Breaking news 2

आईपीएल क्रिकेटमा आज पञ्जाब र मुम्बई खेल्दै

आईपीएल क्रिकेटमा आज पञ्जाब र मुम्बई खेल्दै

Breaking news 2, खेलकुद, ताजा अपडेट
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लिग चरणको आफ्नो अन्तिम खेलमा आज पञ्जाब किङ्स र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल नेपाली समयअनुसार वेलुका पौने ८ बजे जयपुरमा शुरु हुनेछ । पञ्जाब र मुम्बई यसअघि नै प्लेअफमा पुगिसकेका छन् । पञ्जाब १३ खेलमा १७ अङ्कसहित तालिकाको दोश्रो स्थानमा छ । समान खेलमा १६ अङ्कसहित मुम्बई चौंथो स्थानमा छ । हिजो भएका खेलमा चेन्नई सुपर किङ्गसले गुजरात टाइटन्सलाई ८३ रनले र सनराइजर्स हैदराबादले कोलकातालाई एक सय १० को फराकिलो रनले हरायो । आईपीएलको लिग चरणको अन्तिम खेलमा भोलि लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच खेल ...
युवा संघको नेतृत्व छान्न चुनाव, अध्यक्षमा क्षितिज थेबे र सुमन पुरीको दाबी

युवा संघको नेतृत्व छान्न चुनाव, अध्यक्षमा क्षितिज थेबे र सुमन पुरीको दाबी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
पोखरा नेकपा (एमाले) को भातृ सङ्गठन युवा सङ्घ नेपालको नयाँ नेतृत्वका लागि सुमन पुरीले पार्टी अध्यक्षको दबाबमा टसको मस नभएपछि अन्ततः चुनाव हुने भएको छ। वर्तमान कमिटीमा अध्यक्ष रहेका क्षितिज थेबेलाई अध्यक्ष बनाउन पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उप महासचिव पृथ्वी सुब्बा गुरुङ मोर्चा विभाग प्रमुख भानुभक्त ढकाल पूर्व अध्यक्ष महेश बस्नेत समेतले दबाब दिए पनि वर्तमान कमिटीमै महासचिव रहेका सुमन पुरीले अध्यक्षको दाबी नछोडेपछि निर्वाचनको तयारी गरिएको छ।  यसअघि उपाध्यक्ष समेत भैसकेका सुमन पुरीलाई नवौं महाधिवेशनका बेला नेताहरूले नै अर्को पटक अध्यक्ष बनाउने आश्वासन दिएर महासचिव बनाएको भन्दै प्रतिनिधीहरुले समेत उ बेलाको सहमति कार्यान्वयन गर्न दबाब दिएका छन्। पुरीलाई एमाले स्थायी कमिटी सदस्य कर्ण थापा, संघका पूर्व अध्यक्ष रमेश पौडेल, वचनबहादुर सिंह, एम...
६ प्रदेशसहित पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

६ प्रदेशसहित पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँ मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा बंगालको खाडी र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले देशमा मौसम बदली र वर्षा हुने क्रम जारी छ। यस क्रममा आज आइतबार दिउँसो कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशसहित देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। अनि कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ। मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार राति पनि कोसी प्रदेश र मधेस प्र...
नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सरकार पूर्ण प्रतिबद्ध छ: मुख्यमन्त्री आचार्य

नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सरकार पूर्ण प्रतिबद्ध छ: मुख्यमन्त्री आचार्य

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
दाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रमलाई पूर्ण रूपमा कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको आठौं बैठकलाई शनिबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सरकार दृढ रहेको स्पष्ट पारे । उनले नीति तथा कार्यक्रम कार्यान्वयनको अनुगमन गर्न प्रभावकारी व्यवस्था मिलाइने जानकारी पनि दिए । ‘रचनात्मक सुझाव प्राप्त भएको छ । छलफलमा सहभागी हुने सबै माननीयज्यूहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । यहाँहरूले दिएका सुझावलाई भोलिका दिनमा कार्यक्रमिक ढंगले अघि बढाउन सकिनेछ । ती सुझावहरूलाई सरकारको तर्फबाट विषयगत मन्त्रालयमार्फत सम्बोधन गर्ने प्रयास गरिनेछ,’ मुख्यमन्त्री आचार्यले भने । उहाँले नीति तथा कार्यक्रम सरकारलाई दिशानिर्देश गर्ने प्रमुख दस्तावेज भएको उल्लेख गर्दै...
आज सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

आज सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, मधेस र बागमती प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । बागमती प्रदेशको थोरै स्थानहरूमा तथा कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। बङ्गालको खाडीको उत्तर पश्चिमका केही क्षेत्र तथा दक्षिण पश्चिमका अधिकांश क्षेत्रहरूमा साथै मालदिभ्स, श्रीलङ्का लगायतका भूभागसम्म मनसुनको आगमन भएको र बङ्गालको खाडीबाट जमिनको भूभागतर्फ मनसुन अगाडि बढ्ने क्रममा रहेको छ। आज दिउसो सातै प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही एक–दुई स्थानमा  चट्याङ्गसहित हल्काद...
पाँच सार्वजनिक संस्थान खारेज गर्ने निर्णय, एक वर्षभित्र कार्यान्वयन हुने

