प्रधानमन्त्री ओली शनिवार लुम्बिनी आउँदै


बुटवल

प्रधानमन्त्री केपी शर्मा ओली शनिवार लुम्बिनी आउँदै छन्। लुम्बिनीमा हुन लागेको अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सव र सेमिनार उद्घाटनका लागि प्रधानमन्त्री ओली लुम्बिनी आउन लागेका हुन् लुम्बिनीमा नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो एशियाली बौद्ध सांस्कृतिक महोत्सव आयोजना गरिएको हो।

त्यसैको उद्घाटनको लागि प्रधानमन्त्री ओली विहान ८ बजे नेपाली सेनाको हेलिकोप्टर मार्फत लुम्बिनी आउने र ११ बजे काठमाण्डौं फिर्ता हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि पहिलो, दोस्रो र तेस्रो सांस्कृतिक महोत्सव कम्बोडिया, श्रीलंका र थाइल्याण्डमा सम्पन्न भइसकेका छन् भने चौथो महोत्सव लुम्बिनीमा आयोजना गरिएको हो।

नेपाल र चीनबीचको कला संस्कृति प्रवद्र्धन गर्नेे उद्देश्यसहित फेस्टिबल हुन लागेको हो। चीनको वल्र्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेइनिङ एकेडेमीले फेस्टिबलको लागि सहकार्य गरेका छन्। त्यस्तै संस्कृति तथा पर्यटन मन्त्रालय, लुम्बिनी विकास कोषले पनि सहकार्य गरेका छन्।

फेस्टिबल अन्तर्गतको अन्तर्राष्ट्रिय सेमिनारको आयोजक लुम्बिनी बौद्ध विश्वविद्यालय रहेको छ भने समन्वय सारीपुत्र फाउण्डेसनले गरेको छ। सनिवार विहान ८ बजेदेखि लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा हुने फेस्टिबलमा ४० देशका ५ हजार बढीको सहभागिता रहने बताइएको छ। अन्तर्राष्ट्रिय सेमिनार भने लुम्बिनी बौद्ध विश्वविद्यालयमै हुनेछ।

दुईदिन सम्म चल्ने सेमिनारमा ४० वटा कार्यपत्र प्रस्तुत हुने सेमिनार संयोजक डाक्टर सागर न्यौपानेले जानकारी दिए। बौद्ध संस्कृति, चिनियाँ संस्कृति, कला, परम्परागत बौद्ध चिकित्सा तथा बौद्ध शिक्षामा केन्द्रीत रहेर सेमिनारमा कार्यपत्र प्रस्तुत हुने न्यौपानेको भनाई छ।

कार्यपत्रमध्ये ३२ वटा विदेशी विज्ञहरुका रहने छन् भने ८ वटा नेपाली विज्ञहरुले प्रस्तुत गर्ने छन्। फेस्टिबल अन्तर्गत अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा फोटो प्रदर्शनी, मायादेवी मन्दिर, रामग्राम र तिलौराकोटमा दीप प्रज्ज्वलन लगायतका कार्यक्रम आयोजना गरिने सारिपुत्र फाउण्डेसनले जनाएको छ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायममा ७९ अर्बको क्षति : आयोग

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायममा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार,व्यवसाय,प्रतिष्ठानतर्फ रु ७९ अर्ब १७ करोड बराबरको क्षति भएको छ । राष्ट्र...
एनपीएल : विराटनगरमाथि चितवनको जित

एनपीएल : विराटनगरमाथि चितवनको जित

बुटवलडविड मलानको उत्कृष्ट ब्याटिङ र कमल ऐरिको कसिलो बलिङमा चितवन राइनोजले नेपाल प्रिमियर लिग ९एनपीएल०मा विजयी सुरुवात गरेको छ...
साउदी अरबमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

साउदी अरबमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

काठमाडौंसाउदी अरबमा बसोबास तथा रोजगारी गरिरहेका नेपाली नागरिकलाई रियादस्थित नेपाली दूतावासले उच्च सतर्कता अपनाउन आग्रह गरेको ...
पुनःस्थापना अनिश्चित भएपछी जोखिमपूर्ण घरमै फर्किंदै बाढीपीडित

पुनःस्थापना अनिश्चित भएपछी जोखिमपूर्ण घरमै फर्किंदै बाढीपीडित

काठमाडौँविदुर नगरपालिका–५, देवीघाटका रामकुमार भण्डारी बाढीले घरमा थुपारेको हिलो पन्छाएर सात सदस्यीय परिवारसहित पुरानै ठाउँमा ...