विश्वमा बढ्दै गएको युद्धको जोखिम बुद्धदर्शनले रोक्न सक्छ : प्रधानमन्त्री ओली


लुम्बिनी

 प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा बढ्दै गएको युद्धको जोखिमलाई बुद्धदर्शनले मात्रै रोक्न सक्ने बताएका छन्।

उनले विश्वमा जल, थल र आकाशबाट समेत आक्रमण गर्न सक्ने खतरनाक हतियार  निर्माण भइरहेको बताउँदै त्यसलाई रोक्न बुद्धको शान्ति, करुणा र मानवताको उपदेशले मात्रै सम्भव हुने बताए। चाइनिज कल्चर प्रमोसन सोसाइटीको सहयोगमा लुम्बिनी बिकास कोष र सारिपुत्त फाउन्डेसन लुम्बिनीले शनिबार आयोजना गरेको चौथो एसिया बौद्ध सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

उनले विश्वमा शान्तिका लागि सैन्य शक्ति परिचालनका लागि निर्माण भएका हतियार चुनौती बनेको बताए। ‘खतरनाक हतियार निर्माण भइरहेको छ। विश्वशान्तिका लागि चुनौती हो’, प्रधानमन्त्री ओलीले भने, ‘म भन्न चाहन्छु, हतियार र युद्धले शान्ति स्थापना गर्न सक्दैन।’

प्रधानमन्त्री ओलीले विश्वभर शान्तिका आकांक्षा पूरा गर्नका लागि बुद्धको शिक्षा सबैभन्दा बढी आवश्यक बनेको बताए। उनले विश्वभर बुद्धका विचार र शिक्षाहरू ग्रहण गर्नेहरू बढिरहेको बताउँदै बुद्धको शिक्षालाई आत्मसात् गर्ने बेला आएको बताए। बुद्धले आफ्नो निजी सुखसयल छाडेर मानव कल्याणका लागि दरबार छाडेको बताउँदै बुद्धको जीवनबाट मानवजातीले धेरै कुरा सिक्नुपर्ने बताए।

बुद्धका शान्तिप्रिय विचार, शान्ति करूणा र मैत्रसय विचारहरूलाई जिवित राख्न ठूलो संघर्ष भएको इतिहास सम्झाउँदै अब बुद्धको विचार अनुसारलाई विश्व शान्ति कायम गर्न सकिने बताए । ‘विगतमा बुद्धका विचार, सिद्वान्तहरू सिध्याउन खोजेका थिए, बुद्धका सालिक तोडिएको पनि थियो’ प्रधानमन्त्री ओलीले भने, ‘जति गरे पनि बुद्धका विचार तिनीहरूले मार्न सकेनन्।’

प्रधानमन्त्री ओलीले चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवमा अफ्रिका, युरोप, पूर्व एसिया, अमेरिका सहित विभिन्न देशबाट आएका पाहुनालाई बुद्ध जन्मस्थलमा स्वागत गरेका थिए।

महोत्सवमा संस्कृति पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्री पाण्डे, भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारी, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमन्त्री कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामासहितको उपस्थिति थियो।

महोत्सवमा भिक्षु ,भिक्षुणी, लामा, उपासक उपासिका एवं बौद्धमार्गीहरुको सहभागिता छ। उद्घाटनसत्रसँगै लुम्बिनी रामग्राम, तिलौराकोटमा दीप प्रज्वलनसहितका कार्यक्रम रहेको सारिपुत्त फाउन्डेसनका भन्ते सुमंङ्लोले बताए। उनले नेपालमा पहिलोपटक लुम्बिनीमा बौद्ध सांस्कृतिक महोत्सव गरिएको बताउँदै बौद्ध संस्कृतिको विकासमा टेवा पुर्‍याउने बताए।

उद्घाटन समारोहका अवसरमा हिमाली क्षेत्रमा प्रख्यात स्याब्रु, योल्मो नृत्य सहित विभिन्न सांस्कृतिक कार्यक्रम समेत देखाइएको थियो।

छुटाउनुभयो कि ?

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...
लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

बुटवललुम्बिनी प्रदेश सरकारले रसुवालगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्...