आप्रवासी बोकेको अमेरिकी जहाज कोलम्बियाले अवतरण गर्न नदिएपछि दुई देशबीच तनाव


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाबाट आयात हुने वस्तुमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्।

अमेरिकामा अवैध रूपमा रहेका कोलम्बियाका आप्रवासीहरूलाई फिर्ता लिन त्यहाँका राष्ट्रपति गुस्ताभो पेट्रोले अस्वीकार गरेपछि ट्रम्पले कोलम्बियाबाट आयात हुने वस्तुमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका हुन्।ट्रम्पले एक सातभित्र करको दर अझै बढाएर ५० प्रतिशत पुर्‍याउने घोषणा पनि गरेका छन्।

अमेरिकामा अवैध रूपमा बसिरहेका कोलम्बियन आप्रवासीहरूलाई लिएर गएको सैन्य विमानलाई कोलम्बियामा अवतरण गर्न रोक लगाएपछि ट्रम्पले त्यसको जबाफमा कोलम्बियाबाट आयात हुने वस्तु तथा सामग्रीमा ५० प्रतिशतसम्म कर लगाउने घोषणा गरेका हुन्।जबाफमा कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले पनि अमेरिकाबाट आयात हुने सामग्रीमा २५ प्रतिशत कर लगाउन त्यहाँको वाणिज्य मन्त्रालयलाई निर्देशन दिएका छन्।

गुस्ताभोले  एक्समार्फत त्यसको जानकारी ट्रम्पलाई दिँदै अमेरिकी वस्तुहरूको आयातमा पनि ५० प्रतिशत लगाउने धम्की दिएको समाचार संस्था रोयटर्सले जनाएको छ।’कोलम्बियाले पनि आयातमा त्यही नीति लिएको छ, जुन तपाईले लिनुभएको छ,’ ट्रम्पलाई सम्बोधन गर्दै कोलम्बियाका राष्ट्रपति गुस्ताभोले एक्समा लेखेका छन्।

जबाफमा ट्रम्पले कोलम्बिया विरुद्ध बैंकिङ र वित्तीय प्रतिबन्धहरू लगाउने तथा कोलम्बियाका सरकारी अधिकारीको भिसा रद्द गर्ने र आफ्ना नागरिकहरूलाई कोलम्बियामा यात्रा प्रतिबन्ध लागू गर्ने भनेका छन्।कोलम्बियाका राष्ट्रपति गुस्ताभोले ट्रम्पको उक्त निर्णयको जबाफमा ट्रम्पलाई कोलम्बियाको स्वतन्त्रता मन नपरेको भनेका छन्।

‘तपाईंलाई हाम्रो स्वतन्त्रता मन परेको छैन। ठीक छ हामी पनि गोरा दासहरूसँग हात मिलाउने छैनौं,’ गुस्ताभोले लेखेका छन्।राष्ट्रपति ट्रम्पले शपथ ग्रहणलगत्तै अमेरिकामा रहेका अवैध आप्रवासीहरूलाई उनीहरु जहाँबाट आएका हुन् त्यहाँ फिर्ता गर्ने काम तीव्र गतिमा हुने भनेका थिए।

सोही अनुसार आइतबार कोलम्बियाका आप्रवासी लिएर अमेरिकी सेनाको विमान कोलम्बिया पुगेका थिए।कोलम्बियाका राष्ट्रपति गुस्ताभोले आप्रवासीहरूलाई सैनिक विमानमा अपराधीसरह ल्याइएको भन्दै अवतरण गर्न रोक लगाएका थिए।

उनले नागरिक विमानमा ल्याए आप्रवासी फिर्ता लिन कोलम्बिया तयार रहेको बताउँदै आप्रवासीहरूलाई सम्मानका साथ फिर्ता ल्याउनुपर्ने बताएका थिए।अमेरिकाको सहयोगी राष्ट्र रहेको कोलम्बिया उसको तेस्रो ठूलो व्यापारिक साझेदार पनि हो।

कोलम्बियामाथि त्यस प्रकृतिको नीतिले ट्रम्प आप्रवासी फिर्ता गर्ने निर्णयमा कतिसम्म गम्भीर छन् कुन हदसम्म जान सक्छन् भन्ने देखाएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...