Breaking news 2

बालेनलाई लक्षित गर्दै हर्क साम्पाङले भने– लुकेर देश खरानी बनाउनेसँग भेट्दिन

बालेनलाई लक्षित गर्दै हर्क साम्पाङले भने– लुकेर देश खरानी बनाउनेसँग भेट्दिन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवल धरान उपहानगरपालिकाका मेयर हर्क साम्पाङ (हर्कराज राई) ले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनसँग भेट नगर्ने बताएका छन्।राजनीतिक भेटघाटमा सक्रिय बालेनले बिहीबार साँझ जेनजीको जिम्मा रक्षा बमलाई दिँदै गोपी हमालदेखि हर्क साम्पाङसम्म मिलाउने काम आफूले गर्ने बताएपछि साम्पाङले यसमा आफू सामेल नहुने अडान व्यक्त गरेका हुन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठनका बेला प्रधानमन्त्री बन्न दौडधुप गरेका साम्पाङ त्यतिबेला आफूलाई समर्थन र सहयोग नगरेको भन्दै बालेनसँग रुष्ट छन्। त्यसयता उनले बालेनविरुद्ध निरन्तर सामाजिक सञ्जालमा लेखिरहेका छन्। यसै क्रममा शुक्रबार बिहानै उनले बालेनको नाम नलिईकन फेसबुकमा लेखेका छन्, ‘मिडिया ट्रायल गर्न छोड! जेनजीलाई दुरुपयोग गर्ने र लुकेर देश खरानी बनाउने गेमरसँग हर्क साम्पाङ भेट्दैन। अफवाह फैलाउन छोड!’ ...
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माद्वारा यसपटक चुनाव नलड्ने घोषणा

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माद्वारा यसपटक चुनाव नलड्ने घोषणा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यसपटक प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन् । गत वर्ष पुस महिनामै झापामा आफूले चुनाव नलड्ने विषयमा जानकारी गराइसकेको उल्लेख गर्दै शर्माले झापा–१ का कांग्रेस नेता–कार्यकर्तालाई औपचारिक रूपमा जानकारी गराइसकेपछि कार्यसम्पादन समितिको बैठकमा चुनाव नलड्ने निर्णय सार्वजनिक गरेका हुन् ।महामन्त्री शर्माले पार्टीको महामन्त्रीको जिम्मेवारी प्रभावकारी रूपमा बहन गर्दै अन्य साथीहरूलाई अवसर दिन यो निर्णय लिएको स्पष्ट पारे ।“म २०७० मा चुनाव लडेँ, २०७४ मा पनि लडेँ र २०७९ मा सानदार ढंगले जितेको हुँ,” शर्माले भने, “स्थानीय तह निर्वाचनमा हामी नौ हजार मतले पछाडि थियौँ, तर प्रतिनिधिसभा निर्वाचनमा १४ हजार मतले जितेका हौँ । यसपटक पनि कांग्रेसले चुनाव जित्छ । चुनाव जिताउन म सक्रिय रूपमा काम गर्नेछु ।” उनले २०४८ सालदेखि हालसम्म एउटै क्षेत्र ...
सरकारको नेतृत्व गर्न दिनुहोस्, देशलाई निकास दिन्छौँ: विप्लव

सरकारको नेतृत्व गर्न दिनुहोस्, देशलाई निकास दिन्छौँ: विप्लव

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले अन्तरिम सरकारको नेतृत्व गर्न दिन आग्रह गरेका छन्।बिहीबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै विप्लवले देशलाई अग्रगामी निकासतिर लैजान जरुरी रहेको बताएका छन्। त्यसका लागि सर्वपक्षीय सरकार जरुरी रहेको उनको भनाइ छ। ‘देशलाई अग्रगामी निकासतिर लैजानुपर्छ। अहिलेको सुशीला कार्कीको सरकारलाई पनि छलफलमा ल्याएर एउटा निकास दिनुपर्छ,’ उनले भने, ‘जनताका अधिकार अधुरा भए, संविधान अपूर्ण भयो।’ समाजवादी संघीयता आजको नेपालको ढाँचा हुनुपर्ने उल्लेख गर्दै अग्राधिकार सहितको संघीय संरचना बन्नुपर्ने, नेपालका सबै राज्यका अंगमा सबै जनताले अपनत्व ठान्ने गरी पुनःसंरचना हुनुपर्नेमा जोड दिएका छन्। ‘समाजवादी संघीयता आजको नेपालको ढाँचा हुनुपर्छ। अग्राधिकार सहितको संघीय संरचना बन्नुपर्छ। नेपालका सबै राज्यका अंगमा सबै जनताले अपनत्...
ओलीका सर्तपछि सरकार लचिलो : गुण्डुमै बयान लिएर स्थानहद हटाउने, सुरक्षा बढाउने

