प्रदेश सरकारमा बेरुजु बढ्दै: लुम्बिनीको बेरुजु दर घट्यो, रकम बढ्यो


बुटवल

लुम्बिनी प्रदेश सरकारको बेरुजु रकमको दर प्रतिशत आधारमा गतवर्षभन्दा घटेको देखिए पनि रकममा भने वृद्धि नै भएको छ । महालेखाको ६२ औँ प्रतिवेदन अनुसार लुम्बिनीमा आर्थिक वर्ष २०८०/८१ मा बेरुजु रकम ४ अर्ब ५७ करोड ५१ लाख ३७ हजार रहेको छ । जबकी अघिल्लो वर्ष बेरुजु रकम ३ अर्ब ९१ करोड ६९ लाख २१ हजार रहेको छ । यस तथ्याङ्कका आधारमा लुम्बिनी प्रदेशमा बेरुजु रकम ६५ करोड ८२ लाख १६ हजार रुपैयाँले बढेको छ । 

प्रतिशतको आधारमा भने लुम्बिनी प्रदेशको बेरुजु दर घटेको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ मा लुम्बिनीको बेरुजु दर १ दशमलव १३ प्रतिशत रहेको छ । यसअघिको प्रतिवेदनमा यो दर १ दशमलव ६० रहेको थियो । यो तथ्याङ्कलाई तुलना गर्दा लुम्बिनीमा बेरुजु दर ०.३० ४३ प्रतिशतले अटेको देखिन्छ ।

 महालेखाको ६१ औँ प्रतिवेदनमा पनि मधेश प्रदेशको बेरुजु अन्य प्रदेशभन्दा बढी देखिएको थियो । उक्त प्रतिवेदनमा मधेशको बेरुजु दर २ दशमलव ९३ प्रतिशत देखिएको थियो । अघिल्लो वर्षभन्दा बेरुजु दल प्रतिशत आधारमा केही कम देखिए पनि समग्र प्रदेश सरकारहरुको तुलना गर्दा मधेश प्रदेश अगाडि देखिएको हो । 

महालेखाको ६२ औँ प्रतिवेदन अनुसार मधेशमा ९ अर्ब २० करोड ३५ लाख ५९ हजार बेरुजु रकम देखिएको छ । अघिल्लो प्रतिवेदनमा उक्त प्रदेशको बेरुजु रकम (सम्परीक्षणपछि) ८ अर्ब ३ करोड ९७ लाख ५७ हजार रहेको थियो ।

महालेखाको प्रतिवेदन अनुसार बेरुजु आउने दोस्रो नम्बरमा रहेको कोशी प्रदेशमा ५ अर्ब ४० हरोड ५ लाख ८३ हजार रुपैयाँ बेरुजु रकम देखिएको छ । यसैगरी तेस्रो बागमती प्रदेशमा ४ अर्ब ८६ करोड ८९ लाख ६६ हजार रुपैयाँ, गण्डकी प्रदेशमा २ अर्ब ९८ करोड ५१ लाख २ हजार रुपैयाँ बेरुजु रकम देखिएको छ । 

कर्णाली प्रदेशमा ४ अर्ब १२ करोड ५ लाख ८४ हजार रुपैयाँ तथा सुदूरपश्चिम प्रदेशमा २ अर्ब ९८ करोड ४० लाख २० हजार रुपैयाँ बेरुजु रकम देखिएको छ ।

छुटाउनुभयो कि ?

तिलोत्तमाको सुलभ फार्मेसी विवादमा: रोक्ने कि चलाउने ?

तिलोत्तमाको सुलभ फार्मेसी विवादमा: रोक्ने कि चलाउने ?

रुपन्देहीनागरिकलाई सहुलियत दरमा औषधि उपलब्ध गराउने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सञ्चालनमा ल्याएको सुलभ फार्मे...
मुस्ताङमा ५.३ म्याग्निच्युडको भूकम्प: के कति क्षति पुग्यो ?

मुस्ताङमा ५.३ म्याग्निच्युडको भूकम्प: के कति क्षति पुग्यो ?

काठमाडौँमंगलबार राति गएको भूकम्पका कारण मुस्ताङको लोमन्थाङमा केही घर भत्किएका छन् । लोमन्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्वु ग...
आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौंसङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले न...
देशमा फेरि गोली चलाउने कसैले हिम्मत गर्न सक्दैन: गृहमन्त्री

देशमा फेरि गोली चलाउने कसैले हिम्मत गर्न सक्दैन: गृहमन्त्री

काठमाडौँगृहमन्त्री सुधन गुरुङले पार्टी सभापति रवि लामिछानेले आफूमाथि गरेको विश्वासलाई निरन्तर कायम राख्ने बताएका छन् । जेन...