डोल्पामा आइतबार बिहान भूकक्पको धक्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूगर्भविद् लोकविजय अधिकारीका अनुसार डोल्पाको काञ्जिरोवा आसपास केन्द्रविन्दु गरी बिहान ३ः०६ मिनेटमा ४.० म्याग्निच्युडको भूकम्प गएको हो।
पछिल्लो समय देशका विभिन्न भूभागमा साना–ठूला कम्पन महसुस गरिएको छ।
...
१४ बैशाख २०८२, आईतवार१४ बैशाख २०८२, आईतवार१४ बैशाख २०८२, आईतवार by संचार पत्रNo Comments
प्रत्येक वर्ष वैशाख कृष्णपक्ष औँसीका दिन आमाप्रति भक्तिभाव र सम्मान प्रकट गरी देशैभरि आज आमाको मुख हेर्ने दिन मनाइन्छ।
यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ।
आमा नभएकाहरु भने आमाको श्राद्ध गरी उनको स्मरण गर्दछन्। यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ।
धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ।
आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ। पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ।
...
१३ बैशाख २०८२, शनिबार१३ बैशाख २०८२, शनिबार१३ बैशाख २०८२, शनिबार by संचार पत्रNo Comments
भैरहवा
विगतका बर्षमा झै यस बर्ष पनि लुम्बिनीमा बौद्ध अन्तराष्ट्रिय ट्राभल्स मार्ट (बिआईटिएम) हुने भएको छ । आगामि जेष्ठ ९ , १० र ११ गते दिन काठमान्डौँ र लुम्बिनीमा आयोजना हुने मार्ट कसरी सन्चालन गर्ने भन्ने विषयमा नेपाल एशोयिसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट ( नाट्टा ) केन्द्रले लुम्बिनीमा सरोकारवालासँग छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार भैरहवामा नाट्टा लुम्बिनी प्रदेश र बुद्धिस्ट अन्तराष्ट्रिय ट्राभल्स मार्ट लुम्बिनी प्रदेशका पदाधिकारीबीच भएको छलफलमा नाट्टा केन्द्रिय अध्यक्ष कुमारमणि थपलियाले विगतका बर्ष भन्दा यस बर्ष अझ व्यवस्थीत गर्नेगरी सरोकारवालासँग छलफल गरिरहेको बताए । अध्यक्ष थपलियाले भने, ‘विगतका बर्षमा लुम्बिनीमा मात्रै हुने बुद्धिस्ट अन्तराष्ट्रिय ट्राभल्स मार्ट यस बर्ष काठमान्डौमा र लुम्बिनमिा गर्न थालिएको हो । सबैको अपनत्व हुनेगरी कार्यक्रम सम्पन्न गर्न हामीले ...
१३ बैशाख २०८२, शनिबार१३ बैशाख २०८२, शनिबार१३ बैशाख २०८२, शनिबार by संचार पत्रNo Comments
उद्धव देवकोटा, बुटबल
तेस्रो लेखक दिवसको अवसरमा नेपाली लेखक संघ,रुपन्देहीको आयोजनामा लघुकथा र यसका आयामहरु विषयक एक दिने प्रशिक्षणमूलक कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ स्थित श्री गीर्वाण मा.वि.को सभाहलमा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्य वरिष्ठ आख्यानकार वनमाली निराकार र केन्द्रिय सचिव निर्मल ढुंगानाले गर्नुभएको थियो। संस्थाका उपाध्यक्ष सरस्वती बश्यालको स्वागत मन्तव्यबाट शुरुभएको
कार्यक्रममा लेखक संघका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष लीलाधर पाण्डेयले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै वर्तमानमा व्यस्त दैनिकीको माझमा एक बसाईमा पढेर सकिने र पाठक वा श्रोतामाझ तीब्र प्रभाव छाड्ने लघुकथा निकै लोकप्रिय हुँदै गैरहेकोले प्रशस्त अध्ययन र अभ्यास गरेमात्रै अब्बल कथा जन्मिने बताउनुभयो।
प्रमुख अतिथीद्वयले आ-आफ्ना कथा वाचन गरेर समुद्घाटन गर...
