रिडीबजारका मजदुरकाे पीडा कहिले आउला सँगि हाे हामी दुखिका सुखका दिन
कृष्णअन्जान रिडीबजार
कहिले आउला सँगिहाे हामी दुखिका सुखका दिन , गिट्टी कुट्ने जिन्दगी छैन बरै शुख एकैछिन । रुरुक्षेत्र गाउँपालिका वडा न १ रिडीबजारकी लक्ष्मी कुमाल बिहानै हतौडा बाेकेर कालिगण्डकी नदिकाे किनार मा पुग्छिन । गिट्टी कुट्दा हत्केला भरि फाेरा परेका छन ,कतिकतिबेला हतौडाले हातमा ,ओैँलामा थिच्छ ,दुखाईले अरल्लिन्छिन तर पनि आफू ,आफ्ना लालाबालाकाे पेट भर्न गिट्टी कुट्नु उनकाे वाध्यता हाे । यदि उनले गिट्टी नकुटे लालाबाला भाेकै हुन्छन ,उनी एउटी जिम्मेवार आमा हुन आफै भाेकै रहेर पनि लालाबालाकाे शिक्षा दीक्षा लालन पालनका लागि गिट्टी कुट्नु उनकाे विवसता हाे । त्यसाे त लक्ष्मी कुमाल जस्ता धेरै दिदीबहिनी हरु दिनभरि टन्टलापुर घाम हाेस या मुसलधारे पानी गिट्टीमै आफ्नो जिन्दगी खाेजेकाे भेटिन्छन । रिडीबजारकै पचहत्तर वर्षे बृद्ध लाेक बहादुर मगरपनि याे बुढेसकालमा उनकाे साथि हतौडाे र कालिगण्ड...








