अहिलेको अवस्थाको निकास एमालेले दिन्छ : एमाले सचिव विश्वकर्मा


रुपन्देही
नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले एमालेले मात्र देशको वर्तमान अवस्थाको निकास दिन सक्ने दावी गरे। उनले एमालेको बहुमतको सरकार बिना देशले निकास पाउन नसक्ने बताए।
प्रतिनिधि सभा निर्वाचन अन्र्तगत नेपाल कम्यूनिष्ट पार्टी (एमाले) ओमसतिया गाउँपालिका–१, को प्रचारप्रसार कार्यालय तथा घरदैलो अभियानको उद्घाटन गर्दै उनले देशको वर्तमान अवस्थाको निकासको लागि एमालेका उम्मेदवारले जित्न आवश्यक रहेकोमा जोड दिए।
पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य समेत रहेका नेता विश्वकर्माले एमालेको नेतृत्वले क्षेत्रको विकासको लागि महत्वपूर्ण योजना अगाडि सारेको बताए । यसलाई पूर्णता दिनको लागि एमालेले जित्न आवश्यक रहेको उनको भनाइ छ । सचिव विश्वकर्माले एमालेको नेतृत्वले दशगजादेखि पाल्पा जोड्ने गरी योजना अगाडि बढाएको बताए ।
सोही अवसरमा बोल्दै एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार दधिराम न्यौपानेले कृषिको विकासले मात्र देशलाई समृद्धि बनाउने बताए । उहाँले रुपन्देहीको क्षेत्र नम्बर १ कृषिको प्रचुर सम्भावना रहेको बताए । उम्मेदवार न्यौपानेले कृषिको माध्यमबाट यस क्षेत्रको विकास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

छुटाउनुभयो कि ?

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...
लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

बुटवललुम्बिनी प्रदेश सरकारले रसुवालगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्...