ्चार माध्यममा आएको निर्णय नं १७७ को सिफारिश खण्ड संग निर्णयको तथ्य खण्ड मे...
समाजवादी मोर्चामा भएकासँग छिट्टै एकता हुँदैछ: प्रचण्ड

समाजवादी मोर्चामा भएकासँग छिट्टै एकता हुँदैछ: प्रचण्ड

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेसँग तत्काल सहकार्य गरिने बताएका छन्। विराटनगरमा आयोजित प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले एमालेसँग अहिले पार्टी एकता नभए पनि संसद्, सडक र आगामी निर्वाचनमा कार्यगत एकता गरेर अघि बढ्ने स्पष्ट पारेका हुन्। संयोजक दाहालले समाजवादी मोर्चामा रहेका दलहरूसँग एकता प्रक्रिया तीव्र बनाइने र एमालेसँग कार्यगत सहकार्य गरिने जानकारी दिए। उनले भने, ‘हिजै हामी समाजवादी मोर्चामा भएकाहरूसँग एकता छिट्टै हुँदैछ र नेकपा एमालेसँग सहकार्य हुँदैछ। संसद्मा सहकार्य, सडकमा सहकार्य र आउने प्रदेश तथा स्थानीय तहको चुनावमा सहकार्यको सहमति हुँदैछ।’ संसद्मा एउटा सशक्त वामपन्थी शक्तिका रूपमा उपस्थित हुन यो सहकार्य आवश्यक रहेको उनको भनाइ छ। आफूमाथि हुने गरेका आलोचना र सामाजिक सञ्जालको टिप्पणीलाई सामान्य रूपमा लिएका दाहालल...
रास्वपामा गुट र ‘टिके प्रथा’ रोक्न चुनाव लडेँ : मनीष झा

रास्वपामा गुट र ‘टिके प्रथा’ रोक्न चुनाव लडेँ : मनीष झा

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा पराजित भएका नेता मनीष झाले पार्टीभित्र गुटबन्दी र ‘टिके प्रथा’ (टीका लगाएर पद बाँड्ने प्रवृत्ति) स्थापित नहोस् भन्नका लागि आफूले चुनावी मैदान रोजेको बताएका छन्।चार जनाबीचको प्रतिस्पर्धामा विपिनकुमार आचार्यसँग पराजित भएपछि प्रतिक्रिया दिँदै झाले निर्वाचन परिणामलाई सहज रूपमा स्वीकार गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘मेरो लागि निर्वाचन लोकतान्त्रिक प्रक्रिया हो। रास्वपामा गुट र टिके राजनीतिक अभ्यास नहोस् भनेर गरिएको एउटा प्रयास थियो। नेतृत्वले मेरो त्यो प्रयासलाई स्वीकार गरेर निर्वाचन प्रक्रिया अगाडि बढाइदिनुभयो, आभारी छु।’ पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन आफूले उम्मेदवारी दिएको प्रष्ट पार्दै उनले नवनिर्वाचित महामन्त्री आचार्यलाई बधाई दिएका छन्। ‘म यो परिणाम स्वीकार गर्छु। मेरो मित्र विपिनलाई बधा...
तीन दिनमा सक्ने भनिएको रास्वपा महाधिवेशन छैटौं दिन पुग्यो

तीन दिनमा सक्ने भनिएको रास्वपा महाधिवेशन छैटौं दिन पुग्यो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं तीन दिनमा सक्ने भनिएको रास्वपा महाधिवेशन आज छैटौं दिन पनि जारी छ । आज पदाधिकारी निर्वाचित गरेर महाधिवेशन सम्पन्न गर्ने तयारी छ । असार ७ गतेदेखि चितवनमा रास्वपाको पहिलो महाधिवेशन उदघाटन भएको थियो । असार ९ गते सम्पन्न गर्ने भनिए पनि प्रतिनिधि चयनमा विवाद र केन्द्रीय सदस्य तथा पदाधिकारी चयन ढिलाइ हुँदा महाधिवेशन लम्बिएको हो ।महाधिवेशन लम्बिएर खर्च व्यवस्थापनमा कठिनाइ भएपछि आजको लागि व्यवस्थापनले खाना नखुवाउने जनाएको छ । हिजो राति व्यवस्थापनले बिहानको चिया मात्र व्यवस्था गर्ने जानकारी गराएको थियो ।रास्वपा सभापतिमा रवि लामिछाने यसअघि निर्विरोध भइसके पनि पदाधिकारी पदका उम्मेदवारहरूको अन्तिम नामावली अझै सार्वजनिक गरिएको छैन ।रास्वपा विधानमा पहिले सभापति र केन्द्रीय सदस्य चयन गरिसकेपछि बल्ल पदाधिकारी चयन गर्ने व्यवस्था छ ।केही असन्तुष्टिका बीच विहीबार केन्द्रीय सदस्यहरुको निर्वाचन...
रूपन्देहीका १५ पालिकाले गरे बजेट सार्वजनिक

