कम्बोडियामा रहेका २ सय ११ नेपाली बैंककस्थित नेपाली दूतावासको सम्पर्कमा, २७ जना कारागारमा


काठमाडौं
कम्बोडियामा अवैध रूपमा रहेका २ सय ११ जना नेपाली थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन् ।
आफूहरूलाई उद्धार गरी स्वदेश फर्काइदिन अनुरोध गर्दै उनीहरू दूतावासको सम्पर्कमा आएका हुन् । बैंककस्थित नेपाली दूतावासले कम्बोडिया समेत हेर्ने गर्छ ।
यस राजदूतावासले कम्बोडियामा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी संकलन गर्ने उद्देश्यले अनलाइन फाराम भर्न अनुरोध गरेअनुसार हालसम्म २११ जना नेपालीहरूले उक्त फाराम भर्नुभएको छ, जसमा ९ जना महिला रहेका छन्,” बैंककस्थित नेपाली दूतावासले जारी गरेको सूचनामा भनिएको छ ।
दूतावासका अनुसार सम्पर्कमा आएका २११ जना नेपालीहरू सन् २०२२ मे महिनादेखि २०२६ मे महिनासम्म कम्बोडिया पुगेको हुन् ।

“ट्राभल डकुमेन्ट आवश्यक रहेको भनी ७ मे २०२६ दिउँसो ४ बजेसम्म फाराम भरी विवरण उपलब्ध गराउनुभएका व्यक्तिहरूको ट्राभल डकुमेन्ट तयार गरी कम्बोडिया पठाइसकिएको छ,” नेपाली दूतावासले भनेको छ ।
“यस अतिरिक्त, २७ जना नेपालीहरू विभिन्न अभियोगमा पुर्पक्षका लागि कम्बोडियाका विभिन्न कारागारमा थुनामा रहेको दूतावासले जनाएको छ । पुर्पक्षको प्रक्रियाका क्रममा स्थानीय भाषा जान्ने वकिल आवश्यक पर्न सक्ने दूतावासले बताएको छ । दूतावासका अनुसार २५ जना नेपालीहरू आज ९वैशाख २५ गते० नेपाल फर्किरहेका छन् ।
“कम्बोडियाबाट नेपाल फर्किने क्रममा कृपया कनेक्टिङ फ्लाइट भएको टिकट मात्र खरिद गर्नुहोला । कनेक्टिङ फ्लाइट नभएको टिकट खरिद गर्दा ट्रान्जिट हुने मुलुकको भिसा आवश्यक पर्न सक्ने, साथै आफ्नो लगेज पुनः चेक इन गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले यात्रा झन्झटिलो तथा कठिन हुन सक्छ,” दूतावासले भनेको छ ।
पीडित नेपालीहरूले कम्बोडिया जाने क्रममा २ लाखदेखि ८ लाख रुपैयाँसम्म विभिन्न व्यक्तिहरूलाई बुझाएको सूचना प्राप्त भएको दूतावासले जनाएको छ ।
“त्यसैले, तपाईंहरू नेपाल फर्किनासाथ काठमाडौंको बबरमहलस्थित नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दर्ता गरी दोषी व्यक्तिलाई कानुनी कारबाही गराउन तथा आफूले बुझाएको रकम असुलउपर गर्न आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गरिन्छ,” दूतावासले भनेको छ ।

मानव तस्करले ठूलो संख्यामा नेपालीलाई विभिन्न प्रलोभनमा पारी कम्बोडिया पुर्‍याउने गरेका छन् । कम्बोडिया पुर्‍याएपछि उनीहरूलाई त्यहाँ अवैध तरिकाले सञ्चालन गरेको अनलाइन स्क्याम सेन्टहरुमा काममा लगाउने गरिएको छ । तस्करहरूले आफूहरूलाई बन्धक बनाएर काममा लगाउने गरेको पीडितहरूले बताउँदै आएका छन् ।

छुटाउनुभयो कि ?

चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्छौं: प्रधानमन्त्री कार्यालय

चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्छौं: प्रधानमन्त्री कार्यालय

काठमाडौंनजिकिँदै गरेका चाडपर्व र मनसुनलाई ध्यानमा राख्दै सरकारले सडक यातायात अवरुद्ध हुन नदिने तथा अत्यावश्यक सार्वजनिक सेवा ...
लुम्बिनी प्रादेशिक अस्पतालमा एकै महिनामा ७४१ जनाको शल्यक्रिया

लुम्बिनी प्रादेशिक अस्पतालमा एकै महिनामा ७४१ जनाको शल्यक्रिया

बुटवललुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एक महिनाको अवधिमै ७४१ जनाको शल्यक्रिया गरिएको छ । अस्पतालमा गएको भाद्र महिनामा नियमित...
आगामी अधिवेशनबाट संसद्ले बदल्नु पर्ने सांसदकै ५ अपेक्षा

आगामी अधिवेशनबाट संसद्ले बदल्नु पर्ने सांसदकै ५ अपेक्षा

काठमाडौंप्रतिनिधिसभाको चालू अधिवेशनको अन्तिम दिन शुक्रबार बोल्ने अधिकांश सांसदले चालू तथा अघिल्लो अधिवेशनका गतिविधि स्मरण गरे...
प्रतिनिधिसभा बैठक: विभिन्न विधेयकलाई दफावार छलफलका लागि पठाउन प्रस्ताव गरिँदै

प्रतिनिधिसभा बैठक: विभिन्न विधेयकलाई दफावार छलफलका लागि पठाउन प्रस्ताव गरिँदै

काठमाडौंप्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार बैठकमा विभिन्न विधेयकलाई दफावार छलफलका लागि...