गुल्मीको रेसुङ्गा विमानस्थलमा सातामा तीन पटक उडान हुने


गुल्मी
गुल्मीको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीन पटक मात्र हवाई उडान गरिने भएको छ । नेपाल वायु सेवा निगमले यस अघि गुल्मीमा बिहीबार हुँदै आएको हवाई उडानको तालिकामा परिवर्तन गरेको हो ।

नेपाल वायु सेवा निगमले यस अघि आइतबार, मङ्गलवार, बिहीबार र शनिवार गरि सातामा चार पटक उडान गर्दै आएको थियो । उडान तालिकामा परिवर्तन गरेसँगै अबदेखि आइतबार, मङ्गलवार र शनिवार गरी सातामा तीन पटक मात्र उडान हुने भएको रेसुङ्गा विमानस्थल गुल्मीका स्टेसन प्रमुख मन थापाले जानकारी दिएका छन् ।

नेपाल वायुसेवा निगमका हाल तीन वटा मात्र ट्विनअटर जहाज रहेको र उक्त जहाजहरू समय समयमा मर्मत गर्नु पर्ने भएका कारण जहाजको अभावमा केही समयका लागि निगमले यस अघिको नियमित तालिकामा परिवर्तन गरेको थापाले बताए । बर्सादको समय, खराब मौसम र बाक्लो हुसुका कारण बाहेक पछिल्लो तीन महिना गुल्मीको रेसुङ्गा विमानस्थलमा नियमित रूपमा हवाई उडान हँुदै आइरहेको छ ।

रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले १८ सिट क्षमताको ट्विनअटर जहाजबाट काठमाण्डौदेखि बिहान ६ः३० बजे रेसुङ्गा विमानस्थलदेखि बिहान ७ :ः३० बजे उडान गर्दै आइरहेको छ । निगमले काठमाडौँबाट गुल्मीका लागि ७ हजार पाँच सय रुपैंया र गुल्मीदेखि काठमाडौँका लागि ७ हजार तीन सय रुपैयाँ भाडा दर निर्धारण गरेको छ । रेसुङ्गा विमानस्थलमा दिउसोको समयमा अत्यधिक हावाको चाँप हुने भएकोले प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान हुने गर्दछ ।

गुल्मीमा हवाई उडान सुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं बाह्य पर्यटकहरूको सख्ंयामा समेत बृद्धिहुँदै गएको छ । १८ घण्टा लामो यात्रा गरेर राजधानी पुग्नुपर्ने बाध्यता रहेको यस क्षेत्रका नागरिकहरूले आकाश मार्गबाट ४५ मिनेटमै सहज रूपमा गुल्मीबाट राजधानी आवतजावत गर्न सहज बनेको छ ।

जिल्लामा हवाई सेवा लिने नागरकहरुको चाँप पछिल्लो समयमा बढ्दै गएको छ । तर यात्रुहरूको चाँप बढे पनि उडान सङ्ख्या थोरै हुने र उडान तालिकामा परिवर्तन भइरहने भएका कारण यस क्षेत्रका नागरिकहरू समस्यामा परेका छन् ।

गुल्मीमा नेपाल वायुसेवा निगमले २०८० वैशाख २९ गतेदेखि व्यावसायिक रूपमा हवाई उडान सेवा सुरु गरेको थियो ।

छुटाउनुभयो कि ?

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...
लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

बुटवललुम्बिनी प्रदेश सरकारले रसुवालगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्...