ओलीका सर्तपछि सरकार लचिलो : गुण्डुमै बयान लिएर स्थानहद हटाउने, सुरक्षा बढाउने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ जेनजी आन्दोलनको तीन महिनापछि मंगलबार शीतलनिवासले प्रधानमन्त्री सुशीला कार्कीसित शीर्ष तीन नेताको भेट जुरायो। यो भेटमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड मध्यस्थकर्ता जसरी प्रस्तुत हुँदा कांग्रेस सभापति शेरबहादुर देउवाले छोटो बोलेर टुंग्याए।तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने निकै आक्रोशित रूपमा प्रस्तुत भए। भेटको सुरुमा राष्ट्रपतिले विषय उठान गर्दै परिस्थितिको बारेमा बताए। अहिलेको अवस्थामा निर्वाचनको विकल्प नरहेको भन्दै त्यसैमा केन्द्रित हुन दलहरूलाई आग्रह गरे। ‘देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनावको घोषणा भएको हो। यो गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको एक मात्र दायित्व हो,’ सचिवालयका अनुसार राष्ट्रपति पौडेलले छलफलमा भनेका थिए। त्यसपछि बोलेका प्रचण्डले सुरुमा सरकारले गरिरहेको ...
गौतमबुद्ध मुटु अस्पतालले १२औं वार्षिकोत्सव मनाउँदै, भारतबाट समेत विरामी आउने गरेको सामुदायिक अस्पतालमा आर्थिक अभाव

गौतमबुद्ध मुटु अस्पतालले १२औं वार्षिकोत्सव मनाउँदै, भारतबाट समेत विरामी आउने गरेको सामुदायिक अस्पतालमा आर्थिक अभाव

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीको बुटवलमा रहेको गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्था द्वारा सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको १२औं वार्षिकोत्सव विहिबार बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सम्पन्न हुंदै छ ।भने लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। विषेशत मुटु र मृगौलाको उपचार गर्दै आएको सामुदायिक अस्पतालले नेपाल मात्र नभएर भारतीय नागरिक समेत उपचारका लागि आउने गरेका छन्। विरामी हरुको चाप अत्यधिक हुने र सामुदायिक अस्पताल भएकाले सरकारले सञ्चालन गरेको विपन्न नागरिक औषधि उपचार कार्यक्रमको भुक्तानी स्वास्थ्य विभाग र विमा बोर्डबाट आउने गरेको र मुटु र मृगौलाका विरामीको अस्पतालमा लागेको लगानी यस आर्थिक वर्षमा आईपुग्दा २० करोड ३९लाख ३१हजार ८७९ मा जम्मा २करोड५८लाख२२हजार ५सय मात्र सरकारबाट भुक्तानी पाएको गुनासो अस्पतालको छ। बिहीबार पत्रकार सम...
प्रतिनिधि सभा निर्वाचनको सुरक्षा योजना तयार

प्रतिनिधि सभा निर्वाचनको सुरक्षा योजना तयार

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको सुरक्षार्थ एक लाख ३६ हजार म्यादी (अस्थायी) प्रहरी भर्ना गरिने भएको छ ।‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ कार्ययोजना’ अनुसार प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षार्थ आवश्यक जनशक्ति पदपूर्तिका लागि म्यादी प्रहरी भर्ना कार्यविधि तयार गरी स्वीकृतिका लागि गृह मन्त्रालयसमक्ष पेस गर्ने तयारी गरेको छ । कार्यविधिको मसौदामा निर्वाचन सुरक्षार्थ ४० दिनका लागि एक लाख ३६ हजार ८११ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेले निर्वाचन सुरक्षार्थ नेपाल प्रहरीबाट ७७ हजार ७७ जना प्रत्यक्ष रूपमा परिचालन हुने र थप अपुग जनशक्ति एक लाख ३६ हजार म्यादी प्रहरी भर्ना गर्ने गरी गृहकार्य भइरहेको बताउनुभयो । निर्वाचन अघि, निर्वाचनको अवधि र निर्वाचनपछि गरी परिचालन हुने म्यादी प्रहरीक...
शेयर बजारमा सामान्य करेक्सन, कारोबार रकम घट्यो

शेयर बजारमा सामान्य करेक्सन, कारोबार रकम घट्यो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार
काठमाडौँनेप्सेमा आज सामान्य करेक्सन भएको छ । मंगलबार नेप्से ३.२७ अंकले बढेर २५८४.४९ विन्दुमा पुगेर रोकिएको छ । आज ३२८ कम्पनिका ७६ लाख ६८ हजार ९१५ कित्ता शेयर ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार ९४२ मा कारोबार भएको थियो । आज विकास बैंक, लगानी, जीवन वीमा, म्युचुअल फण्ड, निर्जीव वीमा र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।आज एसवाई प्यानलको शेयर मुल्य सर्बाधिक ७.०१ प्रतिशतले बढेको छ भने गुराँस लघुवित्तको शेयर ६.०१ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी सिटिजन लाइफ इन्सुरेन्सको ५.९७ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको ३० करोड ९८ लाख कारोबार भएको छ भने सागर डिस्टिलरीको ८५ लाखको कारोबार भएको छ । ...
एमसीसी अन्तर्गतका २३ दशमलव ६६ मिलियन डलरका दुई ठेक्का सम्झौता

