ताजा अपडेट

बुटवल हस्पिटलमा एकैपटक दुवै घुंडाको सफल प्रत्यारोपण

बुटवल हस्पिटलमा एकैपटक दुवै घुंडाको सफल प्रत्यारोपण

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल बुटवल हस्पिटल प्रा.लि.मा पहिलो पटक एकैपटक दुवै घुंडाको सफल प्रत्यारोपण (टोटल नी रिप्लेसमेन्ट) गरिएको छ। वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. उत्सव रेग्मीको नेतृत्वमा गरिएको उक्त शल्यक्रिया बुटवल क्षेत्रमा पहिलो भएको चिकित्सकहरुको दाबी छ। गुल्मीको दरबार गाउँपालिका स्थायी घर भई बुटवलको बेलवरियामा बस्दै आएकी ५३ वर्षीया पुर्णकला सोमैको शल्यक्रिया विगत केही समयदेखि घुंडाको जोर्नी खिइने गम्भीर समस्या (अस्टिओआर्थराइटिस)का कारण गरिएको हो। घुँडामा अत्यधिक पीडा हुनुका साथै जोर्नी बाङ्गिएको कारण हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेकी उनीले बुटवल हस्पिटलमा उपचार सम्भव हुने थाहा पाएपछि त्यहीं उपचार गराउने निर्णय गरेकी थिइन्।डा. रेग्मी नेतृत्वको टिमले विश्वप्रसिद्ध अमेरिकन कम्पनी ‘म्याक्स’को कृत्रिम जोर्नी प्रयोग गरेर विग्रिएको जोर्नी हटाई नयाँ जोर्नी प्रत्यारोपण गरेको हो। शल्यक्रिया सम्पन्न भएको...
पाँच सार्वजनिक संस्थान खारेज गर्ने निर्णय, एक वर्षभित्र कार्यान्वयन हुने

पाँच सार्वजनिक संस्थान खारेज गर्ने निर्णय, एक वर्षभित्र कार्यान्वयन हुने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ सरकारले पूर्ण वा बहुसंख्यक स्वामित्व रहेका पाँच सार्वजनिक संस्थान खारेज गर्ने निर्णय लिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सोमबार स्वीकृत कार्ययोजनाअनुसार जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सेवा केन्द्र, नेशनल कन्स्ट्रक्सन कम्पनी नेपाल, र नेपाल ओरियन्ड म्याग्नेसाइट कम्पनी खारेज गरिने भएका छन्। सरकारले यो प्रक्रिया एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ। खारेज हुने संस्थानहरूको सम्पत्ति नेपाल सरकारको नाममा ल्याइ व्यवस्थापन गरिने उल्लेख गरिएको छ। अर्थ मन्त्रालयलाई कार्यान्वयनको जिम्मा दिइएको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अनुगमन गर्नेछ। यो कदम असक्षम र घाटामा गएका सार्वजनिक संस्थानको व्यवस्थापन सुधारका लागि लिइएको महत्वपूर्ण नीतिगत निर्णयका रूपमा हेरिएको छ। ...
वृद्धभत्ता पाउने उमेर ७० वर्ष कायम गरिँदै

वृद्धभत्ता पाउने उमेर ७० वर्ष कायम गरिँदै

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं वृद्ध भत्ताको उमेर ७० वर्ष बनाइने भएको छ । उच्चस्तरीय आर्थिक सुझाव आयोगको रायको आधारमा तयार पारिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजनामा यो विषय उल्लेख छ । सरकारले अहिले ६८ वर्ष उमेर पुगेका सबै ज्येष्ठ नागरिकलाई मासिक चार हजार रूपैयाँ भत्ता उपलब्ध गराउँदै आएको छ । दलित ज्येष्ठ नागरिक, साविक कर्णाली क्षेत्र, विधवा, सम्बन्धविच्छेद वा विवाह नगरेकी एकल महिलाको हकमा ६० वर्ष मा भत्ता दिइँदै आएको छ । त्यस्तै लोपोन्मुख आदिवासी जनजाति, पूर्ण तथा अति अशक्त अपाङ्गतालाई पनि मासिक भत्ता दिइन्छ । कार्ययोजना अनुसार भत्ताका लागि राष्ट्रिय परिचयपत्र पनि अनिवार्य गरिने छ । यसको कार्यान्वयनको समय सीमा एक वर्ष तोकिएको छ । यस्तै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा फराकिलो बनाइने समेत कार्ययोजनामा उल्लेख छ । सबैलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने सरकारको तया...
स्कलर्स होममा शिक्षण सिकाइ र व्यबस्थापन सम्वन्धी अभिमुखीकरण कार्यक्रम

