आजदेखि माओवादीको मध्यपहाडी राजमार्ग यात्रा


काठमाडौं

राजमार्गकेन्द्रित अभियान गरिरहेको माओवादी केन्द्रले शुक्रबारबाट पुष्पलाल मध्यपहाडी राजमार्गकेन्द्रित अभियान सुरू गर्दैछ । त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैतडी पुगिसकेका छन्।

बैतडीको पाटनबाट अभियानको थालनी हुनेछ। अभियानको उद्घाटन अध्यक्ष प्रचण्डले नै गर्नेछन्। विशेष गरेर यो अभियानमा नागरिकसँग संवादमा जोड दिने, स्थानीय समस्याहरू सुन्ने माओवादी केन्द्रले जानकारी दिएको छ। कूल १ हजार ७६७ किलोमिटर यो राजमार्गकेन्द्रित अभियान जेठ महिनाभरमा पूरा गर्ने माओवादी केन्द्रले जनाएको छ।

यसअघि माओवादी केन्द्रले दक्षिणी तराईको हुलाकी राजमार्गकेन्द्रित अभियान गरेको थियो। फागुन १२ गतेदेखि सुरू भएको उक्त अभियान वैशाखसम्म चलेको थियो। अभियानमा मध्यपहाडी लोकमार्गमा पर्ने स्थानहरूमा पार्टीको प्रत्येक प्रदेश समितिले एकएक ठाउँमा जनसभा राख्नेछन्। प्रत्येक जिल्ला समन्वय समितिले एक(एक स्थानमा जनसंवादको कार्यक्रम आयोजना गर्ने माओवादी केन्द्रले जनाएको छ।

बैतडीबाट सुरू भएको अभियान आजै डोटीको दिपायल पुगेर जनसंवादमा परिणत हुनेछ। जेठ ३ गते अछामको मंगलसेन जनसंवाद हुनेछ भने जेठ ४ गते दैलेख सदरमुकाम दुल्लुमा जनसभा हुनेछ। जेठ ५ गते जाजरकोट खलगांमा जनसंवाद तय भएको छ। जेठ ६ गते पश्चिम रूकुमको चौरजहारी जनसभा र मुसिकोट जनसंवाद हुने माओवादी केन्द्रले जनाएको छ। जेठ ७ गते पूर्वी रूकुमको रुकुमकोट जनसंवाद र रोल्पाको थवाङमा जनसभा हुने माओवादी केन्द्रले जनाएको छ।

त्यस्तै जेठ ८ गते बागलुङमा जनसंवाद हुने र जेठ ९ गते पर्वतको कुश्मामा जनसंवाद हुनेछ। माओवादी केन्द्रको अभियान जेठ १० गते कास्की पोखरा आइपुग्नेछ र जनसभामा परिणत हुनेछ।

छुटाउनुभयो कि ?

नकारात्मकता चिन्ने र सकारात्मकता ल्याउने उपाय

नकारात्मकता चिन्ने र सकारात्मकता ल्याउने उपाय

श्रीराम ज्ञवालीनकारात्मकतालाई चिन्नु र जीवनमा सकारात्मकता भित्राउनु एक सुखी, सन्तुष्ट र सफल जीवनको मुख्य आधार हो। हाम्रा विचा...
चक्रवातको प्रभावले वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

चक्रवातको प्रभावले वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

बुटवलबङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भा...
लुम्बिनीमा लिला गिरी मुख्यमन्त्री बन्ने

लुम्बिनीमा लिला गिरी मुख्यमन्त्री बन्ने

बुटवललुम्बिनी प्रदेशमा सरकार फेरबदलको तयारी सुरु भएको छ ।नेकपा एमालेभित्र वर्तमान मुख्यमन्त्री चेतनारायण आचार्यलाई हटाएर पूर्...
भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायममा ७९ अर्बको क्षति : आयोग

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायममा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार,व्यवसाय,प्रतिष्ठानतर्फ रु ७९ अर्ब १७ करोड बराबरको क्षति भएको छ । राष्ट्र...