Breaking news 2

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री रुष्टकाठमाडौंनेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि भन्दै बनेको अध्ययन समितिले सोमबार अर्थमन्त्री समक्ष प्रतिवेदन बुझायो। पुनर्संरचनाभन्दा पनि नियामकले तोकेको तीन अर्ब रूपैयाँ चुक्ता पुँजी कसरी पुर्‍याउन सकिन्छ भन्ने दृष्टिकोण राखेर समितिले प्रतिवेदन बुझाएको छ। नेप्से निजीकरणको क्रममा सेयर बिक्री गर्ने विषयमा कुन प्रक्रियाबाट, कुन मूल्यमा र कसलाई गर्ने भनेर तोक्ने गरेरै प्रतिवेदन बनाउन अर्थमन्त्रीले निर्देशन दिएका थिए। तर, यसपटक पनि टालटुले पारामा प्रतिवेदन आएको भन्दै अर्थमन्त्री रामेश्वर खनाल असन्तुष्ट देखिएको स्रोतले बतायो। प्रतिवेदनले लगानीकर्ताको अपेक्षा अनुसार पुँजी बजार विकासको लागि समेत यसरी पुँजी वृद्धि गर्नुपर्ने भन्दै चार विकल्प प्रस्तुत गरेको छ। तर, पुँजी वृद्धि गर्नुअघि नेप्सेमा रणनीतिक साझेदारको विषय टुंगो लग...
थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

Breaking news 2, ताजा अपडेट, विदेश, विविध, स्थानीय
थाइल्याण्डको नाखोन राचासिमा प्रान्तमा काम गर्दै गरेको क्रेन गुड्दै गरेको रेलमाथि खस्दा कम्तीमा २२ ज्यान गएको छ भने ७९ जना घाइते भएका छन् । सिखियो जिल्लामा भएको दुर्घटनामा घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको त्यहाँको प्रहरीलाई उद्धृत गरी बीबीसीले जनाएको छ । बैंककबाट उत्तर–पूर्वी प्रान्त उबोन राचाथानीतर्फ गइरहेको रेललाई काम गरिरहेको क्रेनले ठक्कर दिएपछि केही डब्बा पटरीबाट उछिट्टिएर आगलागीसमेत भएको खबरमा उल्लेख छ । राज्य रेल्वे अफ थाइल्याण्डका अनुसार रेलमा १ सय ९५ जना यात्रु थिए । यद्यपि यो संख्या थपघट हुन सक्छ । थाइल्याण्डका उपप्रधानमन्त्री तथा यातायात मन्त्री फिपात राचाकितप्रकर्नले घटनाको कारण पत्ता लगाउन अनुसन्धान गर्न आदेश दिनुभएको छ ।  ...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

Breaking news 2, खेलकुद, ताजा अपडेट
काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा हिजो बेलुका भएको खेलमा नेपाल र श्रीलङ्काले २–२ गोलको बराबरी खेलेका हुन् । योसँगै दुवै टोलीले १/१ अंक बाँडेका छन् । नेपालका मनिषा थापामगर र विमला चौधरीले तथा श्रीलंकाका थर्मिका सिवानेश्वरन र थारिडी लियानेजले गोल गरे । नेपाली महिला टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय फुटसल च्याम्पियनसिप खेलेको हो । यस्तै पुरुषतर्फ नेपालले शुक्रवार श्रीलङ्कसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक साफ फुटसल च्याम्पियनसिप आयोजना गरेको हो । यो च्याम्पियनसिपमा दक्षिण एशियाका सात वटै देश (नेपाल, भारत, माल्दिभ्स, बङ्गलादेश, भुटान, श्रीलंका र आयोजक थाइल्यान्ड) बाट पुरुष र महिला टोली सहभागी छन् । लिग चरणको खेलपछि धेरै अंक जोडेर शीर्ष स...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालतले रावलसहित आर्यन देवकोटा, रोशनबहादुर शाही, अर्नुज भनिने चिरन्जीवी शाही, रोहित आले र हिमाल शाहीलाई आजीवन जन्मकैदको फैसला सुनाएको हो । बडुवाल हत्याकाण्डका नामले चर्चित कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय बडुवालको २३ कात्तिक २०७८ मा टीकापुर नगरपालिका–१ मा हत्या भएको थियो । प्रहरीले गरेको अनुसन्धानका आधारमा २६ फागुन २०७८ मा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा २१ जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो । सोही मुद्दाको फैसलामा हेमन्त शाही, मदन शाही, दीपेन्द्र शाही, निसान्त मल्ल र सोहन शाहलाई जन्मकैद तथा लोकन्द्र कुँवर र समिरजंग शाहीलाई अभियोग दाबी बमोजिम जन्मकैदको फैसला सुनाइएको कैलाली अदालतका सूचना अधिकार...
दुई करोड बढीको इलेक्ट्रिक चुरोट ‘भेप’ बोकेको कन्टेनरसहित एकजना पक्राउ

दुई करोड बढीको इलेक्ट्रिक चुरोट ‘भेप’ बोकेको कन्टेनरसहित एकजना पक्राउ

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंदुई करोड रुपैयाँभन्दा बढी मूल्यको इलेक्ट्रिक चुरोट भेप बोकेको कन्टेनरसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सोमबार ९पुस २८० मुस्ताङको लोमन्थाङ गाउँपालिका–४, नेचुङबाट उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।दुई करोड २४ लाख ५९ हजार ३२० रुपैयाँबराबरको इलेक्ट्रिक चुरोट ९भेप०सहित सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–५ का ३२ वर्षीय पेमा लामालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएएसपी शैलेन्द्र थापाले जानकारी दिए ।ना६ख ७५९१ नम्बरको कन्टेनरमा केही दिनअघि चीनबाट अवैध रूपले ल्याई कोरोला नाकाअगाडि गाडीमा लोड गरेर राखिएको ८० कार्टुन इलेक्ट्रिक चुरोटसहित उनलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका लामा कन्टेनरका चालक हुन् ।नियन्त्रणमा लिइएका लामा कन्टेनरका चालक हुन् । बरामद इलेक्ट्रिक चुरोट मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प...
विशेष महाधिवेशन र संस्थापन पक्षबाट को-को बस्दैछन् छलफलमा?

