बुटवलमा प्रहरीको ‘अपरेशन साइलेन्ट स्ट्रिट’: करिब दुई दर्जन मोटरसाइकल नियन्त्रणमा


बुटवल
बुटवलमा शनिबार राती प्रहरीले चलाएको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियानबाट करिब २ दर्जन मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय बुटवलले शनिबार राती कालिका पथ क्षेत्रमा यो अभियान सञ्चालन गरेको हो ।
विशेष गरी रातको समयमा चर्को स्वरमा आवाज निकाल्ने मोटर साइकल, स्वरूप परिवर्तन गरिएका तथा मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरूलाई कारबाही गर्ने उद्देश्यसहित अपरेसन सञ्चालन गरिएको प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी गराए । बजार क्षेत्रमा शान्ति भङ्ग हुने गरी चर्को स्वरमा मोटर साइकल हुइँकाउँदा जनजीवन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम बढेकाले यो अभियान सञ्चालन गरिएको उनले बताए ।
प्रहरीले शनिबार राती ९ बजेदेखि सञ्चालन गरिएको अभियानमा २ घण्टामै करिब २ दर्जन मोटरसाइकल नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएका मोटरसाइकल धनीलाई कानुनी प्रक्रिया अनुसार कडा कारबाही गरिने प्रनाउ श्रीवास्तवले बताए । यो अभियानलाई निरन्तरता दिँदै बुटवलका अन्य क्षेत्रमा समेत सर्च अभियान सञ्चालन गरिने उनले बताए ।

बुटवलमा यसअघि पनि स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने मोटरसाइकल सर्च तथा कारबाही अभियान सञ्चालन गरेको थियो । उक्त अभियानपछि केही शान्त रहेको बुटवल पछिल्लो समय पुनः मोटरसाइकल पड्काउनेहरूले गर्दा अशान्त बन्दै गएको थियो ।

छुटाउनुभयो कि ?

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बुटवलनेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्...
देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

बुटवलहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्व...
फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

काठमाडौंफ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएका समस्याविरुद्ध शनिबार भएको ...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४...