१३ बैशाख २०८२, शनिबार१३ बैशाख २०८२, शनिबार१३ बैशाख २०८२, शनिबार by संचार पत्रNo Comments
लुम्बिनी
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा बढ्दै गएको युद्धको जोखिमलाई बुद्धदर्शनले मात्रै रोक्न सक्ने बताएका छन्।
उनले विश्वमा जल, थल र आकाशबाट समेत आक्रमण गर्न सक्ने खतरनाक हतियार निर्माण भइरहेको बताउँदै त्यसलाई रोक्न बुद्धको शान्ति, करुणा र मानवताको उपदेशले मात्रै सम्भव हुने बताए। चाइनिज कल्चर प्रमोसन सोसाइटीको सहयोगमा लुम्बिनी बिकास कोष र सारिपुत्त फाउन्डेसन लुम्बिनीले शनिबार आयोजना गरेको चौथो एसिया बौद्ध सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
उनले विश्वमा शान्तिका लागि सैन्य शक्ति परिचालनका लागि निर्माण भएका हतियार चुनौती बनेको बताए। ‘खतरनाक हतियार निर्माण भइरहेको छ। विश्वशान्तिका लागि चुनौती हो’, प्रधानमन्त्री ओलीले भने, ‘म भन्न चाहन्छु, हतियार र युद्धले शान्ति स्थापना गर्न सक्दैन।’
प्रधानमन्त्री ओलीले विश्वभर शान्तिका ...
१३ बैशाख २०८२, शनिबार१३ बैशाख २०८२, शनिबार१३ बैशाख २०८२, शनिबार by संचार पत्रNo Comments
बुटवल
प्रधानमन्त्री केपी शर्मा ओली शनिवार लुम्बिनी आउँदै छन्। लुम्बिनीमा हुन लागेको अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सव र सेमिनार उद्घाटनका लागि प्रधानमन्त्री ओली लुम्बिनी आउन लागेका हुन् लुम्बिनीमा नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो एशियाली बौद्ध सांस्कृतिक महोत्सव आयोजना गरिएको हो।
त्यसैको उद्घाटनको लागि प्रधानमन्त्री ओली विहान ८ बजे नेपाली सेनाको हेलिकोप्टर मार्फत लुम्बिनी आउने र ११ बजे काठमाण्डौं फिर्ता हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि पहिलो, दोस्रो र तेस्रो सांस्कृतिक महोत्सव कम्बोडिया, श्रीलंका र थाइल्याण्डमा सम्पन्न भइसकेका छन् भने चौथो महोत्सव लुम्बिनीमा आयोजना गरिएको हो।
नेपाल र चीनबीचको कला संस्कृति प्रवद्र्धन गर्नेे उद्देश्यसहित फेस्टिबल हुन लागेको हो। चीनको वल्र्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्रा...
१३ बैशाख २०८२, शनिबार१३ बैशाख २०८२, शनिबार१३ बैशाख २०८२, शनिबार by संचार पत्रNo Comments
काठमाडौँ
तीन साताभन्दा बढी समयदेखि शिक्षक आन्दोलन चलिरहेकै बेला देशभरका चिकित्सक पनि अत्यावश्यकबाहेकका सेवा बहिष्कार गर्दै सडक प्रदर्शनमा उत्रिएका छन् । आवासीय चिकित्सकलाई सरकारी आठौं तहसरह मासिक निर्वाह भत्ता उपलब्ध गराउन माग राख्दै उनीहरूले शुक्रबार देशभरका सरकारी अस्पतालमा सेवा बहिष्कार गरेका हुन् ।
नेपाल चिकित्सक संघले बिहीबार साँझ विज्ञप्ति जारी गरेर सरकारी अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेडिकल कलेजमा आकस्मिकबाहेकका सेवा बन्द गर्न अपिल गरेको थियो । अधिकांश सरकारी अस्पताल, मेडिकल कलेज र केही निजी अस्पतालमा समेत शुक्रबार सेवा अवरुद्ध भएको संघले जनाएको छ । काठमाडौं उपत्यकाका वीर, टिचिङ, कान्तिलगायत ठूला अस्पतालमा ओपीडी सेवा सञ्चालन हुन सकेन । काठमाडौंका चिकित्सक सेवा रोकेर माइतीघरको धर्नामा सहभागी भएका थिए ।
ओपीडीमा आएका बिरामी उपचार नपाएर फर्कन बाध्य भएको विभिन्...
