नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको छ : परराष्ट्रमन्त्री राणा


काठमाडौं

परराष्ट्र मन्त्री आरजु राणा देउवाले नेपाल हिमाली देश भएको हुनाले, नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको बताएकी छन् । बुधबार काठमाडौंमा आयोजित राष्ट्रिय कार्यशाला दक्षिण एसियाका लागि जलवायु अनुकूलन र लचिलोपन परियोजना कार्यक्रममा उनले नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको भन्दै सगरमाथा संवादले विश्वका नीति निर्माता, पत्रकार र विभिन्न समाजलाई जलवायु परिवर्तको बारेमा छलफल गर्न एकै ठाँउमा ल्याउने बताएकी हुन् ।  

उनले भनिन्, ‘नेपाल हिमाली देश भएको हुनाले, नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको छ । सगरमाथा संवादले विश्वका नीति निर्माता, पत्रकार र विभिन्न समाज सबैलाई जलवायु परिवर्तको बारेमा छलफल गर्न एकै ठाँउमा ल्याउने काम गर्छ । हामीले यो संवादमा विशेष गरेर हिमालहरुलाई प्राथमिकता दिने छौ ।’
यस्तै, उनले नेपाललाई बलियो पूर्वाधारको आवश्यकता भएको भन्दै अन्य देशका साझेदारहरूको साथ प्राकृतिक जलवायु स्थिर गर्न र जीविकोपार्जन सहज गर्ने तर्फ लागेको बताईन् । उनले भनिन्, ‘नेपाललाई बलियो पूर्वाधारको आवश्यकता छ । यसैले हामी अन्य देशका साझेदारहरूको साथ हाम्रो देशको सेवा गर्न चाहन्छौं । प्राकृतिक जलवायु स्थिरीकरणकर्ताको रूपमा, आर्थिक पुलको रूपमा विकास गर्दै, र जीविकोपार्जनमा पनि योगदान पु¥याउन चाहन्छौं ।’

विपद् जोखिम व्यवस्थापनमा धेरै चुनौतीहरुको सामना गर्नुपरेको भन्दै नेपाल विपद् जोखिम न्यूनिकरण, व्यवस्थापन, नीति निर्माण र प्रविधिको विकासको क्षेत्रमा गम्भिर भएर लागि रहेको पनि उनको भनाई छ । साथै, उनले नेपालमा बढ्दो तापक्रम, हिमनदीहरू पग्लने जस्ता कारणले गर्दा गम्भीर जलवायु–प्रेरित प्राकृतिक प्रकोपहरूको सामना गर्नु परेको भन्दै यसले ठूलो मात्रामा विनाश र क्षति र खडेरी निम्त्याएको पनि बताइन् । उनले भनिन्, ‘हालैका वर्षहरूमा, नेपालले बढ्दो तापक्रम, कारखानाहरूको अनियमित तापक्रम र हिमनदीहरू पग्लने जस्ता कारणले गर्दा गम्भीर जलवायु–प्रेरित प्राकृतिक प्रकोपहरूको सामना गर्नु परेको छ । बाढीका हिमनदी तालहरूले ठूलो मात्रामा विनाश र क्षति र खडेरी निम्त्याएको छ । 

पानीको अभाव र वन डढेलोले देशभरका मानिसहरूलाई अप्रत्याशित पीडा ल्याएको छ । दुःखको कुरा, विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनको तीव्र प्रभावहरू तिनीहरूलाई व्यवस्थापन गर्न लागत र स्रोतहरू भन्दा धेरै बढी छन् । त्यसैले आजको जस्तो कार्यशाला धेरै महत्त्वपूर्ण छ ।’

छुटाउनुभयो कि ?

चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...
सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...