रूपन्देहीका १५ पालिकाले गरे बजेट सार्वजनिक

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलआर्थिक बर्ष ०८३/८४ का लागि रुपन्देहीका १५ पालिकाले असार १० भित्रैं बजेट सार्वजनिक गरेका छन् । जिल्लाका १६ स्थानीय तहमध्ये १५ ले बुधबार आगामी आर्थिक वर्षका लागि बजेट ल्याएका छन् । अध्यक्ष र उपाध्यक्षको विवादले कोटहीमाई गाउँपालिकाले भने बजेट ल्याउन सकेन । कोटहीमाईमा लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्ष बालकृष्ण त्रिपाठी र उपाध्यक्ष सुशीला कुमारी यादव छन् । दुबै जना एकै दलबाट निर्वाचित भए पनि बजेट विनियोजनका विषयमा विवाद सिर्जना भएको छ । यस अघि कोटहीमाईमा वजेटका बेला विवाद हुँदैं आएको थियो । यस पटक पनि उपाध्यक्ष यादवले अध्यक्षकै बराबर आफूलाई बजेट सिलिङ माग गरेपछि सहमती जुट्न नसकेको हो । गाउँपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष सञ्जयकुमार सैनीले शुक्रवारसम्म बजेट ल्याउने प्रयास भइरहेको बताए । कोटहीमाई बाहेक जिल्लाका अन्य १५ वटै पालिकाले बजेट सार्वजनिक गरेका छन् । स्थानीय तहले ब...
युक्रेनी ड्रोन आक्रमणपछि मस्कोको तेल प्रशोधन केन्द्र कम्तीमा ६ महिना बन्द हुने

युक्रेनी ड्रोन आक्रमणपछि मस्कोको तेल प्रशोधन केन्द्र कम्तीमा ६ महिना बन्द हुने

Breaking news 2, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंयुक्रेनले लगातार गरेका ड्रोन आक्रमणहरूका कारण मस्कोको दक्षिणमा अवस्थित एउटा ठूलो तेल प्रशोधन केन्द्र कम्तीमा ६ महिनाका लागि बन्द हुने भएको छ। गाजप्रोम नेफ्टद्वारा सञ्चालित यस प्रशोधन केन्द्रमा पहिलो पटक जुन १६ मा आक्रमण भएको थियो । जसबाट रिफाइनरीको ५३ प्रतिशत क्षमता ओगट्ने एउटा डिस्टिलेसन युनिटमा क्षति पुगेको थियो।त्यसपछि जुन १८ मा भएको दोस्रो आक्रमणले बाँकी ४७ प्रतिशत क्षमता ओगट्ने आधुनिक ‘युरो प्लस’ युनिटमा पनि क्षति पुर्‍याएको बताइन्छ ।यससँग परिचित औद्योगिक स्रोतहरूलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले बुधबार यससम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको हो। मस्को रिफाइनरीमा भएको क्षतिको मर्मत सम्भारका लागि कम्तीमा आधा वर्ष लाग्ने उद्योग सम्बद्ध स्रोतले जनाएको छ।रोयटर्सका अनुसार यस प्रशोधन केन्द्रले सन् २०२४ मा ११.६ मिलियन मेट्रिक टन कच्चा तेल प्रशोधन गरी २.९ मिलियन टन पेट्रो...
बुटवल उपमहानगरद्वारा करिब ४ अरबको बजेट सार्वजनिक

बुटवल उपमहानगरद्वारा करिब ४ अरबको बजेट सार्वजनिक

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि कुल ३ अर्ब ८५ करोड रुपैयाँको आय अनुमान सहितको बजेट वक्तव्य सार्वजनिक गरेको छ। उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले असार १० गते बुधबार नगर सभामा उक्त बजेट प्रस्तुत गरेकी हुन्। "समानता, स्वाभिमान र अवसर-बस्नयोग्य बुटवल शहर" भन्ने नारालाई आत्मसात् गर्दै ल्याइएको यस बजेटमा कुल खर्चमध्ये चालुतर्फ ५२ प्रतिशत र पूँजीगततर्फ ४८ प्रतिशत रहने अनुमान गरिएको छ। प्रस्तावित बजेटको व्यय अनुमान अनुसार सामाजिक विकासतर्फ २८ प्रतिशत र आर्थिक विकासतर्फ १२ प्रतिशत बजेट विनियोजन गरिएको छ। बजेटको स्रोत व्यवस्थापनका लागि संघीय सरकारबाट संघीय समानीकरण अनुदानबापत रु. २९ करोड २२ लाख, ससर्त अनुदान (चालु) तर्फ रु. ५० करोड २५ लाख, ससर्त अनुदान (पूँजीगत) तर्फ रु. ७ करोड ४ लाख, विशेष अनुदान (पूँजीगत) तर्फ रु. ९० लाख र समपूरक अनुदान (पूँजीगत) तर्...