४० करोड लगानीमा पुनर्निर्माण हुँदै क्षतिग्रस्त मन्त्री आवास



काठमाडौं
जेनजी आन्दोलनमा क्षतिग्रस्त भैँसेपाटीस्थित मन्त्रीहरूको सरकारी आवास करिब ४० करोड रूपैयाँ लगानीमा पुनर्निर्माण भइरहेको छ । असोजभित्र सक्ने गरी क्षतिग्रस्त भवनको संरचना र भित्रि आवरण (इन्टेरियर)को काम जारी छ ।
पुनर्निर्माणको काम तीन चरणमा चलिरहेको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सूचना अधिकारी इन्जिनियर अरुण भुजेलले बताए ।
पहिलो चरणमा २७ मध्ये ११ वटा र दोस्रो चरणमा बाँकी १६ वटा भवनको पुनर्निर्माण गर्नेगरी गत वर्ष नै ठेक्का सम्झौता भएको थियो ।

११ वटा भवन कामका लागि आठ करोड ६० लाख र बाँकी १६ वटाका भवनको पुननिर्माणका लागि १५ करोड ४९ लाखमा सम्झौता भएको थियो । यसबाहेक भवनको भित्री सजावट, फर्निसिङलगायत कामका लागि करिब १५ करोड रुपैयाँमा सम्झौता भएको थियो ।

पहिलो चरणको काम साउन मसान्तसम्म, दोस्रो चरणको काम भदौ २० सम्म र तेस्रो चरणको काम असोज मसान्तसम्म सक्नुपर्ने सम्झौता रहेको इन्जिनियर भुजेलले बताए ।

तीनवटै चरणको काम समयमै सकिएमा मन्त्रीहरूले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउनेछन् ।

वर्तमान सरकारका कतिपय मन्त्री निजी निवासमा बसेका छन् भने कतिपयले आफैं वैकल्पिक व्यवस्था गरेका छन् ।

पुल्चोकस्थित पुरानो मन्त्री आवास साँघुरो भएपछि सरकारले २०७६ सालमा भैँसेपाटीमा नयाँ मन्त्री आवास निर्माण थालेको थियो । करिब तीन अर्ब लगानीमा निर्मित भवनमा २०८२ असारदेखि मन्त्रीहरू सर्न थालेका थिए । तर, प्रयोगमा आएको एक वर्षमै आन्दोलनमा सबै भवनमा आगजनीले क्षति पुगेको थियो ।

छुटाउनुभयो कि ?

‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन

‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन

बुटवलरुपन्देहीमा उत्पादन भएको ‘साई कृपा गोल्ड चिया’ उपभोग गर्न अयोग्य (दूषित) खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट...
निरन्तर वर्षा: लुम्बिनी प्रदेशका सडकको के कस्तो छ अवस्था?

निरन्तर वर्षा: लुम्बिनी प्रदेशका सडकको के कस्तो छ अवस्था?

बुटवलअविरल वर्षाका कारण पहिरो खस्ने, सडक भासिने र बाढी आउने क्रम बढेपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सडक यातायात प्रभाव...
मौसम पूर्वानुमान: भोलि रातिदेखि क्रमश: सुधार हुँदै पर्सिदेखि देशभर सफा हुने

मौसम पूर्वानुमान: भोलि रातिदेखि क्रमश: सुधार हुँदै पर्सिदेखि देशभर सफा हुने

काठमाडौँबंगालको खाडीबाट विकसित न्यूनचापीय प्रणाली कमजोर बन्दै गएको छ । पछिल्लो एक घण्टामा नेपालका धेरै भागमा वर्षा हटिसकेको छ...
काँग्रेस रुपन्देहीको क्षेत्रीय निर्वाचनको मिति फेरबदल

काँग्रेस रुपन्देहीको क्षेत्रीय निर्वाचनको मिति फेरबदल

बुटवलनेपाली काँग्रेसको १५ औं महाधिवेशनअन्तर्गत रुपन्देहीमा तय गरिएको निर्वाचन कार्यक्रम फेरबदल गरिएको छ । जिल्ला निर्वाचन समि...