Breaking news 3

कालिका मानवज्ञानद्वारा साढे १८ लाख बाढी प्रभावित कोषमा रकम जम्मा

कालिका मानवज्ञानद्वारा साढे १८ लाख बाढी प्रभावित कोषमा रकम जम्मा

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीको बुटवल स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १८ लाख ४२ हजार ५ सय ४० रुपैयाँ सहयोग गरेको छ। विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागितामा संकलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ।विद्यालयको अभियान बाट ९६४०० र क्यु आर अभियान बाट १००१ गरि कुल १८ लाख ४२ हजार ५ सय ४० रुपैयाँ प्रधानाध्यापक दैवि प्रकोप कोष मा जम्मा गरिएको बिध्यालयका प्रधानाध्यापक बिष्णुहरि ज्ञवालीले जानकारी दिए ।गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय तथा भयावह बाढीका कारण रसुवा, धादिङ, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि विद्यालयले विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोग संकलन अभियान सञ्चालन गरेको बिध्यालयका प्रधानाध्यापक बिष्णुहरि ज्ञवाली...
बाख्रीको मासुलाई खसीको भन्दै बेच्ने मासु पसल सञ्चालक पक्राउ

बाख्रीको मासुलाई खसीको भन्दै बेच्ने मासु पसल सञ्चालक पक्राउ

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
भैरहवाबाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरी उपभोक्तालाई ठगी गरेको आरोपमा रुपन्देही प्रहरीले एक मासु पसल सञ्चालकलाई पक्राउ गरेको छ। सिद्धार्थनगर नगरपालिका–८ स्थित आजम मासु पसलका सञ्चालक ३९ वर्षीय आजम कुरेसीलाई प्रहरीले पक्राउ गरेको हो।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले आइतबार बिहान पसलमा छापा मारेको थियो। सो क्रममा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरिरहेको अवस्थामा मासुसहित कुरेसीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। कुरेसीविरुद्ध कालोबजारीसम्बन्धी कसुरमा मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट ५ दिनको म्याद थप गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए। ...
बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

Breaking news 3, जीवनशैली, ताजा अपडेट, विविध, समाचार, समाज, स्थानीय
रुपन्देही — रसुवा लगायतका क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। गुल्मीको रेसुङ्गा नगरपालिका–६ मा जन्मिएर रोजगारी, व्यवसाय तथा विभिन्न पेशा–व्यवसायका सिलसिलामा रुपन्देही र आसपासका क्षेत्रमा बसोबास गर्दै आएका व्यक्तिहरूको साझा संस्था समाजले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको हो। हालै रसुवा क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै धेरै मानिस घाइते भएका छन्। विपद्मा परेका घाइतेहरूको उपचारका क्रममा रगतको आवश्यकता बढ्न सक्ने भएकाले मानवीय सहयोगस्वरूप रक्तदान कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ। कार्यक्रममा समाजका सदस्य, शुभेच्छुक तथा स्थानीय रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो। कर...
तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिका–३ डिङ्गनगर विष्णुपुरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ । लामो समयदेखि होटल तथा रेष्टुरेन्ट व्यवसायमा आबद्ध रामबहादुर न्यौपानेले नयाँ व्यवस्थापन र थप सुविधासहित रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । शुक्रबार एक कार्यक्रमका बीच रेष्टुरेन्टको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले मुलुकको अर्थतन्त्र चलायमान बनाउन होटल तथा रेष्टुरेन्ट व्यवसायको महत्वपूर्ण भूमिका रहेको बताए । ‘होटल व्यवसायमा हजारौँ युवाले रोजगारी पाएका छन्,’ उनले भने, ‘यस क्षेत्रको विकासले रोजगारी सिर्जनासँगै स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउन सहयोग गरेको छ ।’नगरप्रमुख खाणले होटल तथा रेष्टुरेन्ट व्यवसायलाई २४ सै घण्टा सञ्चालन गर्न सकिने वातावरण बनाउनुपर्नेमा जोड दिए । ग्राहकलाई अनावश्यक दुःख दिने गरी होटल तथा रेष्टुरेन्टमा प्रहरीबाट छापा ...
भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंभोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार भवन, सडक, कृषि, पशुपन्छी, बैंक तथा दूरसञ्चारलगायत क्षेत्रमा गरिएको प्रारम्भिक मूल्यांकनबाट उक्त क्षति देखिएको हो ।उनले आगामी चार महिनाको प्रारम्भिक पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको बताए । यसअन्तर्गत भवन तथा बस्ती पुनःस्थापना, पुल निर्माण, स्वास्थ्य तथा पोषण, शिक्षा, कृषि, पशुपन्छी, ऊर्जा र दूरसञ्चारलगायत क्षेत्र समेटिएका छन् ।खोज तथा उद्धार कार्य अझै जारी रहेको भन्दै उनले दैनिक १० देखि १२ वटा हेलिकप्टरमार्फत खोजी, उद्धार तथा शव संकलनको काम भइरहेको जानकारी दिए। बाढीका कारण सुरुङमा फसेकाहरूको उद...
बुटवलका सफल व्यवसायी, समाजसेवी थैवको अगुवाईमा बाढी प्रभावितका लागि २ लाख ४४ हजार सहयोग

बुटवलका सफल व्यवसायी, समाजसेवी थैवको अगुवाईमा बाढी प्रभावितका लागि २ लाख ४४ हजार सहयोग

