प्रधानमन्त्री ओली शनिवार लुम्बिनी आउँदै


बुटवल

प्रधानमन्त्री केपी शर्मा ओली शनिवार लुम्बिनी आउँदै छन्। लुम्बिनीमा हुन लागेको अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सव र सेमिनार उद्घाटनका लागि प्रधानमन्त्री ओली लुम्बिनी आउन लागेका हुन् लुम्बिनीमा नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो एशियाली बौद्ध सांस्कृतिक महोत्सव आयोजना गरिएको हो।

त्यसैको उद्घाटनको लागि प्रधानमन्त्री ओली विहान ८ बजे नेपाली सेनाको हेलिकोप्टर मार्फत लुम्बिनी आउने र ११ बजे काठमाण्डौं फिर्ता हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि पहिलो, दोस्रो र तेस्रो सांस्कृतिक महोत्सव कम्बोडिया, श्रीलंका र थाइल्याण्डमा सम्पन्न भइसकेका छन् भने चौथो महोत्सव लुम्बिनीमा आयोजना गरिएको हो।

नेपाल र चीनबीचको कला संस्कृति प्रवद्र्धन गर्नेे उद्देश्यसहित फेस्टिबल हुन लागेको हो। चीनको वल्र्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेइनिङ एकेडेमीले फेस्टिबलको लागि सहकार्य गरेका छन्। त्यस्तै संस्कृति तथा पर्यटन मन्त्रालय, लुम्बिनी विकास कोषले पनि सहकार्य गरेका छन्।

फेस्टिबल अन्तर्गतको अन्तर्राष्ट्रिय सेमिनारको आयोजक लुम्बिनी बौद्ध विश्वविद्यालय रहेको छ भने समन्वय सारीपुत्र फाउण्डेसनले गरेको छ। सनिवार विहान ८ बजेदेखि लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा हुने फेस्टिबलमा ४० देशका ५ हजार बढीको सहभागिता रहने बताइएको छ। अन्तर्राष्ट्रिय सेमिनार भने लुम्बिनी बौद्ध विश्वविद्यालयमै हुनेछ।

दुईदिन सम्म चल्ने सेमिनारमा ४० वटा कार्यपत्र प्रस्तुत हुने सेमिनार संयोजक डाक्टर सागर न्यौपानेले जानकारी दिए। बौद्ध संस्कृति, चिनियाँ संस्कृति, कला, परम्परागत बौद्ध चिकित्सा तथा बौद्ध शिक्षामा केन्द्रीत रहेर सेमिनारमा कार्यपत्र प्रस्तुत हुने न्यौपानेको भनाई छ।

कार्यपत्रमध्ये ३२ वटा विदेशी विज्ञहरुका रहने छन् भने ८ वटा नेपाली विज्ञहरुले प्रस्तुत गर्ने छन्। फेस्टिबल अन्तर्गत अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा फोटो प्रदर्शनी, मायादेवी मन्दिर, रामग्राम र तिलौराकोटमा दीप प्रज्ज्वलन लगायतका कार्यक्रम आयोजना गरिने सारिपुत्र फाउण्डेसनले जनाएको छ।

छुटाउनुभयो कि ?

तिलोत्तमाको सुलभ फार्मेसी विवादमा: रोक्ने कि चलाउने ?

तिलोत्तमाको सुलभ फार्मेसी विवादमा: रोक्ने कि चलाउने ?

रुपन्देहीनागरिकलाई सहुलियत दरमा औषधि उपलब्ध गराउने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सञ्चालनमा ल्याएको सुलभ फार्मे...
मुस्ताङमा ५.३ म्याग्निच्युडको भूकम्प: के कति क्षति पुग्यो ?

मुस्ताङमा ५.३ म्याग्निच्युडको भूकम्प: के कति क्षति पुग्यो ?

काठमाडौँमंगलबार राति गएको भूकम्पका कारण मुस्ताङको लोमन्थाङमा केही घर भत्किएका छन् । लोमन्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्वु ग...
आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौंसङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले न...
देशमा फेरि गोली चलाउने कसैले हिम्मत गर्न सक्दैन: गृहमन्त्री

देशमा फेरि गोली चलाउने कसैले हिम्मत गर्न सक्दैन: गृहमन्त्री

काठमाडौँगृहमन्त्री सुधन गुरुङले पार्टी सभापति रवि लामिछानेले आफूमाथि गरेको विश्वासलाई निरन्तर कायम राख्ने बताएका छन् । जेन...