आप्रवासी बोकेको अमेरिकी जहाज कोलम्बियाले अवतरण गर्न नदिएपछि दुई देशबीच तनाव


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाबाट आयात हुने वस्तुमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्।

अमेरिकामा अवैध रूपमा रहेका कोलम्बियाका आप्रवासीहरूलाई फिर्ता लिन त्यहाँका राष्ट्रपति गुस्ताभो पेट्रोले अस्वीकार गरेपछि ट्रम्पले कोलम्बियाबाट आयात हुने वस्तुमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका हुन्।ट्रम्पले एक सातभित्र करको दर अझै बढाएर ५० प्रतिशत पुर्‍याउने घोषणा पनि गरेका छन्।

अमेरिकामा अवैध रूपमा बसिरहेका कोलम्बियन आप्रवासीहरूलाई लिएर गएको सैन्य विमानलाई कोलम्बियामा अवतरण गर्न रोक लगाएपछि ट्रम्पले त्यसको जबाफमा कोलम्बियाबाट आयात हुने वस्तु तथा सामग्रीमा ५० प्रतिशतसम्म कर लगाउने घोषणा गरेका हुन्।जबाफमा कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले पनि अमेरिकाबाट आयात हुने सामग्रीमा २५ प्रतिशत कर लगाउन त्यहाँको वाणिज्य मन्त्रालयलाई निर्देशन दिएका छन्।

गुस्ताभोले  एक्समार्फत त्यसको जानकारी ट्रम्पलाई दिँदै अमेरिकी वस्तुहरूको आयातमा पनि ५० प्रतिशत लगाउने धम्की दिएको समाचार संस्था रोयटर्सले जनाएको छ।’कोलम्बियाले पनि आयातमा त्यही नीति लिएको छ, जुन तपाईले लिनुभएको छ,’ ट्रम्पलाई सम्बोधन गर्दै कोलम्बियाका राष्ट्रपति गुस्ताभोले एक्समा लेखेका छन्।

जबाफमा ट्रम्पले कोलम्बिया विरुद्ध बैंकिङ र वित्तीय प्रतिबन्धहरू लगाउने तथा कोलम्बियाका सरकारी अधिकारीको भिसा रद्द गर्ने र आफ्ना नागरिकहरूलाई कोलम्बियामा यात्रा प्रतिबन्ध लागू गर्ने भनेका छन्।कोलम्बियाका राष्ट्रपति गुस्ताभोले ट्रम्पको उक्त निर्णयको जबाफमा ट्रम्पलाई कोलम्बियाको स्वतन्त्रता मन नपरेको भनेका छन्।

‘तपाईंलाई हाम्रो स्वतन्त्रता मन परेको छैन। ठीक छ हामी पनि गोरा दासहरूसँग हात मिलाउने छैनौं,’ गुस्ताभोले लेखेका छन्।राष्ट्रपति ट्रम्पले शपथ ग्रहणलगत्तै अमेरिकामा रहेका अवैध आप्रवासीहरूलाई उनीहरु जहाँबाट आएका हुन् त्यहाँ फिर्ता गर्ने काम तीव्र गतिमा हुने भनेका थिए।

सोही अनुसार आइतबार कोलम्बियाका आप्रवासी लिएर अमेरिकी सेनाको विमान कोलम्बिया पुगेका थिए।कोलम्बियाका राष्ट्रपति गुस्ताभोले आप्रवासीहरूलाई सैनिक विमानमा अपराधीसरह ल्याइएको भन्दै अवतरण गर्न रोक लगाएका थिए।

उनले नागरिक विमानमा ल्याए आप्रवासी फिर्ता लिन कोलम्बिया तयार रहेको बताउँदै आप्रवासीहरूलाई सम्मानका साथ फिर्ता ल्याउनुपर्ने बताएका थिए।अमेरिकाको सहयोगी राष्ट्र रहेको कोलम्बिया उसको तेस्रो ठूलो व्यापारिक साझेदार पनि हो।

कोलम्बियामाथि त्यस प्रकृतिको नीतिले ट्रम्प आप्रवासी फिर्ता गर्ने निर्णयमा कतिसम्म गम्भीर छन् कुन हदसम्म जान सक्छन् भन्ने देखाएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...