पाँच सार्वजनिक संस्थान खारेज गर्ने निर्णय, एक वर्षभित्र कार्यान्वयन हुने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ सरकारले पूर्ण वा बहुसंख्यक स्वामित्व रहेका पाँच सार्वजनिक संस्थान खारेज गर्ने निर्णय लिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सोमबार स्वीकृत कार्ययोजनाअनुसार जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सेवा केन्द्र, नेशनल कन्स्ट्रक्सन कम्पनी नेपाल, र नेपाल ओरियन्ड म्याग्नेसाइट कम्पनी खारेज गरिने भएका छन्। सरकारले यो प्रक्रिया एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ। खारेज हुने संस्थानहरूको सम्पत्ति नेपाल सरकारको नाममा ल्याइ व्यवस्थापन गरिने उल्लेख गरिएको छ। अर्थ मन्त्रालयलाई कार्यान्वयनको जिम्मा दिइएको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अनुगमन गर्नेछ। यो कदम असक्षम र घाटामा गएका सार्वजनिक संस्थानको व्यवस्थापन सुधारका लागि लिइएको महत्वपूर्ण नीतिगत निर्णयका रूपमा हेरिएको छ। ...
तीन प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो यी स्थानमा पानी पर्ने

तीन प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो यी स्थानमा पानी पर्ने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा शुक्रबार बिहान वर्षा भएको छ। पछिल्लो ६ घन्टामा चितवनको शक्तिखोरमा ३४.२ मिलिमिटर वर्षा भएको छ। शुक्रबार दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान छ। त्यस्तै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। द...
रुपन्देहीमा दुई दिने डिजिटल पत्रकारिता तालिम सुचारु

रुपन्देहीमा दुई दिने डिजिटल पत्रकारिता तालिम सुचारु

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
बुटवल नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजनामा दुई दिने डिजिटल पत्रकारिता तालिम बुटवलमा सञ्चालन गरिएको छ। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले प्रदेशका सबै जिल्लाका पत्रकारहरुका लागि क्षमता अभिवृद्धि सम्वन्धि डिजिटल पत्रकारिता तालिम सञ्चालन गरेको हो। अन्य जिल्लाहरूमा तालिम सम्पन्न भइसकेको छ। बिहिबार र शुक्रबार रूपन्देही,नवलपरासीका साथै अन्य जिल्लामा छुटेका पत्रकारका लागि बुटबलमा तालिम सञ्चालन गरिएको हाे। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौंलागाईंले पत्रकारको क्षमता अभिवृद्धि र बढ्दो प्रविधिको उपभोग गर्न सहज होस् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए । अध्यक्ष चौलागाईंले महासंघले तालिमहरू संगै पत्रकारका वृद्धि विकास र हकहितका लागि अभिभावकीय भूमिका खेलिरहेको र कल्याकारी कोष मार्फत साथ सहयोग गर्ने योजना रहेको बताए। कार्यक्रम संयोजक तथा म...
आईपीएल क्रिकेटमा आज गुजरात र लखनउ खेल्दै

आईपीएल क्रिकेटमा आज गुजरात र लखनउ खेल्दै

Breaking news 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाइटन्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । अहमदाबादमा हुने खेल नेपाली समयअनुसार राति पौने ८ बजे शुरू हुनेछ । आईपीएलमा गुजरात शीर्ष स्थानमा छ भने लखनउ बाहिरिसकेको छ । गुजरात १२ खेलमा १८ अङ्कसहित तालिकामा शीर्ष स्थानमा रहँदा लखनउ १० अङ्कसहित सातौं स्थानमा छ । आईपीएलमा क्वालिफायरको खेल जेठ १५ र इलिमिनेटरको खेल जेठ १६ मा हुनेछ । त्यस्तै अर्को क्वालिफायर दुई जेठ १८ गते हुनेछ । फाइनल खेल जेठ २० मा हुनेछ । ...
गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन उपसमितिमा आफ्नो पार्टीलाई बाइपास गरेको भन्दै माओवादीको आपत्ति

गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन उपसमितिमा आफ्नो पार्टीलाई बाइपास गरेको भन्दै माओवादीको आपत्ति

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं नेकपा माओवादी केन्द्रले भैरहवाको गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अध्ययनका लागि गठित संसदीय उपसमितिमा आफ्नो पार्टीको प्रतिनिधि नसमेटिएको भन्दै आपत्ति जनाएको छ । आज लेखा समिति बैठकमा सांसद लेखनाथ दाहालले भने, ‘भैरहवा क्षेत्रीय विमानस्थल अध्ययनमा हाम्रो दलमा आवद्ध माननीयज्यूलाई सहभागिता नगराइकन उपसमिति बनाइएको छ । म गम्भिर आपत्ति जनाउँछु ।’ नेपाली कांग्रेसकी सांसद मञ्जु खाण संयोजक रहेको उपसमितिमा एमालेबाट योगेश भट्टराई, सराज अहमद फारूकी र अच्युतप्रसाद मैनाली, कांग्रेसबाट खाणसँगै प्रमुख सचेतक श्यामकुमार घिमिरे, रास्वपाबाट मनिषकुमार झा, राप्रपाबाट विक्रम पाण्डे र स्वतन्त्र सांसद अमरेशकुमार सिंह छन् । दाहालले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलको हुनुपर्ने अडान पुनस् दोहोर्‍याएका छन् । आफूहरूले यो विषय पटक(पटक उठाइरहे पनि सुनुवाइ नभएको उनको भनाइ छ ।...