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरसुवा भोटेकोशी बाढी प्रभावितको राहात तथा उद्धारका लागि बुटवलका सफल व्यवसायी एवं समाजसेवी अनन्तमान थैवको पहलमा प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा २ लाख ४४ हजार ८ सय ५० रुपियाँ सहयोग गरेका छन्। थैवले व्यक्तिगत १ लाख १ हजार र उनको अगुवाई रहेको व्यायाम गर्ने सामाजिक संस्था सुनौलो बिहानी फुर्तिलो समुहका सदस्यहरुले १ लाख ४३हजार ८सय ५० गरी जम्मा २ लाख ४४ हजार ८ सय ५० रुपैयाँ सहयोग गरेका हुन्। थैव बुटवलका पुराना व्यवसायी एवं रुपन्देही विद्युतीय व्यवसायी संघका संस्थापक अध्यक्ष हुन्। उनले स्वास्थ्यका लागि व्यायाम भन्ने उद्देश्यले रुपन्देहीमा सुनौलो बिहानी फुर्तिलो समुह नामको व्यायाम समुह समेत स्थापना गरी दैनिक हजारौंलाई व्यायाम गर्ने बाताबरण मिलाएका छन्। प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा सहयोग गर्दै उनले "अहिले नेपाल र हामी नेपालीमा ठुलो पिडा परेको छ,धैरै ...
बुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा क्यान्सरको उपचार

बुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा क्यान्सरको उपचार

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा हरेक महिनाको पहिलो शनिबार क्यान्सर रोगको परीक्षण तथा उपचार हुने गर्दछ।नेपालकै वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समिर शर्माले उपचार गर्दै आएका छन्।बुटवलको अस्लापताललाईनमा रहेको स्वास्थ्य क्लिनिक प्रालिमा लामो समयदेखि पेट दुख्ने, पुरानो पेटको घाउ( अल्सर) भएको, पिसाब पोल्ने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने समस्या,स्तन दुख्ने,भारि हुने,गांठागुठी आएको जस्ता समस्या रहेका बिरामीले उपचार पाउने छन्। तयसैगरी छाती दुख्ने, पुरानो दम, पाठेघरमा मासु पलाएको, घाउ क्यान्सर , लामो समयदेखि घांटी दुखेको, टन्सिल, घांटीमा आएको गिर्खा, शरिरको कुनैपनि भागमा अस्वाभाविक मासु पलाएको, पुरानो ट्युमरलगायतका विरामीहरुले उपचार गर्न सक्ने स्वास्थ्य क्लिनिक प्रालिका सञ्चालक माधव ज्ञवालीले जानकारी दिए। ...
कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलको कान्ति माध्यमिक विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले विद्यालय सरकारको मुल्यांकनमा उत्कृष्ट भएपनि आफुहरुले चाहे जस्तो परिणाम आउन नसकेको र यसकालागी विद्यालय परिवार लागेको बताएका छन्।मंगलबार कक्षा ४ र ५ का अभिभावकसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै ज्ञवालीले विद्यार्थीको राम्रो परिणाम आउन विद्यार्थी, विद्यालय र अभिभावकको त्रिकोणात्मक योगदान रहनुपर्ने धारणा राखेका थिए।उनले विद्यालयमा भर्ना हुन विद्यार्थी र अभिभावकको ठुलो चाहना रहने गरेको र अहिले पनि क्षमता भन्दा केही बढी विद्यार्थी रहेको र स्थानीय सरकारलगायत सरोकारवाला सवैको साझा प्रयासबाट सवल हुने धारणा राखेका थिए।अभिभावकसंगको अन्तरक्रियामा उनले स-साना समस्या रहेपनि विद्यार्थीको भविष्यमा विद्यालय परिवार लागि परेको वताएका छन्।कार्यक्रममा कक्षा ४ र ५ का संयोजक लिलाधर पाण्डेले विद्यालय, विद्यार्थी जत्तिकै अभिभावकपनी संयमित ...
बाढीमा ज्यान गुमाउनेको सम्झनामा द एसआर होटल द्वारा दीप प्रज्वलन

बाढीमा ज्यान गुमाउनेको सम्झनामा द एसआर होटल द्वारा दीप प्रज्वलन

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलभोटेकोशी बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झनामा रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको द एसआर होटलले दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेको छ।बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको दुःखद घडीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको सम्झनामा दीप प्रज्वलन गरिएको हो।कार्यक्रममा होटलका अध्यक्ष होमकान्त वस्यालले दीप प्रज्वलन गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका थिए।प्राकृतिक विपद्ले निम्त्याएको पीडामा सबैले एकअर्काप्रति सहानुभूति, सहयोग र मानवीय भावना देखाउनुपर्ने सन्देशसहित कार्यक्रम आयोजना गरिएको संचालक चिरन अर्यालले बताए।बाढीले खोसेका अमूल्य जीवनको सम्झनामा बालिएका दीपहरूले मृतकप्रति श्रद्धाञ्जलीसँगै पीडित परिवारप्रति साथ र ऐक्यबद्धताको सन्देश दिएका छन्। ...
गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलभोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले ११ लाख भन्दा बढी आर्थिक सहयोग गरेको छ।बुटवलस्थित अस्पतालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अस्पतालको तर्फबाट र कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरूको तर्फबाट गरी ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको हो। अस्पताल सञ्चालक समितिको मङ्गलवार बसेको बैठकबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन लगायतका जिल्लाहरूमा बाढीका कारण ठुलो मानवीय तथा भौतिक क्षति भइरहेको अवस्थामा राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने गरी उक्त रकम सहयोग गर्ने निर्णय गरिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए। अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरूको एक दिनको तलब बराबरको ४ लाख ४८ हजार १२५ रुपैयाँ र बाँकी ६ लाख ६२ ह...