रूपन्देहीमा ब्राउन सुगरसहित दुई जना पक्राउ


बुटवल
जिल्ला प्रहरी कार्यालय रूपन्देही प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
रूपन्देही गैँडहवा गाउँपालिका–गोबडौरी भन्ने ठाउँमा इलाका प्रहरी कार्यालय सूर्यपूरा रूपन्देही र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
लुम्बिनीबाट सूर्यपूरातर्फ से ३ प ६०० नं को मोटरसाइकलमा आउँदै गरेका रूपन्देहीको मायादेवी गाउँपालिका–१ वसन्तपुर बस्ने ३४ वर्षीय जगदिश कुर्मी र सोही मोटरसाइकल पछाडि सवार गैँडहवा गाउँपालिका–४ कुसुमहवा बस्ने ३१ वर्षीय महेश कुर्मीबाट उक्त लागुऔषध बरामद गरिएको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए ।
प्रहरीले निजहरू बस्ने घरकोठा खानतलासी गर्दा ३७ ग्राम ४७० मिलिग्राम लागुऔषध ब्राउन सुगर र डिजिटल तराजुसहित फेला पारेको थियो । पक्राउ परेका दुवै जनाविरुद्ध इलाका प्रहरी कार्यालय लुम्बिनीले थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौँसाउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमण रोक्ने क्रममा खसेका टुक्राबाट एक नेपालीसहित दुई विदे...
आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

काठमाडौँविजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीहरूका लागि आज पनि दसैँको टीका लगाउने क्रम जारी छ । आश्विन शु...
रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

बुटवलरुपन्देहीमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत अघिल्लो असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्ब...
युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

काठमाडौंयुक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुट...