गुल्मीको रेसुङ्गा विमानस्थलमा सातामा तीन पटक उडान हुने


गुल्मी
गुल्मीको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीन पटक मात्र हवाई उडान गरिने भएको छ । नेपाल वायु सेवा निगमले यस अघि गुल्मीमा बिहीबार हुँदै आएको हवाई उडानको तालिकामा परिवर्तन गरेको हो ।

नेपाल वायु सेवा निगमले यस अघि आइतबार, मङ्गलवार, बिहीबार र शनिवार गरि सातामा चार पटक उडान गर्दै आएको थियो । उडान तालिकामा परिवर्तन गरेसँगै अबदेखि आइतबार, मङ्गलवार र शनिवार गरी सातामा तीन पटक मात्र उडान हुने भएको रेसुङ्गा विमानस्थल गुल्मीका स्टेसन प्रमुख मन थापाले जानकारी दिएका छन् ।

नेपाल वायुसेवा निगमका हाल तीन वटा मात्र ट्विनअटर जहाज रहेको र उक्त जहाजहरू समय समयमा मर्मत गर्नु पर्ने भएका कारण जहाजको अभावमा केही समयका लागि निगमले यस अघिको नियमित तालिकामा परिवर्तन गरेको थापाले बताए । बर्सादको समय, खराब मौसम र बाक्लो हुसुका कारण बाहेक पछिल्लो तीन महिना गुल्मीको रेसुङ्गा विमानस्थलमा नियमित रूपमा हवाई उडान हँुदै आइरहेको छ ।

रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले १८ सिट क्षमताको ट्विनअटर जहाजबाट काठमाण्डौदेखि बिहान ६ः३० बजे रेसुङ्गा विमानस्थलदेखि बिहान ७ :ः३० बजे उडान गर्दै आइरहेको छ । निगमले काठमाडौँबाट गुल्मीका लागि ७ हजार पाँच सय रुपैंया र गुल्मीदेखि काठमाडौँका लागि ७ हजार तीन सय रुपैयाँ भाडा दर निर्धारण गरेको छ । रेसुङ्गा विमानस्थलमा दिउसोको समयमा अत्यधिक हावाको चाँप हुने भएकोले प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान हुने गर्दछ ।

गुल्मीमा हवाई उडान सुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं बाह्य पर्यटकहरूको सख्ंयामा समेत बृद्धिहुँदै गएको छ । १८ घण्टा लामो यात्रा गरेर राजधानी पुग्नुपर्ने बाध्यता रहेको यस क्षेत्रका नागरिकहरूले आकाश मार्गबाट ४५ मिनेटमै सहज रूपमा गुल्मीबाट राजधानी आवतजावत गर्न सहज बनेको छ ।

जिल्लामा हवाई सेवा लिने नागरकहरुको चाँप पछिल्लो समयमा बढ्दै गएको छ । तर यात्रुहरूको चाँप बढे पनि उडान सङ्ख्या थोरै हुने र उडान तालिकामा परिवर्तन भइरहने भएका कारण यस क्षेत्रका नागरिकहरू समस्यामा परेका छन् ।

गुल्मीमा नेपाल वायुसेवा निगमले २०८० वैशाख २९ गतेदेखि व्यावसायिक रूपमा हवाई उडान सेवा सुरु गरेको थियो ।

छुटाउनुभयो कि ?

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौँसाउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमण रोक्ने क्रममा खसेका टुक्राबाट एक नेपालीसहित दुई विदे...
आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

काठमाडौँविजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीहरूका लागि आज पनि दसैँको टीका लगाउने क्रम जारी छ । आश्विन शु...
रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

बुटवलरुपन्देहीमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत अघिल्लो असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्ब...
युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

काठमाडौंयुक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुट...