अवकाशप्राप्त निजामती कर्मचारी तत्कालै राजदूत बन्न नपाउने
अवकाश प्राप्त निजामती सेवाका कर्मचारी तत्कालै राजदूत लगायतका कूटनीतिक जिम्मेवारीमा काम गर्न पाउने समझदारीबाट प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति पछि हटेको छ।
समितिमा दफाबार छलफलको चरणमा रहेको संघीय निजामती सेवा विधेयकबाट अवकाश प्राप्त संघीय निजामती सेवाका कर्मचारीलाई कूटनीतिक नियुक्तिमा जान 'कुलिङ पिरियड' लागू नहुने गरी समितिले यसअघि समझदारी जुटाएको थियो।
नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू नेतृत्वको उपसमितिले संघीय निजामती सेवाबाट अवकाश प्राप्त कर्मचारीलाई कूटनीतिक नियुक्ति र न्याय सेवाबाट अवकाश पाएका कर्मचारीलाई न्यायाधीश बन्न 'कुलिङ पिरियड' नलाग्ने व्यवस्था गरेको थियो।
तर राज्य व्यवस्था समितिले पारित गर्नका लागि समितिमा पेस गरेको मस्यौदा प्रतिवेदनबाट यो व्यवस्था झिकिएको छ। तर समितिले एक वर्षको 'कुलिङ पिरियड' भने र...








