बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध


काठमाडौं

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै विस २०८१ चैत महिनामा सञ्चालन गरिएको शिक्षक तथा कर्मचारीको काठमाडौँ केन्द्रित आन्दोलनका कारण सामुदायिक विद्यालयका विद्यार्थी भर्ना एवं पठनपाठनलगायत कार्यमा पर्न गएकाले यस्तो अनुरोध गरेको जनाएको छ।

मन्त्रालयले महासंघको प्रतिबद्धता समेतका आधारमा आवश्यक व्ययस्था मिलाउन सम्पूर्ण सामुदायिक विद्यालयलाई अनुरोध गरेको उल्लेख गरेको छ। ‘पेसागत आन्दोलनका कार्यक्रममा शिक्षक तथा कर्मचारीको सहभागिताका कारण विद्यालयमा अनुपस्थितिलगायतका सवालको व्यवस्थापन गर्दै शिक्षकको मनोबल उच्च राख्दै विद्यालयको प्रशासकीय प्रबन्ध मिलाउन वाञ्छनीय भएकाले यस्तो आग्रह गरिएको हो’, विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, शिक्षक र कर्मचारीहरू हाल विद्यालय फर्केर आफ्नो पेसागत दैनिकी सञ्चालन गरिरहेको सन्दर्भमा सबैको निरन्तर सक्रियता, उत्प्रेरित कार्यसम्पादन तथा विद्यार्थीको सिकाइ उपलब्धिमा विशेष सुधार ल्याउन शिक्षकको अठोटलाई प्रवद्र्धन गर्ने उद्देश्यले विशिष्ट प्रकारको समन्वय, सहकार्य र सहजीकरणको भूमिका निर्बाह गरिदिन सबै स्थानीय तह, विद्यालय तथा सरोकार भएकालाई मन्त्रालयले विशेष अनुरोध समेत गरेको छ ।

छुटाउनुभयो कि ?

आज विश्व जनसङ्ख्या दिवस : प्रजनन दर, शहरीकरण र बसाइँसराइले जनसङ्ख्या वृद्धिमा प्रभाव

आज विश्व जनसङ्ख्या दिवस : प्रजनन दर, शहरीकरण र बसाइँसराइले जनसङ्ख्या वृद्धिमा प्रभाव

काठमाण्डौ – आज विश्व जनसङ्ख्या दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न देशमा विविध कार्यक्रम गरी मनाइँदैछ । रा...
रुरुक्षेत्र गुल्मीका अध्यक्ष संगै प्रमुख प्रशाशकिय अधिकृतले दिए मानहानिकाे निवेदन, के रहेछ विषय?

रुरुक्षेत्र गुल्मीका अध्यक्ष संगै प्रमुख प्रशाशकिय अधिकृतले दिए मानहानिकाे निवेदन, के रहेछ विषय?

गुल्मी गुल्मी जिल्लाको एक पालिका प्राकृतिक रुपले अत्यन्तै रमणीय ठाउँ हो बिगत पालिका स्थपना पस्चात आज ८ बर्ष सम्म कुनै किस...
२९ जिल्लामा बाढीको जोखिम

२९ जिल्लामा बाढीको जोखिम

काठमाण्डौ – आज बारा, रौतहट, काठमाण्डौ, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, नुवाकोट, सल्यान, रुकुम...
गुरु पुर्णिमाको अवसरमा बुटवलमा योग प्रशिक्षकलाई सम्मान

गुरु पुर्णिमाको अवसरमा बुटवलमा योग प्रशिक्षकलाई सम्मान

गुरु पुर्णिमाको अवसर पारेर आज योग प्रशिक्षकहरुलाई सम्मान गरिएको छ । अस...