आजदेखि माओवादीको मध्यपहाडी राजमार्ग यात्रा
काठमाडौं
राजमार्गकेन्द्रित अभियान गरिरहेको माओवादी केन्द्रले शुक्रबारबाट पुष्पलाल मध्यपहाडी राजमार्गकेन्द्रित अभियान सुरू गर्दैछ । त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैतडी पुगिसकेका छन्।
बैतडीको पाटनबाट अभियानको थालनी हुनेछ। अभियानको उद्घाटन अध्यक्ष प्रचण्डले नै गर्नेछन्। विशेष गरेर यो अभियानमा नागरिकसँग संवादमा जोड दिने, स्थानीय समस्याहरू सुन्ने माओवादी केन्द्रले जानकारी दिएको छ। कूल १ हजार ७६७ किलोमिटर यो राजमार्गकेन्द्रित अभियान जेठ महिनाभरमा पूरा गर्ने माओवादी केन्द्रले जनाएको छ।
यसअघि माओवादी केन्द्रले दक्षिणी तराईको हुलाकी राजमार्गकेन्द्रित अभियान गरेको थियो। फागुन १२ गतेदेखि सुरू भएको उक्त अभियान वैशाखसम्म चलेको थियो। अभियानमा मध्यपहाडी लोकमार्गमा पर्ने स्थानहरूमा पार्टीको प्रत्येक प्रदेश समितिले एकएक ठाउँमा जनसभा र...