१२ बैशाख २०८२, शुक्रबार१२ बैशाख २०८२, शुक्रबार१२ बैशाख २०८२, शुक्रबार by संचार पत्रNo Comments
काठमाण्डौ काठमाण्डौ केन्द्रित आन्दोलनरत शिक्षकहरुले सरकारले बोलाएका्े बार्तामा बस्न अस्वीकार गरेका छन्।
सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकहरूका माग सम्बोधन गर्न आदेश दिएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलनरत नेपाल शिक्षक महासंघलाई वार्तामा आउन आह्वान गरेको थियो।
मन्त्रीले बार्तामा आउन आब्हान गरेपछि एकथरी शिक्षकहरु मन्त्रालय पुगी सकेपछि प्रवेश पासको बिषयलाई बखेडा बनाएर अर्कोथरी शिक्षकहरु मन्त्रालय नै गएनन्।
शिक्षा मन्त्री पन्तले शुक्रबार दिउँसो विज्ञप्ति निकालेर वार्ताका लागि आह्वान गरेपछि सकारात्मक छौं भनेका शिक्षकहरुले मन्त्रालयले बार्ता टोलीको नाम सार्वजनिक गरेको भन्दै मन्त्रालय जान अस्वीकार गरेको मन्त्रालय श्रोतले बताएको छ।
वार्ताका लागि शिक्षक महासंघका केही नेताहरू शिक्षा मन्त्रालय आउदै गर्दा सिंहदरवार प्रहरीले प्रवेश पास मागेप...
१२ बैशाख २०८२, शुक्रबार१२ बैशाख २०८२, शुक्रबार१२ बैशाख २०८२, शुक्रबार by संचार पत्रNo Comments
काठमाडौं
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास र पूर्वधार परियोजनामा दीर्घकालीन लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त परिचालन आवश्यक रहेको बताएका छन ।
प्रतिनिधिसभाको आजको बैठकमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधयेकको सैद्धान्तिक अवधारणा पेश गर्दै अर्थमन्त्री पौडेलले वर्तमान वित्तीय स्रोत स्रोतको अभाव पूर्ति गर्दै राष्ट्रिय प्राथमिकताका परियोजनाहरुमा स्रोत जुटाउन आवश्यक रहेको र यसलाई कानूनी आधार दिन विधेयक ल्याएको जानकारी दिएका हुन् ।
उनले पूर्वधार क्षेत्र तथा परियोजनाको पहिचान, प्राथमिकीकरण, पूर्वाधारमा लगानीका लागि आवश्यक पर्ने आन्तरिक स्रोत, वैदेशिक लगानी, विभिन्न वित्तीय उपकरणहरुको यथोचित प्रयोग, संस्थागत संरचना, अनुमगन तथा मूल्यांकन सम्बन्धी विषयहरुलाई समेट्ने गरी विधेयक आएको बताए । अर्थमन्त्री पौडेलले वैकल्पिक विक...
१२ बैशाख २०८२, शुक्रबार१२ बैशाख २०८२, शुक्रबार१२ बैशाख २०८२, शुक्रबार by संचार पत्रNo Comments
रुपन्देही
नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा विहिबार बुटवलमा मिडिया मन्थन सम्पन्न भएको छ । विभिन्न विषयमा गरिएको समुहगत बहस कार्यक्रममा सहभागीहरुले पत्रकारिता पेशालाई थप निष्पक्ष, व्यवसायीक र जनमुखी बनाउँदै लैजानु पर्नेमा जोड दिएका छन् ।
सूचना प्रविधिको बिकाससँगै पत्रकारहरुको क्षमता बिकास तथा प्रविधिमैत्री ज्ञान र सीपलाई समेत जोडर पत्रकारिता पेशालाई व्यवसायीक बनाउनु पर्नेमा सहभागीहरुले जोड दिएका छन् । विश्वव्यापी कोरोना महामारीपछि सञ्चारगृह तथा त्यसमा कार्यरत पत्रकारहरुले ठूलो आर्थिक चुनौतीको सामना गर्न परिरहेको बताउँदै यसको समाधानका लागि फरक सोच र योजनाकासाथ अघि बढ्नुपर्नेमा जोड दिइएको छ । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारहरुले आर्थिक चुनौतीसँगै पेशागत सुरक्षाका लागि संघर्ष गरिरहनु पर्ने बाध्यता रहेको उल्लेख गरिन् ।
श्...