स्कलर्स होममा शिक्षण सिकाइ र व्यबस्थापन सम्वन्धी अभिमुखीकरण कार्यक्रम

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
बुटवल रुपन्देहीकाे बुटवल स्थित स्कलर्स हाेम बाेर्डिङ्ग स्कुलले शिक्षकहरु लाई जाेएफुलनेस शिक्षण सिकाई र तनाव व्यवस्थापन सम्वन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेकाे छ। विद्यालयले यी र यस्तै प्रकारका फरक शैलीमा कार्यक्रम गर्दै आएकाे छ । शैक्षिक सत्रकाे सुरूवातसँगै शिक्षक शिक्षिकाहरूलाई व्यक्तित्व र नेतृत्व विकास का लागि कार्यक्रम गरेकाे हाे। विहिबार पाल्पाको बशन्तपुर स्थित लुम्बिनी केबलकारकाे सभाहलमा अभिमुखीकरण कार्यक्रमकाे आयाेजना गरेकाे हाे । कार्यक्रममा बिद्यालयका संस्थापक प्राचार्य शिव गुरूङ,विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मनहरी बस्याल,विद्यालयका प्रबन्ध निर्देशक खुबीराम आचार्य ,प्राचार्य बाबुराम वञ्जाडे , सहप्राचार्य टिकाराम गाैतमलगायतले वाेल्दै विद्यार्थी मात्र नभई शिक्षक शिक्षकाहरूलाई पनि समय अनुसार तनाव व्यवस्थापनमा सहज हाेस भन्ने उद्देश्यले उक्त कार्यक्रमकाे ...
तीन प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो यी स्थानमा पानी पर्ने

तीन प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो यी स्थानमा पानी पर्ने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा शुक्रबार बिहान वर्षा भएको छ। पछिल्लो ६ घन्टामा चितवनको शक्तिखोरमा ३४.२ मिलिमिटर वर्षा भएको छ। शुक्रबार दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान छ। त्यस्तै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। द...
बैतडीमा ५.१ म्याग्निच्युडको भूकम्प

बैतडीमा ५.१ म्याग्निच्युडको भूकम्प

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं बैतडी केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहानपख बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ५.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ । आज १ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । मस्त निद्रामा परेका बेला आएको धक्काले मानिसहरु त्रसित भएका थिए । भूकम्पबाट भएको क्षतिबारे केही जानकारी नआएको र यसबारे बुझ्ने काम भइरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले  जानकारी दिए । ...
अर्थतन्त्र सकारात्मक बाटोमा जाँदैछ: प्रधानमन्त्री

अर्थतन्त्र सकारात्मक बाटोमा जाँदैछ: प्रधानमन्त्री

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा जाँदै गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको बताएका हुन् । “बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा रु दुई खर्ब १८ अर्बको निर्यात भएको छ । अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ”, प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् । ...
रुपन्देहीमा दुई दिने डिजिटल पत्रकारिता तालिम सुचारु

रुपन्देहीमा दुई दिने डिजिटल पत्रकारिता तालिम सुचारु

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
बुटवल नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजनामा दुई दिने डिजिटल पत्रकारिता तालिम बुटवलमा सञ्चालन गरिएको छ। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले प्रदेशका सबै जिल्लाका पत्रकारहरुका लागि क्षमता अभिवृद्धि सम्वन्धि डिजिटल पत्रकारिता तालिम सञ्चालन गरेको हो। अन्य जिल्लाहरूमा तालिम सम्पन्न भइसकेको छ। बिहिबार र शुक्रबार रूपन्देही,नवलपरासीका साथै अन्य जिल्लामा छुटेका पत्रकारका लागि बुटबलमा तालिम सञ्चालन गरिएको हाे। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौंलागाईंले पत्रकारको क्षमता अभिवृद्धि र बढ्दो प्रविधिको उपभोग गर्न सहज होस् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए । अध्यक्ष चौलागाईंले महासंघले तालिमहरू संगै पत्रकारका वृद्धि विकास र हकहितका लागि अभिभावकीय भूमिका खेलिरहेको र कल्याकारी कोष मार्फत साथ सहयोग गर्ने योजना रहेको बताए। कार्यक्रम संयोजक तथा म...
न्यायाधीश सुवेदी र ढकालको इजलासमा रवि र छविका निवेदन मात्र, आज आदेश आउने

न्यायाधीश सुवेदी र ढकालको इजलासमा रवि र छविका निवेदन मात्र, आज आदेश आउने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीका निवेदन मात्र परेका छन् ।  सातौँपटकसम्म ‘हेर्न नमिल्ने’मा परेर गत मंगलबारदेखि सुनुवाइ भएको उक्त मुद्दामा मंगलबार बहस नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । बुधबार संवैधानिक इजलासका कारण रविको मुद्दा आजका लागि पेसी तोकिएको थियो ।रविको बन्दी प्रत्यक्षीकरणसहित रवि र छविका ७३ नम्बर निवेदनमा आजै आदेश हुने अपेक्षमा रहेको रविका वकिलहरूको भनाइ छ । ...
आईपीएल क्रिकेटमा आज गुजरात र लखनउ खेल्दै

आईपीएल क्रिकेटमा आज गुजरात र लखनउ खेल्दै

Breaking news 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाइटन्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । अहमदाबादमा हुने खेल नेपाली समयअनुसार राति पौने ८ बजे शुरू हुनेछ । आईपीएलमा गुजरात शीर्ष स्थानमा छ भने लखनउ बाहिरिसकेको छ । गुजरात १२ खेलमा १८ अङ्कसहित तालिकामा शीर्ष स्थानमा रहँदा लखनउ १० अङ्कसहित सातौं स्थानमा छ । आईपीएलमा क्वालिफायरको खेल जेठ १५ र इलिमिनेटरको खेल जेठ १६ मा हुनेछ । त्यस्तै अर्को क्वालिफायर दुई जेठ १८ गते हुनेछ । फाइनल खेल जेठ २० मा हुनेछ । ...