एमसीसी अन्तर्गतका २३ दशमलव ६६ मिलियन डलरका दुई ठेक्का सम्झौता

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँएमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत सडक मर्मतसम्भारका लागि कुल २३ दशमलव ६६ मिलियन अमेरिकी डलर बराबरका दुई महत्वपूर्ण सम्झौता भएको छ ।यी नयाँ सम्झौताले नेपालको सडक पूर्वाधारलाई बलियो बनाउने र दीर्घकालीन आर्थिक वृद्धिलाई अगाडि बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।यी सम्झौतामध्ये लुम्बिनी प्रदेशको दाङ जिल्लामा पर्ने पूर्व–पश्चिम राजमार्गको धनखोला–लमही खण्डमा फुल–डेप्थ रिक्लेमेसन र सुपरपेभ प्रविधि प्रयोग गरी सडक पुनःस्थापनाका लागि शर्मा–कुमार संयुक्त उपक्रमसँग २० मिलियन अमेरिकी डलरको सम्झौता गरिएको छ । साथै, उक्त कार्यको सुपरिवेक्षण तथा नारायणघाट–मुग्लिन सडक खण्डको आवधिक मर्मतसम्भारका लागि इन्टरकन्टिनेन्टल कन्सल्टेन्ट्स एण्ड टेक्नोक्र्याट्स प्रा.लि. (आईसीटी) सँग ३ दशमलव ६६ मिलियन अमेरिकी डलरको सम्झौता गरिएको छ ।सम्झौ...
निर्वाचन कार्यतालिका हेरफेर हुंदैन : प्रमुख आयुक्त भण्डारी

निर्वाचन कार्यतालिका हेरफेर हुंदैन : प्रमुख आयुक्त भण्डारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंनिर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन कार्यतालिका हेरफेर गर्दा झन पेचिलो बन्ने भएकाले परिवर्तन गर्न नसकिने बताएका छन् ।सोमबार सिंहदरबारमा प्रधानमन्त्रीको उपस्थितिमा भएको छलफलमा उनले मतदाता नामावली संकलनमा सयम सिमा थप गर्दा मात्रै पनि पेचिलो बनेको उदाहरण दिँदै निर्वाचन कार्यतालिका हेरफेर गर्न संभव नरहेको बताएका हुन् ।‘यदि समानुपातिक निर्वाचन प्रणलीको उम्मेद्वारको नाम पेस गर्ने समय परिवर्तन गरियो भने त्यो परसम्मको समय धक्का लाग्छ । निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावली संकलन गर्न निषेधित थियो हामीले सरकारलाई आग्रह गरेर थप्यौं सयम सिमाले नपुगेर अलिकति अझ थप्दापनि हाम्रा कर्मचारी १५ देखि २० दिन सुत्न पाउनुभएन त्यति पेचिलो बन्यो । अर्को जनशक्ति थपेर गरौं भने पनि सम्भव छैन । विधि र प्रक्रिया जानेको व्यक्तित्व त चाहियो नि हामीलाई त्यसैल...
बुटवलबाट “जेष्ठ नागरिकसंग नगर प्रमुख निःशुल्क स्वास्थ्य उपचार कार्यक्रम”को शुरुवात

बुटवलबाट “जेष्ठ नागरिकसंग नगर प्रमुख निःशुल्क स्वास्थ्य उपचार कार्यक्रम”को शुरुवात

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवल उपमहानगरपालिकाले जेष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य उपचारका लागि "बा-आमासंग नगरप्रमुख निःशुल्क स्वास्थ्य चेकजाँच तथा उपचार" कार्यक्रमको शुरुवात गरेको छ।सोमबार बुटवल उपमहानगरपालिका वडा नम्बर १स्वास्थ्य केन्द्र , परोपकार भवनबाट शुभारम्भ गर्दै नगर प्रमुख खेलराज पाण्डेले उपमहानगरका सवै जेष्ठ नागरिक बा-आमाहरुको निःशुल्क स्वास्थ्य चेकजाँच र उपचार गर्ने कामको शुरुवात गरेका छन्।उपमहानगर भित्रका १९ वटै वडाहरूका जेष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य उपचारको लागि सिफारिस लगायतका पहल कदमी गरिरहनु परेको बताउंदै अब जेष्ठ नागरिकहरुलाई त्यो झन्झटबाट मुक्त गराई जेष्ठ नागरिकको सम्मान स्वरुप र सुखदुःखमा स्थानीय सरकार रहेको अनुभूति दिलाउन घर आँगनमै सेवा दिनेयोजनाको शुरुवात गरेको प्रतिवद्धता व्यक्त गरे।उक्त अभियान शुरुवातमा कठिन देखिएपनी बिस्तारै सामाजिक जनचेतनाले बुटवलका स्वास्थ्य केन्द्र, ...