अहिलेको अवस्थाको निकास एमालेले दिन्छ : एमाले सचिव विश्वकर्मा


रुपन्देही
नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले एमालेले मात्र देशको वर्तमान अवस्थाको निकास दिन सक्ने दावी गरे। उनले एमालेको बहुमतको सरकार बिना देशले निकास पाउन नसक्ने बताए।
प्रतिनिधि सभा निर्वाचन अन्र्तगत नेपाल कम्यूनिष्ट पार्टी (एमाले) ओमसतिया गाउँपालिका–१, को प्रचारप्रसार कार्यालय तथा घरदैलो अभियानको उद्घाटन गर्दै उनले देशको वर्तमान अवस्थाको निकासको लागि एमालेका उम्मेदवारले जित्न आवश्यक रहेकोमा जोड दिए।
पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य समेत रहेका नेता विश्वकर्माले एमालेको नेतृत्वले क्षेत्रको विकासको लागि महत्वपूर्ण योजना अगाडि सारेको बताए । यसलाई पूर्णता दिनको लागि एमालेले जित्न आवश्यक रहेको उनको भनाइ छ । सचिव विश्वकर्माले एमालेको नेतृत्वले दशगजादेखि पाल्पा जोड्ने गरी योजना अगाडि बढाएको बताए ।
सोही अवसरमा बोल्दै एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार दधिराम न्यौपानेले कृषिको विकासले मात्र देशलाई समृद्धि बनाउने बताए । उहाँले रुपन्देहीको क्षेत्र नम्बर १ कृषिको प्रचुर सम्भावना रहेको बताए । उम्मेदवार न्यौपानेले कृषिको माध्यमबाट यस क्षेत्रको विकास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

छुटाउनुभयो कि ?

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौँसाउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमण रोक्ने क्रममा खसेका टुक्राबाट एक नेपालीसहित दुई विदे...
आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

काठमाडौँविजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीहरूका लागि आज पनि दसैँको टीका लगाउने क्रम जारी छ । आश्विन शु...
रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

बुटवलरुपन्देहीमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत अघिल्लो असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्ब...
युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

काठमाडौंयुक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुट...