Breaking news 2

किन जाने बुटबलको सिद्धार्थ केवलकार

किन जाने बुटबलको सिद्धार्थ केवलकार

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलविकासको बढ्दो स्वरूप संगै मानिसलाई इतिहास ,प्रकृति ,धार्मिक, सांस्कृतिक ,पुरातात्विक जस्ता विषयहरु अत्यन्त महत्वपूर्ण हुन्छन्।मानिसले यी विविध पक्षहरूसँगै रमाउने वातावरणको अपेक्षा राखेको हुन्छ। जसका लागि प्राकृतिक सम्पदाहरू, धार्मिक सम्पदाहरू, ऐतिहासिक सम्पदाहरु, सांस्कृतिक सम्पदाहरु, पुरातात्विक सम्पदाहरु लाई आधुनिक प्रविधिसँगै श्रव्य, दृश्य अध्ययन , अवलोकन गरी मानिस रमाउन चाहन्छन्। जसका लागि आधुनिक प्रविधिमा यात्रा गरी प्रकृतिको मजा लिँदै धार्मिक, सांस्कृतिक, पुरातात्विक , प्राकृतिक पक्षहरूको अवलोकन गर्दै आनन्दित दिने गन्तव्य बनेको छ केवलकार। रूपन्देहीको बुटवल उपमहानगरपालिका वार्ड नं १ देउराली डाँडाबाट पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वार्ड नम्बर २ नुवाकोट गढीसम्म पुग्ने २ कि.मि. दुरीको सिद्धार्थ केवलकार सुचारु भईरहेको छ। केवलकारमा सामुद्रिक सतहदेखि ८ सय मिटर उचाइमा रहेको...
रोजगारी सिर्जना गफले होइन, श्रम र उत्पादनले सम्भव हुन्छ : हर्क साम्पाङ

रोजगारी सिर्जना गफले होइन, श्रम र उत्पादनले सम्भव हुन्छ : हर्क साम्पाङ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँश्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले रोजगारी सिर्जना केवल भाषण र गफले सम्भव नहुने बताएका छन्।आइतबार निर्वाचन आयोगबाट पार्टी दर्ताको प्रमाणपत्र प्राप्त गर्दै उनले उत्पादन वृद्धि नै रोजगार सुनिश्चित गर्ने माध्यम हुने बताएका हुन्।साम्पाङले भने, “हामी फिल्डमा काम गर्ने संगठन निर्माण गर्दैछौं। केवल अफिसमा बसेर भाषण गर्ने सीमिततामा रहँदैनौं। उत्पादन र निर्माणसँगै सामाजिक तथा आर्थिक रूपान्तरणका लागि सक्रिय रूपमा काम गर्छौं।” उनका अनुसार, उत्पादन विस्तार हुन नसक्दा देशमा बेरोजगारी बढ्दै गएको छ। उनले थपे, “आजसम्म जुन काम हुन सकेको छैन, त्यसलाई अब अघि बढाउँछौं। देशमा काम गर्न प्राथमिकता दिनुपर्छ, उत्पादन बढाउनु जरुरी छ, अहिले प्रायः सबै बेरोजगार छन्।” साम्पाङले श्रम संस्कृति पार्टीले उत्पादन, निर्माण, सामाजिक र आर्थिक रूपान्तरणका क्षेत्रमा व्य...
प्रचण्ड–माधवहरूको चुनाव चिन्ह ‘तारा’ रहने

प्रचण्ड–माधवहरूको चुनाव चिन्ह ‘तारा’ रहने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीसहित विभिन्न आठ वटा कम्युनिष्ट पार्टीहरूले एकता गर्ने सहमति गरेका छन् । सहमतिपत्रमा हस्ताक्षर गरेसँगै उनीहरूले पार्टीको चुनाव चिन्ह ‘तारा’ रहने उल्लेख विज्ञप्तिमार्फत जनाएका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको छलफलपछि आठ वटा राजनीतिक दलले एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपाका महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, ने.क.पा. माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र ने.क.पा. साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।सहमति अनुसार, एकता राष्ट्रिय महाधिवेशन ...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ जल तथा मौसम विज्ञान विभागले नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।साथै हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि अधिकांश बदली रही बाँकी प्रदेशमा आंशिक बदली छ भने कोशी , बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।त्यसैगरी आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने र कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । त्यस्तै आज राती कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने छ भने कोश...
महसुल नतिर्ने उद्योगको लाइन काट्नु व्यक्तिगत अहङ्कारको विषय होइन: कुलमान घिसिङ

महसुल नतिर्ने उद्योगको लाइन काट्नु व्यक्तिगत अहङ्कारको विषय होइन: कुलमान घिसिङ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गरेबापतको प्रिमियम महसुल नतिर्ने ठुला उद्योगहरूको लाइन काट्ने कार्य कानुनसम्मत भएको स्पष्ट पारेका छन्। उनले लोडसेडिङको समयमा विशेष सुविधा पाएका उद्योगहरूले नियमित बिल तिरे पनि प्रिमियम महसुलको बक्यौता नतिरेकाले प्राधिकरण लाइन काट्न बाध्य भएको बताएका छन्।घिसिङले शनिबार बिहान फेसबुकमा गरेको पोष्टमा भनेका छन्, जब देश अन्धकारमा डुबेको थियो, आमनागरिक लोडसेडिङको पीडामा थिए, त्यतिबेला केही ठूला उद्योगहरूले डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गरेर विद्युत् आपूर्ति पाएका थिए तर, आजसम्म पनि उनीहरूले त्यसबापतको प्रिमियम महसुल बुझाएका छैनन् । नियमित बिल तिरे पनि प्रिमियम महसुलको बक्यौता तिर्न नमान्दा, नेपाल विद्युत प्राधिकरणले कानुनबमोजिम लाइन काट्न बाध्य भएको हो ।यो निर्णय नयाँ नभएको र विगतमा बक्यौता उठाउने चा...
आज हरिबोधिनी एकादशी मनाइदै

