प्रदेश सरकारमा बेरुजु बढ्दै: लुम्बिनीको बेरुजु दर घट्यो, रकम बढ्यो


बुटवल

लुम्बिनी प्रदेश सरकारको बेरुजु रकमको दर प्रतिशत आधारमा गतवर्षभन्दा घटेको देखिए पनि रकममा भने वृद्धि नै भएको छ । महालेखाको ६२ औँ प्रतिवेदन अनुसार लुम्बिनीमा आर्थिक वर्ष २०८०/८१ मा बेरुजु रकम ४ अर्ब ५७ करोड ५१ लाख ३७ हजार रहेको छ । जबकी अघिल्लो वर्ष बेरुजु रकम ३ अर्ब ९१ करोड ६९ लाख २१ हजार रहेको छ । यस तथ्याङ्कका आधारमा लुम्बिनी प्रदेशमा बेरुजु रकम ६५ करोड ८२ लाख १६ हजार रुपैयाँले बढेको छ । 

प्रतिशतको आधारमा भने लुम्बिनी प्रदेशको बेरुजु दर घटेको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ मा लुम्बिनीको बेरुजु दर १ दशमलव १३ प्रतिशत रहेको छ । यसअघिको प्रतिवेदनमा यो दर १ दशमलव ६० रहेको थियो । यो तथ्याङ्कलाई तुलना गर्दा लुम्बिनीमा बेरुजु दर ०.३० ४३ प्रतिशतले अटेको देखिन्छ ।

 महालेखाको ६१ औँ प्रतिवेदनमा पनि मधेश प्रदेशको बेरुजु अन्य प्रदेशभन्दा बढी देखिएको थियो । उक्त प्रतिवेदनमा मधेशको बेरुजु दर २ दशमलव ९३ प्रतिशत देखिएको थियो । अघिल्लो वर्षभन्दा बेरुजु दल प्रतिशत आधारमा केही कम देखिए पनि समग्र प्रदेश सरकारहरुको तुलना गर्दा मधेश प्रदेश अगाडि देखिएको हो । 

महालेखाको ६२ औँ प्रतिवेदन अनुसार मधेशमा ९ अर्ब २० करोड ३५ लाख ५९ हजार बेरुजु रकम देखिएको छ । अघिल्लो प्रतिवेदनमा उक्त प्रदेशको बेरुजु रकम (सम्परीक्षणपछि) ८ अर्ब ३ करोड ९७ लाख ५७ हजार रहेको थियो ।

महालेखाको प्रतिवेदन अनुसार बेरुजु आउने दोस्रो नम्बरमा रहेको कोशी प्रदेशमा ५ अर्ब ४० हरोड ५ लाख ८३ हजार रुपैयाँ बेरुजु रकम देखिएको छ । यसैगरी तेस्रो बागमती प्रदेशमा ४ अर्ब ८६ करोड ८९ लाख ६६ हजार रुपैयाँ, गण्डकी प्रदेशमा २ अर्ब ९८ करोड ५१ लाख २ हजार रुपैयाँ बेरुजु रकम देखिएको छ । 

कर्णाली प्रदेशमा ४ अर्ब १२ करोड ५ लाख ८४ हजार रुपैयाँ तथा सुदूरपश्चिम प्रदेशमा २ अर्ब ९८ करोड ४० लाख २० हजार रुपैयाँ बेरुजु रकम देखिएको छ ।

छुटाउनुभयो कि ?

नकारात्मकता चिन्ने र सकारात्मकता ल्याउने उपाय

नकारात्मकता चिन्ने र सकारात्मकता ल्याउने उपाय

श्रीराम ज्ञवालीनकारात्मकतालाई चिन्नु र जीवनमा सकारात्मकता भित्राउनु एक सुखी, सन्तुष्ट र सफल जीवनको मुख्य आधार हो। हाम्रा विचा...
चक्रवातको प्रभावले वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

चक्रवातको प्रभावले वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

बुटवलबङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भा...
लुम्बिनीमा लिला गिरी मुख्यमन्त्री बन्ने

लुम्बिनीमा लिला गिरी मुख्यमन्त्री बन्ने

बुटवललुम्बिनी प्रदेशमा सरकार फेरबदलको तयारी सुरु भएको छ ।नेकपा एमालेभित्र वर्तमान मुख्यमन्त्री चेतनारायण आचार्यलाई हटाएर पूर्...
भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायममा ७९ अर्बको क्षति : आयोग

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायममा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार,व्यवसाय,प्रतिष्ठानतर्फ रु ७९ अर्ब १७ करोड बराबरको क्षति भएको छ । राष्ट्र...