Breaking news 3

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
बुटवलजल तथा माैसम बिज्ञान बिभाग माैसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम छ। यसका कारण देशका विभिन्न भागको मौसममा आंशिकदेखि पूर्ण बदली हुने देखिएको छ। महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र कोशी प्रदेशका हिमाली भागमा सामान्य बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा छ। देशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ। बुधबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहने तथा अन्य भागमा आंशिक बदली रहने सम्भावना रहेको छ। ती प्रदेशका धेरै स्थान तथा कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानका साथै मधेश र कोशी तथा बागमती प्रदेशका तराईका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा...
शिक्षा मन्त्रालयले भन्यो- एउटै विद्यालयमा एक पटकमात्रै भर्ना शुल्क लिनू

शिक्षा मन्त्रालयले भन्यो- एउटै विद्यालयमा एक पटकमात्रै भर्ना शुल्क लिनू

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र सुरू हुनु अघि नै विद्यार्थी भर्ना गर्ने र अग्रिम शुल्क असुल गर्ने विद्यालयहरूलाई कारबाही गर्न निर्देशन दिएको छ । केही विद्यालयहरूले नियमविपरीत भर्ना सुरू गरेको र चर्को शुल्क लिएको गुनासो आएको मन्त्रालयको भनाइ छ । अधिकांश निजी विद्यालयले ‘एन्युअल फी’ शीर्षकमा भर्ना शुल्क उठाउँदै आएका छन् ।मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै देशभरका ७५३ वटै स्थानीय तह मार्फत विद्यालयहरूको अनुगमन गर्न र नियम उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेको छ ।कतिपय विद्यालयले शैक्षिक सत्र सुरू नहुँदै विद्यार्थी भर्ना गर्ने, स्वीकृत शीर्षकभन्दा बाहिर गएर शुल्क लिने र एउटै विद्यालयमा अर्को कक्षामा जाँदा पनि पटक-पटक भर्ना शुल्क लिने गरेको भन्दै त्यसलाई मन्त्रालयले गैरकानुनी भनेको छ । मन्त्रालयको पत्रमा ...
रुपन्देहीमा सोमबार राती गोली चल्यो, ३ जना लागुऔषध कारोबारी पक्राउ

रुपन्देहीमा सोमबार राती गोली चल्यो, ३ जना लागुऔषध कारोबारी पक्राउ

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलरूपन्देहीको रोहीणीमा प्रहरीले गोली चलाएर तीन जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। सोमबार राति रोहिणी गाउँपालिका-४ काे कोटहवाबाट तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्ण चन्दले जानकारी दिए।पक्राउ पर्नेमा भारतको महाराजगंज, पर्सामालिक ग्राम विसुनपुरवा बस्ने १८ वर्षीय अरूण कुमार र २० वर्षीय विनय पाण्डेय तथा रोहिणी-२ खुरूहुरियाका विशाल यादव रहेका छन्। उनीहरूको साथबाट प्रहरीले ३३ सय एम्पुल लागुऔषध बरामद गरेको छ । कोटहवामा लागुऔषध कारोबार हुन लागेको भन्ने सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो । सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोली खटिएको थियो।चेकप्वाइन्ट खडा गरिएको ठाउँमा प्रहरीले युपी ५६ एफ ९९०१ नम्बरको भारतीय मोटरसाइकललाई रोक्न खोजेको थियो। तर नरोकिई उक्त मोटरसाइकल भाग्ने क्रममा अचानक लडेको प्र...
लुम्बिनी प्रदेश सभा बैठकमा वन ऐन संशोधन विधेयक पेश हुँदै

लुम्बिनी प्रदेश सभा बैठकमा वन ऐन संशोधन विधेयक पेश हुँदै

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
दाङलुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत आज छैठौं बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने तय गरिएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ । यसैगरी बैठकमा वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले ‘प्रदेश वन ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए । ...
विदेश पठाउने भन्दै करिब ७४ लाख ठगी गर्ने ४ जना पक्राउ

विदेश पठाउने भन्दै करिब ७४ लाख ठगी गर्ने ४ जना पक्राउ

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँकाठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा सल्यान कालिमाटी गाउँपालिका-७ का ५२ वर्षीय कर्णबहादुर राउत, जिल्ला तनहुँ भानु नगरपालिका-१२ का ४२ वर्षीय आनन्द थापा, नवलपरासी (पूर्व) कावासोती नगरपालिका-३ की ३९ वर्षीया राधिका पाठक पौडेल तथा मोरङ सुन्दर हरैचा नगरपालिका-३ का ४७ वर्षीय तिलक परियार रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए । उनले भने, ‘पक्राउ परेकामध्ये राउतले फिनल्यान्ड पठाउने भन्दै ५७ लाख, थापाले माल्टा पठाउने भन्दै चार लाख ५० हजार, पौडेलले फिनल्यान्ड पठाउने भन्दै चार लाख २० हजार तथा परियारले सर्विया पठाउने भन्दै आठ लाख लिई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।’ पक्राउ परेका चारै जनालाई ...
बुटवलमा प्रहरीको ‘अपरेशन साइलेन्ट स्ट्रिट’: करिब दुई दर्जन मोटरसाइकल नियन्त्रणमा