आज हरिबोधिनी एकादशी मनाइदै

Breaking news 2, जीवनशैली, ज्याेतिष, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँकार्तिक शुक्ल एकादशीका दिन आज तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ ।हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिएको हो । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन् ।विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध स्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । सो समयमा खोला, नदीनालामा बाढी आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटाले पोतेर सिँगारी फूलमालाले सजाएर विष्णुको तुलसीसँग विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले ...
इमान्दार नेता र दलको समर्थन गर्नुपर्छ : नेताद्वय सिंह र केसी

इमान्दार नेता र दलको समर्थन गर्नुपर्छ : नेताद्वय सिंह र केसी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलनेकपा(मसाल) का महामन्त्री मोहन विक्रम सिंह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पुरानो वा नयाँ व्यक्ति वा दलको होइन, इमान्दार नेता र दलको समर्थन हुनुपर्छ भन्ने विषय जोडदार उठाएका छन्। उनिहरूले देशमा विदेशी हस्तक्षेप, भ्रष्टाचार र राजनीतिक अस्थिरताबारे कडा चेतावनी दिँदै अन्तरिम सरकारको वैधानिकतामा प्रश्न उठाएका छन् । उनिहरूले जनतासँग इमानदार र निष्कलङ्क नेतृत्व रोज्न आग्रह गरेका छन् । प्रगतिशिल पत्रकार संघले शुक्रबार बुटवलमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा लिखित अभिव्यक्ति राख्दै महामन्त्री सिंहले देश अहिले गम्भीर राजनीतिक संकटको अवस्थामा रहेको बताए । उनले प्रतिनिधिसभा विघटन, अन्तरिम सरकारको गठन र देशभर देखिएका ध्वंसात्मक घटनाहरूले देशलाई गहिरो संकटमा धकेलेको बताए । बुटवलमा आयोजित पत्रकार सम्मेलनमा महामन्त्री सिंहले पार्टी केन्द्रीय समितिको हालै सम्पन्न बैठकका निष...
ओली र लेखकलाई तोकिएको स्थानहद विरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

ओली र लेखकलाई तोकिएको स्थानहद विरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौंसर्वोच्च अदालतले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको राहदानी रोक्का तथा स्थानहद सम्बन्धी सरकारको निर्णय विरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । ओली र लेखकलाई स्थानहद तोक्नु कानून विपरीत हुने भन्दै अधिवक्ता डा. प्रेमराज सिलवालले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए । कात्तिक १२ गते दर्ता गरिएको उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको इजलासले कारण देखाऊ आदेश जारी गरेका छन् ।जेनजी आन्दोलन छानबिन आयोगको सिफारिसका आधारमा सरकारले ओली, लेखकसहित पाँच जनाको राहदानी रोक्का गरेको थियो । उनीहरूलाई सरकारी अनुमति बिना काठमाडौं उपत्यका बाहिर जान नपाउने गरी स्थान हद समेत तोकेको थियो । ...
तीन महिनामा नेपाल प्रहरी र सशस्त्रका एक हजारले दिए राजीनामा

तीन महिनामा नेपाल प्रहरी र सशस्त्रका एक हजारले दिए राजीनामा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) मा तीन महिनाभित्र करिब एक हजार सुरक्षाकर्मीले राजीनामा दिएका छन् । नेपाल प्रहरीका करिब साढे ४ सय र एपीएफका करिब साढे ५ सय अधिकृत र जवानले राजीनामा दिएका हुन् । राजीनामा दिनेमध्ये कोही २० वर्ष सेवा पूरा गरेका छन् भने कोही ५ वर्ष मात्रै सेवा गरेका पनि छन् ।राजीनामा दिने अधिकांशले ‘घरायसी’ कारण देखाएको दुवै सुरक्षा निकायले जनाएका छन् । केही दिनअघि मात्रै नेपाल प्रहरीका एसएसपी प्रकाश रानाभाटले प्रहरी सेवाबाट राजीनामा दिएका छन् । उनले पनि कारणमा ‘व्यक्तिगत’ उल्लेख गरेका छन् । उनको राजीनामा स्वीकृत हुन बाँकी छ । राजीनामा दिनेहरूमा जवानदेखि वरिष्ठ नायब निरीक्षक तहसम्मका सबैभन्दा बढी छन् । जेन–जी आन्दोलनपछि राजीनामा दिने क्रम बढ्न थालेको सुरक्षा निकायका अधिकारीहरू बताउँछन् । जेन–जीले २३ भदौमा गरेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा २२ जना युवा...
माधव नेपालसहितका भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

माधव नेपालसहितका भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमान्डौ पतञ्जलि योगपीठ र आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दा विशेष अदालतमा आज सुनुवाइका लागि पेशी तोकिएको छ । विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावलको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुनेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाउँदै गत जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बराबरको बिगो, जरिवाना र सजाय मागदाबी गरेको छ ।अख्तियारका अनुसार तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले पदको दुरुपयोग गरी सरकारी सार्वजनिक सम्पत्ति व्यक्तिगत र संस्थागत स्वार्थमा हस्तान्तरण गरेको र सो क्रममा भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोप लागेको छ । ने...