युद्धविरामपछि पनि पाकिस्तानले विस्फोट गरेको भारतको आरोप


काठमाडौं

भारत र पाकिस्तानबीच शनिबार साँझ ५ बजेबाट युद्धविराम लागू भएपछि पनि पाकिस्तानले विस्फोट गरिरहेको भारतीय पक्षले आरोप लगाएको छ ।

जम्मु–कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले श्रीनगरमा अझै विस्फोटको आवाजÞ आइरहेको भन्दै सामाजिक सञ्जाल एक्समा भिडियो पोस्ट गरेका छन् ।

मुख्यमन्त्री अब्दुल्लाहले लेखेका छन्, ‘यो कस्तो युद्धविराम हो ? श्रीनगरमा अझै विस्फोटको आवाज सुनिँदैछ ।’

भारतीय सञ्चार माध्यमहरूले युद्धविरामपछि पनि पाकिस्तानतर्फबाट जम्मु–कश्मीरका अखनूर, पुंछ, नौशेरा, श्रीनगर, आरएसपुरा, सांबा र उधमपुरमा गोलीबारी भइरहेकै बताएका छन् ।

यसैबीच, पाकिस्तानका परराष्ट्रमन्त्री इशाक डारले चिनियाँ समकक्षी वाङ यीसँग टेलिफोन वार्ता गरेको पाकिस्तानको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले एक्समा दिएको वक्तव्यमा भनिएको छ, ‘परराष्ट्रमन्त्री वाङ यीले चुनौतीपूर्ण परिस्थितिमा पाकिस्तानले देखाएको संयमता र जिम्मेवार व्यवहारको प्रशंसा गर्नुभएको छ ।’

मन्त्रालयका अनुसार चीनका वरिष्ठ कूटनीतिज्ञ वाङले बेइजिङले पाकिस्तानको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वतन्त्रताको संरक्षणमा दृढ रूपमा साथ दिने विश्वास पुनः व्यक्त गरेका छन् ।

यसैबीच, अलजजिराका स्थानीय संवाददाताले श्रीनगरका बासिन्दाहरूले विस्फोटको पुष्टि गरेको उल्लेख गरेका छन् ।

भारत प्रशासित कश्मीरको राजधानी श्रीनगरका थुप्रै बासिन्दाहरूले अल जजीरालाई दिएको जानकारी अनुसार उनीहरूले सहरभरि ठूलो आवाजमा अनेकौँ विस्फोटहरू सुनेका बताएका छन् ।

यसैबीच, सहरका केही भागहरू विद्युत् कटौतीको चपेटामा परेका छन् ।

श्रीनगरबाट अल जजीरासँग कुरा गर्दै पत्रकार उमर मेहराजले विस्फोटको आवाज सुनेको र आकाशमा क्षेपास्त्रहरू देखिएको बताएका छन् ।

‘हामी श्रीनगरमा पुनः तीव्र आवाजमा विस्फोटहरू सुनिरहेका छौं, जुन शनिबार बिहान र दिउँसो पनि सुनेका थियौं। सबै ठाउँमा हवाई साइरन बजिरहेको छ र सहरभरि विद्युत् अवरुद्ध छ,’ उनले भने ।

‘मैले आकाशमा उडिरहेका क्षेपास्त्रहरू देखिरहेको छु। ती मिसाइल हुन् वा हवाई सुरक्षा प्रणालीले ती आक्रमणहरू अवरुद्ध गरिरहेको हो भन्ने प्रस्ट छैन। यस्तै विस्फोटको रिपोर्ट बारामुल्ला र जम्मुबाट पनि आइरहेका छन्,’ उनले भने ।

‘यी तीव्र विस्फोटहरूपछि जमिनमा अवस्था निकै तनावपूर्ण बनेको छ। सबै जना सुरक्षित स्थानतर्फ भागेका छन्,’ उनले भने, यद्यपि मानवीय क्षतिको पुष्टि गर्न नसकिएको उनले बताए  ।

छुटाउनुभयो कि ?

आईसीसी क्रिकेट विश्वकप: बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का

आईसीसी क्रिकेट विश्वकप: बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का

बुटवलबलिङमा शानदार पुनरागमन गर्दै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा ओमानलाई पराजित गर्दै लिग २ मा छैटौं स्...
दसैँ–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्वासी

दसैँ–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्वासी

काठमाडौंकाठमाडौंको थापाथलीको सुकुम्वासी बस्तीबाट विस्थापित हरिमाया जिम्बा गत वैशाख १२ यता होल्डिङ सेन्टरमा छिन् । अस्थायी बास...
बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बुटवलनेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्...
देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

बुटवलहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्व...