जेन–जी आन्दोलनमा लुम्बिनी प्रदेशका २५९ सरकारी तथा नीजि भवनमा क्षति, प्रमुख नेताका अधिकांश घर ध्वस्त
रुपन्देहीजेन–जी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका २५९ वटा निजी, संघसंस्था र सरकारी भवन क्षति पुगेको छ । २३ र २४ भदौमा भएको आन्दोलनमा अराजक समूहले तोडफोड र आगजनी गर्दा लुम्बिनी प्रदेशका प्रदेशका ७ जिल्लाका सरकारी तथा निजी भवनका साथै संघसंस्थाका भवनहरूमा क्षति पुगेको हो।लुम्बिनी प्रदेश प्रहरी कार्यालयले तयार पारेको विवरण अनुसार १३१ सरकारी भवन, ७३ नीजि तथा व्यवसायीक भवन, पार्टी कार्यालय तथा संघसंस्थाका भवन ४१ र १४ प्रहरी कार्यालय गरी २५९ भवनमा क्षति पुगेको छ ।लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार नवलपरासी पश्च्मिमा २१ सरकारी भवनमा क्षति पुगेको छ । यस्तै दाङमा ४१, बाँकेमा २३, बर्दियामा १, अर्घाखाँचीमा ५, कपिलबस्तुमा ६ र रुपन्देहीमा ३४ वटा सरकारी भवनमा क्षति पुगेको छ ।यस्तै आन्दोलनको क्रममा लुम्बिनी प्रदेशका ७३ नीति तथा व्यवसायीक भवनहरुमा तोडफोड, आगजनी र लुटपाट भएको छ । नवलपरासी पश्च्म...








