भित्रिँदै पानी पार्ने वायुप्रणाली, देशभर वर्षाको सम्भावना


काठमाडौं
देशभर वर्षा गराउने पश्चिमी वायुको अर्को एक प्रणालीले नेपाल भित्रिँदै छ । यो प्रणालीले मध्यमदेखि भारी वर्षा गराउने र जाडो महसुस हुने पूर्वानुमान छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका अर्का सहप्राध्यापक डा. विनोद पोखरेलले पश्चिमी वायुले उत्तरतिरको चिसो हावा नेपाल ल्याउने र यसै हप्ता वर्षासँगै जाडो महसुस हुने जानकारी दिए । उनका अनुसार वैशाख २८ गते रातिदेखि नेपालभर राम्रै वर्षा हुने सम्भावना छ ।

अर्का मौसमविद उज्ज्वल उपाध्याय पनि यही सोमबार र मंगलबारदेखि काठमाडौं उपत्यकासहित देशभर मध्यमसम्मको र एक–दुई ठाउँमा भारी वर्षा पनि हुनसक्ने सम्भावना रहेको बताउँछन् ।

यो प्रणालीले श्रीलंका र भारतका तमिलनाडु, आन्ध्र प्रदेशतिर त यसको अझ बढी प्रभाव पर्ने अनुमान गर्दै उनी भन्छन्, ‘यो प्रणाली नेपालभर एकदमै छिटो फैलिने सम्भावना छ र देशभर वर्षा गराउने छ ।’

यस्तो छ दुई दिनको मौसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको साथै मध्य र पूर्वी भू–भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव रहेको छ । त्यसैले बादल लाग्ने र पानी पर्ने गतिविधि भइरहेको छ ।

विभागका अनुसार वैशाख २८ गते दिउँसो देशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ । रातिमा भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ ।

वैशाख २९ गते दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
रातिमा भने कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा वा हमपातको सम्भावना छ ।

प्रि–मनसुन अवधि (मनसुन सुरु हुनुभन्दा अगाडिको समय)मा पटक–पटक पानी पर्ने गतिविधिले गर्मी हुने समयमा पनि चिसो महसुस हुँदै आएको मौसमविदहरु बताउँछन् ।

छुटाउनुभयो कि ?

चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्छौं: प्रधानमन्त्री कार्यालय

चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्छौं: प्रधानमन्त्री कार्यालय

काठमाडौंनजिकिँदै गरेका चाडपर्व र मनसुनलाई ध्यानमा राख्दै सरकारले सडक यातायात अवरुद्ध हुन नदिने तथा अत्यावश्यक सार्वजनिक सेवा ...
लुम्बिनी प्रादेशिक अस्पतालमा एकै महिनामा ७४१ जनाको शल्यक्रिया

लुम्बिनी प्रादेशिक अस्पतालमा एकै महिनामा ७४१ जनाको शल्यक्रिया

बुटवललुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एक महिनाको अवधिमै ७४१ जनाको शल्यक्रिया गरिएको छ । अस्पतालमा गएको भाद्र महिनामा नियमित...
आगामी अधिवेशनबाट संसद्ले बदल्नु पर्ने सांसदकै ५ अपेक्षा

आगामी अधिवेशनबाट संसद्ले बदल्नु पर्ने सांसदकै ५ अपेक्षा

काठमाडौंप्रतिनिधिसभाको चालू अधिवेशनको अन्तिम दिन शुक्रबार बोल्ने अधिकांश सांसदले चालू तथा अघिल्लो अधिवेशनका गतिविधि स्मरण गरे...
प्रतिनिधिसभा बैठक: विभिन्न विधेयकलाई दफावार छलफलका लागि पठाउन प्रस्ताव गरिँदै

प्रतिनिधिसभा बैठक: विभिन्न विधेयकलाई दफावार छलफलका लागि पठाउन प्रस्ताव गरिँदै

काठमाडौंप्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार बैठकमा विभिन्न विधेयकलाई दफावार छलफलका लागि...