
काठमाण्डौ काठमाण्डौ केन्द्रित आन्दोलनरत शिक्षकहरुले सरकारले बोलाएका्े बार्तामा बस्न अस्वीकार गरेका छन्।
सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकहरूका माग सम्बोधन गर्न आदेश दिएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलनरत नेपाल शिक्षक महासंघलाई वार्तामा आउन आह्वान गरेको थियो।
मन्त्रीले बार्तामा आउन आब्हान गरेपछि एकथरी शिक्षकहरु मन्त्रालय पुगी सकेपछि प्रवेश पासको बिषयलाई बखेडा बनाएर अर्कोथरी शिक्षकहरु मन्त्रालय नै गएनन्।
शिक्षा मन्त्री पन्तले शुक्रबार दिउँसो विज्ञप्ति निकालेर वार्ताका लागि आह्वान गरेपछि सकारात्मक छौं भनेका शिक्षकहरुले मन्त्रालयले बार्ता टोलीको नाम सार्वजनिक गरेको भन्दै मन्त्रालय जान अस्वीकार गरेको मन्त्रालय श्रोतले बताएको छ।
वार्ताका लागि शिक्षक महासंघका केही नेताहरू शिक्षा मन्त्रालय आउदै गर्दा सिंहदरवार प्रहरीले प्रवेश पास मागेपछि मन्त्रालयले शिक्षकहरुको नाम पठाएको थियो।
मन्त्रालयले शिक्षक महासंघको नेताहरुलाई प्रवेशका लागि नाम पठाएपछि उक्त नाम केही समयमै सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यसैलाई कारण बनाएर शिक्षकहरु बार्तामा बस्न नमानेको मन्त्रालय श्रोतले बताएको छ।
शिक्षा मन्त्री ज्यु महासंघका वार्ताकारहरूलाई कुर्दै मन्त्रालयमै बसि रहनु भएको थियो तर शिक्षक प्रतिनिधी आउनु भएन् मन्त्रालयका एक अधिकृतले भने।
सिंहदरबार छिर्ने पासका लागि सहजीकरण गर्न शिक्षा मन्त्रीले मन्त्रालयका सहसचिव कृष्णप्रसाद काफ्ले लगायतलाई आग्रह पनि गरेका थिए।
तर बार्तामा बस्ने शिक्षकहरुको नाम तय भई सकेपछि शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा मन्त्री पन्तसँग वार्ता गर्न जान लागेको टोली शिक्षक महासंघले तयार नपारेको उल्लेख गर्दै फेसबुकमा स्टाटस पोस्ट गरेका थिए।
उनले फेसबुकमा लेखेका थिए। ‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली नेपाल शिक्षक महासंघले तयार नगरेको ब्यहोरा जानकारी गराउँछौं। वैशाख १२ गते नवनियुक्त मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौं तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं,’
शिक्षा मन्त्रीको सचिवालयले वार्तामा आउन लागेका २५ जनाको नाम सिंहदरबार गेटमा पठाएको थियो। मन्त्रालयबाट नाम आएकाहरूलाई मात्रै सिंहदरबार भित्र छिर्न दिने प्रहरीको भनाइ थियो। वार्ताका लागि गएका शिक्षक महासंघका कतिपय व्यक्तिहरूको नाम मन्त्रालयले पासका लागि पठाएको सूचीमा थिएन।
शिक्षा मन्त्रालयका ति अधिकृतले भने आजै बिहान मन्त्रालय आएका शिक्षकहरु संग छलफल गरेर नाम आएको बताए। मन्त्री ज्युले जुनसुकै बेला पनि शिक्षक महासंघका प्रतिनिधीहरु संग बार्ता गर्न तयार छु भन्नु भएको छ। यदि समस्याको समाधान निकाल्ने हो भने बार्तामा बस्नै पर्छ उनले भने।
गेटमा पठाएको नाममा किचलो झिकेर बार्ता नगर्ने रणनीति अपनाएपछि सामाजिक सञ्जालमा आन्दोलनरत शिक्षकहरुको चर्को आलोचना भएको छ।