बुटवलमा प्रहरीको ‘अपरेशन साइलेन्ट स्ट्रिट’: करिब दुई दर्जन मोटरसाइकल नियन्त्रणमा

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलमा शनिबार राती प्रहरीले चलाएको 'अपरेसन साइलेन्ट स्ट्रिट' अभियानबाट करिब २ दर्जन मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय बुटवलले शनिबार राती कालिका पथ क्षेत्रमा यो अभियान सञ्चालन गरेको हो ।विशेष गरी रातको समयमा चर्को स्वरमा आवाज निकाल्ने मोटर साइकल, स्वरूप परिवर्तन गरिएका तथा मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरूलाई कारबाही गर्ने उद्देश्यसहित अपरेसन सञ्चालन गरिएको प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी गराए । बजार क्षेत्रमा शान्ति भङ्ग हुने गरी चर्को स्वरमा मोटर साइकल हुइँकाउँदा जनजीवन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम बढेकाले यो अभियान सञ्चालन गरिएको उनले बताए ।प्रहरीले शनिबार राती ९ बजेदेखि सञ्चालन गरिएको अभियानमा २ घण्टामै करिब २ दर्जन मोटरसाइकल नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएका मोटरसाइकल धनीलाई कानुनी प्रक्रिया अनुसार कडा कारबाही...
रुपन्देहीसहित विभिन्न स्थानबाट जबरजस्ती करणी अभियोगमा तीन जना पक्राउ

रुपन्देहीसहित विभिन्न स्थानबाट जबरजस्ती करणी अभियोगमा तीन जना पक्राउ

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल रूपन्देहीको कञ्चन गाउँपालिकाबाट १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् । कञ्चन गाँउपालिका–१ बस्ने ४२ वर्षीय मन बहादुर थारूलाई प्रहरीले पक्राउ गरेको हो ।मन बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।यसैगरी प्युठानमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सरूमारानी गाउँपालिका–१ फर्सावाङ बस्ने ३२ वर्षीय तिलक विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । तिलकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढुङ्गेगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उदयपुरमा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरगढी गाउँपालिका–७ हाडेबास बस्ने २० वर्षीय बिप...
उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा बुटवलका हरिप्रसाद अर्यालको उम्मेदवारी

उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा बुटवलका हरिप्रसाद अर्यालको उम्मेदवारी

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
बुटवलबुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघ को कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिएका छन्।महासंघको यही चैत २८ र २९ गते काठमाडौंमा हुने ६० औं वार्षिक साधारण सभा तथा निर्वाचनका लागि अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन्। उनलाई संघले आधिकारिक रूपमा महासंघको कार्यकारिणी सदस्य पदका लागि अगाडि सार्दै साधारण सभा तथा निर्वाचनमा मुख्य प्रतिनिधिका रूपमा समेत चयन गरिसकेको छ।उम्मेदवारी घोषणा गर्दै अध्यक्ष अर्यालले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूको संस्थागत विकास, नीतिगत सुधार, उद्योगी व्यवसायीहरूको हकहित संरक्षण, साना तथा मझौला उद्योगीलाई प्रोत्साहन र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। त्यसका लागि जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, उद्योगी व्यवसायी, महासंघ र तीनै तहका सरकार...
७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइयो

७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइयो

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
काठमाडौंसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ ।मन्त्रालयको अतिरिक्त समूहमा रहेका तथा विभिन्न मन्त्रालय र निकायमा कार्यरत ७८ जना शाखा अधिकृतलाई देशभरका गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित पठाइएको जानकारी दिएको हो । स्थानीय तहहरूमा लामो समयदेखि निमित्तकै भरमा प्रशासन सञ्चालन हुँदै आएको थियो ।मन्त्रालयले यसअघि नगरपालिकाहरूमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाई उपसचिव खटाएको थियो ।मन्त्रालयका अनुसार अझै केही नगरपालिका र गाउँपालिकामा निमित्तकै भरमा काम भइरहेको छ । त्यसैले सबै स्थानीय तहमा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाई ‘निमित्त शून्य’ अवस्था सिर्जना गर्ने सरकारको तयारी रहेको जनाएको छ ।मन्त्रालयका अनुसार सरुवाका आधारहरूमा एउटै निकायमा दुई वर्षभन्दा बढी समय कार्यरत कर्मचारी, मन्त्रालयको अभिलेखमा स्थानीय ...
हनुमान जयन्ती बुटवलमा भव्य रूपमा मनाइयो

हनुमान जयन्ती बुटवलमा भव्य रूपमा मनाइयो

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, समाज, स्थानीय
बुटवलहिन्दु धर्मशास्त्र अनुसार सत्य, साहस र भक्तिभावका प्रणेताका रुपमा पुजिने रामभक्त हनुमानको जन्मदिन बिहिबार बिश्वभर बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । यसैबिच बुटवलका बिभिन्न हनुमान मन्दिरहरुमा पनि श्रद्धा र भक्तिभावका साथ बिशेष कार्यक्रमको आयोजना गरि पूजा, आरती, भजन–कीर्तन र धार्मिक झाँकीहरु प्रदर्शन गरिएको छ ।प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वका अवसरमा देशभरका हनुमान मन्दिरहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको उल्लेख्य भीड लागेको थियो ।बुटवल–२ स्थित हनुमान मन्दिर, हाटबजार क्षेत्रको हनुमान मन्दिर, राममन्दिर लगायतका धार्मिक स्थलहरूमा श्रद्धालुहरू पुजाआजा र दर्शनका लागि पुगेका थिए । यस अवसरमा भक्तजनहरूले भगवान हनुमानको पूजा–आराधना गर्दै सुख, शान्ति र शक्ति प्राप्तिको कामना गरेका छन् । ...