युद्धविरामपछि पनि पाकिस्तानले विस्फोट गरेको भारतको आरोप


काठमाडौं

भारत र पाकिस्तानबीच शनिबार साँझ ५ बजेबाट युद्धविराम लागू भएपछि पनि पाकिस्तानले विस्फोट गरिरहेको भारतीय पक्षले आरोप लगाएको छ ।

जम्मु–कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले श्रीनगरमा अझै विस्फोटको आवाजÞ आइरहेको भन्दै सामाजिक सञ्जाल एक्समा भिडियो पोस्ट गरेका छन् ।

मुख्यमन्त्री अब्दुल्लाहले लेखेका छन्, ‘यो कस्तो युद्धविराम हो ? श्रीनगरमा अझै विस्फोटको आवाज सुनिँदैछ ।’

भारतीय सञ्चार माध्यमहरूले युद्धविरामपछि पनि पाकिस्तानतर्फबाट जम्मु–कश्मीरका अखनूर, पुंछ, नौशेरा, श्रीनगर, आरएसपुरा, सांबा र उधमपुरमा गोलीबारी भइरहेकै बताएका छन् ।

यसैबीच, पाकिस्तानका परराष्ट्रमन्त्री इशाक डारले चिनियाँ समकक्षी वाङ यीसँग टेलिफोन वार्ता गरेको पाकिस्तानको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले एक्समा दिएको वक्तव्यमा भनिएको छ, ‘परराष्ट्रमन्त्री वाङ यीले चुनौतीपूर्ण परिस्थितिमा पाकिस्तानले देखाएको संयमता र जिम्मेवार व्यवहारको प्रशंसा गर्नुभएको छ ।’

मन्त्रालयका अनुसार चीनका वरिष्ठ कूटनीतिज्ञ वाङले बेइजिङले पाकिस्तानको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वतन्त्रताको संरक्षणमा दृढ रूपमा साथ दिने विश्वास पुनः व्यक्त गरेका छन् ।

यसैबीच, अलजजिराका स्थानीय संवाददाताले श्रीनगरका बासिन्दाहरूले विस्फोटको पुष्टि गरेको उल्लेख गरेका छन् ।

भारत प्रशासित कश्मीरको राजधानी श्रीनगरका थुप्रै बासिन्दाहरूले अल जजीरालाई दिएको जानकारी अनुसार उनीहरूले सहरभरि ठूलो आवाजमा अनेकौँ विस्फोटहरू सुनेका बताएका छन् ।

यसैबीच, सहरका केही भागहरू विद्युत् कटौतीको चपेटामा परेका छन् ।

श्रीनगरबाट अल जजीरासँग कुरा गर्दै पत्रकार उमर मेहराजले विस्फोटको आवाज सुनेको र आकाशमा क्षेपास्त्रहरू देखिएको बताएका छन् ।

‘हामी श्रीनगरमा पुनः तीव्र आवाजमा विस्फोटहरू सुनिरहेका छौं, जुन शनिबार बिहान र दिउँसो पनि सुनेका थियौं। सबै ठाउँमा हवाई साइरन बजिरहेको छ र सहरभरि विद्युत् अवरुद्ध छ,’ उनले भने ।

‘मैले आकाशमा उडिरहेका क्षेपास्त्रहरू देखिरहेको छु। ती मिसाइल हुन् वा हवाई सुरक्षा प्रणालीले ती आक्रमणहरू अवरुद्ध गरिरहेको हो भन्ने प्रस्ट छैन। यस्तै विस्फोटको रिपोर्ट बारामुल्ला र जम्मुबाट पनि आइरहेका छन्,’ उनले भने ।

‘यी तीव्र विस्फोटहरूपछि जमिनमा अवस्था निकै तनावपूर्ण बनेको छ। सबै जना सुरक्षित स्थानतर्फ भागेका छन्,’ उनले भने, यद्यपि मानवीय क्षतिको पुष्टि गर्न नसकिएको उनले बताए  ।

छुटाउनुभयो कि ?

तीन दिनमा सक्ने भनिएको रास्वपा महाधिवेशन छैटौं दिन पुग्यो

तीन दिनमा सक्ने भनिएको रास्वपा महाधिवेशन छैटौं दिन पुग्यो

काठमाडौं तीन दिनमा सक्ने भनिएको रास्वपा महाधिवेशन आज छैटौं दिन पनि जारी छ । आज पदाधिकारी निर्वाचित गरेर महाधिवेशन सम्पन्न गर्...
रूपन्देहीका १५ पालिकाले गरे बजेट सार्वजनिक

रूपन्देहीका १५ पालिकाले गरे बजेट सार्वजनिक

बुटवलआर्थिक बर्ष ०८३/८४ का लागि रुपन्देहीका १५ पालिकाले असार १० भित्रैं बजेट सार्वजनिक गरेका छन् । जिल्लाका १६ स्थानीय तहमध्य...
फिफाबाट निलम्बनमा पर्‍यो एन्फा

फिफाबाट निलम्बनमा पर्‍यो एन्फा

काठमाडौंअन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुध...
युक्रेनी ड्रोन आक्रमणपछि मस्कोको तेल प्रशोधन केन्द्र कम्तीमा ६ महिना बन्द हुने

युक्रेनी ड्रोन आक्रमणपछि मस्कोको तेल प्रशोधन केन्द्र कम्तीमा ६ महिना बन्द हुने

काठमाडौंयुक्रेनले लगातार गरेका ड्रोन आक्रमणहरूका कारण मस्कोको दक्षिणमा अवस्थित एउटा ठूलो तेल प्रशोधन केन्द्र कम्तीमा ६ महिनाक...