नेपाल खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन अधिकारी, शक्ति गौचन र अर्जुन घिमिरे सम्मानित
बुटवल
अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवसको अवसरमा नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देहीले बुटवलमा एक विशेष कार्यक्रम आयोजना गरी नयाँ नेतृत्व चयन गर्नुका साथै खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने पूर्व खेलाडी तथा प्रशिक्षकहरूलाई सम्मान गरेको छ ।बुधबार सम्पन्न जिल्ला भेलाले सुमन अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला समिति सर्वसम्मतरूपमा चयन गरेको हो । नेपाल पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष तथा निर्वाचन संयोजक दिनेश पाण्डेका अनुसार समितिको उपाध्यक्षमा यमलाल भुसाल, सचिवमा स्वस्तिक श्रेष्ठ, कोषाध्यक्षमा रवी राना, सहसचिवमा सञ्जु पौडेल चयन भएका छन् । सदस्यमा प्रकाश न्यौपाने, मनोज थापा, विकास पराजुली, इन्द्र खत्री, राधेश्याम विक र कृष्ण भण्डारी रहेका छन् । निर्वाचन समितिका सदस्य तथा महासंघका सल्लाहकार खिमानन्द भट्टराईले नयाँ कार्यसमितिको नामावली सार्वजनिक गरेका थिए ।
...








