अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई सकस, ३ खर्ब ३५ अर्ब थुप्रियो


काठमाडौं

वित्तीय प्रणालीमा अधिक तरलता भएसँगै केन्द्रीय बैंकलाई तरलता र ब्याजदर व्यवस्थापन जटिल बन्दै गएको छ । बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधा प्रयोग गर्दा पनि अन्तर बैंक दर नबढेपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणसमेत प्रयोग गर्नु परिरहेको छ ।

यसै साता आइतबार मात्रै ३० अर्बको निक्षेप संकलन गरेको राष्ट्र बैंकले बुधबार पनि ३५ अर्बको निक्षेप संकलन आह्वान गरेको छ । एक सातामा ७५ अर्बको निक्षेप संकलन आह्वान गर्दा पनि अन्तर बैंक दर भने ब्याजदर करिडोरको तल्लो सीमाको दर भन्दा तल छ ।

वित्तीय प्रणालीमा अधिक तरलता भएको अवस्थामा अन्तर बैंक दर घट्छ । पछिल्लो समयमा वित्तीय प्रणालीमा अधिक तरलता छ । बैंक तथा वित्तीय संस्थाले घट्दो ब्याजदरमा पनि कर्जा लगानी बढाउन नसक्दा प्रणालीमा अधिक तरलताको समस्या कायम छ ।

बैंक तथा वित्तीय संस्थाले नयाँ कर्जा प्रवाह भन्दा पनि पुराना कर्जा असुलीमा व्यस्त भएसँगै वित्तीय प्रणालीको निक्षेप केन्द्रीय बैंकमा थुप्रिएको हो । बुधबारसम्ममा वित्तीय प्रणालीको ३ खर्ब ३५ अर्ब रुपैयाँ केन्द्रीय बैंकमा छ। यो पैसा स्थायी निक्षेप सुविधा तथा निक्षेप संकलन उपकरण मार्फत केन्द्रीय बैंकले खिचेको हो । मंगलबार वित्तीय प्रणालीको कुल तरलता ७९ अर्ब छ ।

आर्थिक गतिविधिमा पनि अपेक्षा अनुसारको सुधार आउन नसक्दा कर्जाको माग समेत बढ्न नसक्दा अधिक तरलताको समस्या आएको पुर्व बैंकर शोभनदेव पन्तले बताए । ‘रेमिट्यान्स आप्रवाह बढेकाले वित्तीय प्राणालीमा निक्षेप बढेको छ,’ उनले भने, ‘कर्जाको माग छैन।’ अर्थतन्त्रमा देखिने समान्य परिवर्तनले पनि वित्तीय प्रणालीको तरलता तथा ब्याजदरमा परिवर्तन हुने भएकाले ब्याजदर करिडोर भित्र ब्याजदर राख्न केन्द्रीय बैंकले वित्तीय औजारहरू प्रयोग गर्छ ।

बैंक तथा वित्तीय संस्थाले नयाँ कर्जा प्रवाह भन्दा पनि पुराना कर्जा असुलीमा व्यस्त भएसँगै वित्तीय प्रणालीको निक्षेप केन्द्रीय बैंकमा थुप्रिएको हो ।

केन्द्रीय बैंकका अधिकारीहरूले पनि ब्याजदर करिडोरअन्तर्गत अल्पकालीन ब्याजदर कायम गर्न स्थायी निक्षेप सँगै निक्षेप संकलन उपकरण प्रयोग गरेको बताउँछन् । स्थायी निक्षेप सुविधाबाट अन्तर बैंक दरमा सुधार नआए केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्छ। पछिल्लो समयमा अन्तर बैंक दर ३ प्रतिशत भन्दा तल आएपछि साताको दुई पटकसम्म निक्षेप संकलन गरेको राष्ट्र बैंकका एक अधिकारीको भनाइ छ ।

आइतबार ३० अर्ब निक्षेप माग गरेको केन्द्रीय बैंकलाई बैंक तथा वित्तीय संस्थाले २९ अर्ब १० करोड रुपैयाँ दिएका थिए । राष्ट्रबैंकले मागेभन्दा कम मात्रै राख्न बैंकहरुले चाहेपछि केन्द्रीय बैंकले उच्चतम् ब्याजदर ३ प्रतिशतसम्म तिरेर निक्षेप लिएको थियो ।

आइतबारको निक्षेप संकलनको औसत ब्याजदर भने २.९९९१ कायम भएको थियो । वित्तीय प्रणालीको मंगलबारको तरलतालाई आधार मान्दा बुधबारको निक्षेप संकलन केन्द्रीय बैंकले माग गरे अनुसार बैंकहरुले नदिने सम्भावना छ । त्यसैगरी ब्याजदर पनि ३ प्रतिशतको हाराहारीमा हुने देखिन्छ ।

अन्तर बैंक ब्याजदर र तरलताको सम्बन्ध

केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमा स्थायी निक्षेप सुविधा दर ३ प्रतिशत र माथिल्लो सीमा स्थायी तरलता सुविधा ६.५ प्रतिशत कायम गरेको छ । केन्दीय बैंकले वित्तीय प्रणालीमा अधिक तरलता हुँदा स्थायी निक्षेप मार्फत पैसा खिच्छ । त्यसैगरी न्यून तरलता हुँदा स्थायी तरलता सुविधा मार्फत पैसा बैंक वित्तीय संस्थालाई दिन्छ ।

केन्द्रीय बैंकले तरलता पठाउने र खिच्ने गरेर अन्तर बैंक ब्याजदरलाई अस्वभाविक घटबढ हुन दिँदैन । त्यसैगरी अन्तर बैंक दरलाई अस्वभाविक बढ्न नदिनका लागि केन्द्रीय बैंकले स्थायी तरलता सुविधा दिन्छ ।

छुटाउनुभयो कि ?

उद्यमीहरुलाई व्यवसायीक योजना तयारी तथा ऋण प्रक्रिया सम्बन्धी सहजिकरण कार्यशाला

उद्यमीहरुलाई व्यवसायीक योजना तयारी तथा ऋण प्रक्रिया सम्बन्धी सहजिकरण कार्यशाला

बुटवलरुपन्देही उद्योग संघको सहजिकरणमा घरेलु तथा साना उद्योग कार्यालय, सिद्धार्थनगर रुपन्देहीको आयोजनामा बुटवलमा एक दिने उद्यम...
राहदानी लिन आउन कतारस्थित नेपाली दूतावासको आग्रह

राहदानी लिन आउन कतारस्थित नेपाली दूतावासको आग्रह

काठमाडौंकतार स्थित नेपाली राजदूतावासले राहदानी नवीकरणका लागी आवेदन दिएका सेवाग्राही मध्ये संलग्न सूचीमा नाम समावेश भएका आवेदक...
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई गरिदिन पत्राचार

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई गरिदिन पत्राचार

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गणतन्त्र दिवस समारोहमा पनि सम्बोधन नगर्ने भएका छन् । यही जेठ १५ गते हुने गणतन्त...
साफ महिला च्याम्पियनसिप आजदेखि, नेपालले पहिलो खेल भुटानसँग खेल्दै

साफ महिला च्याम्पियनसिप आजदेखि, नेपालले पहिलो खेल भुटानसँग खेल्दै

काठमाडौँदक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने महिला च्याम्पियनसिप आजदेखि शुरु हुदैछ ।प्रतियोगिताको पहिलो खेलमा ...