विशेष महाधिवेशन र संस्थापन पक्षबाट को-को बस्दैछन् छलफलमा?

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंकांग्रेसको विशेष महाधिवेशन नेतृत्व चयनतर्फ अघि बढेपछि संस्थापन पक्षले संवादको तयारी गरेको छ। सोमबार सभापति देउवाले आफूपक्षका नेताहरूसँग गरेको छलफलमा नेताहरूको सुझावअनुसार विशेष महाधिवेशन पक्षसँग छलफल गर्न लागेका हुन् । छलफल मंगलबार हुनेछ। संस्थापन पक्षबाट पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाँण सहभागी हुने तयारी छ। विशेष महाधिवेशन पक्षधरबाट केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, देवराज चालिसे, मधु आचार्य र गुरूराज घिमिरेलाई संस्थापन पक्षसँग संवादका लागि जिम्मेवारी दिने तयारी गरिएको एक नेताले जानकारी दिए। 'सभापति, कार्यवाहक सभापति तर्फबाट संवादका लागि खबर आएको छ, विशेष महाधिवेशन पक्षबाट चार जना नेतालाई संवादका लागि जिम्मेवारी दिने गरी छलफल भएको छ,' विशेष महाधिवेशन पक्षधरका एक नेताले भने। कांग्रेसले मंगलबार केन्द्रीय समिति बैठक राखेको छ भने विशेष महाधिवेशन पक्षध...
आफू निकट पदाधिकारी र कानुन व्यवसायीसँग छलफल गर्दै शेरबहादुर देउवा

आफू निकट पदाधिकारी र कानुन व्यवसायीसँग छलफल गर्दै शेरबहादुर देउवा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट पदाधिकारी र कानुन व्यवसायीहरूसँग छलफल गर्दैछन्। ३ बजेपछि बस्नेगरी सभापति देउवाले छलफलमा बोलाएको एक पदाधिकारीले जानकारी दिए। छलफल महाराजगन्जस्थित देउवा निवासमा केही बेरमै सुरू हुने उनले बताए। छलफलमा देउवाले आफूनिकट केही केन्द्रीय सदस्य र कानुन व्यवसायीलाई पनि बोलाएका छन्। भृकुटीमण्डपमा विशेष महाधिवेशको बन्द सत्रमा देउवा नेतृत्वको कार्यसमिति विघटन गर्ने प्रस्ताव पेस भएको छ।सभापति देउवाले विशेष महाधिवेशन भइरहेको र पार्टीभित्र सिर्जना हुनसक्ने अवस्थाबारे छलफल गर्न लागेका हुन्।बिहान नेता शेखर कोइरालाले पनि आफूनिकट पदाधिकारी र केन्द्रीय सदस्यहरूसँगै कानुन व्यवसायीलाई पनि राखेर छलफल गरेका थिए। विशेष महाधिवेशन नेतृत्व चयन गर्नेतर्फ अगाडि बढिरहँदा संस्थापनका नेताहरू छलफलमा जुटेका हुन्। ...
कांग्रेस विशेष महाधिवेशन: बन्दसत्र सुरु हुँदै

कांग्रेस विशेष महाधिवेशन: बन्दसत्र सुरु हुँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज हुँदैछ । आइतबार साँझ अबेरसम्म उद्घाटन सत्र सञ्चालन भएपछि आज बन्दसत्र सुरु हुन लागेको हो । बिहानको खाजापछि बन्दसत्र सुरु गरिने महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ । ढिलोमा १० बजेदेखि बन्दसत्रका कार्यक्रम सुरु हुनेछन् ।प्रतिनिधिहरुको माग बमोजिम महामन्त्री गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन बोलाइएको हो । महाधिवेशनमा २६०० बढी प्रतिनिधिले नाम दर्ता गरेका छन् ।कार्यविधि बनाएर बन्दसत्रको कार्यक्रम अघि बढाइने छ । बन्दसत्रको सभापतित्व ज्येष्ठ सदस्यले गर्नेछन् । बन्दसत्रमा नीतिगत एवं संगठनात्मक प्रतिवेदन पेस हुनेछ । ...
गायक प्रशान्त तामाङको  हृदयघातका कारण निधन

गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौंगायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनी निकट चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । ‘आज बिहान दिल्लीको आफ्नै अपार्टमेन्टमा निधन भएको हो,’ उनले भने, ‘हृदयघात भएको रहेछ ।’ इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनले गाएका थुप्रै नेपाली गीत चर्चित छन् ।४३ वर्षिय तामाङले नेपाली फिल्ममा अभिनय र गायन पनि गरेका छन् । नारायण रायमाझी निर्देशित फिल्म ‘गोर्खापल्टन २’ बाट उनले नेपाली फिल्मको अभिनयमा डेब्यू गरे । ‘हिम्मत २’ बाट पहिलोपटक नेपाली फिल्मको पाश्र्वगायनमा काम गरे ।त्यसयता उनले अँगालो मायाको, किन मायामा, धड्कन भित्र, निशानी, परदेशी को भाग १ र २ मा अभिनय गरे । दिल, अनमोल छन् र हिम्मत २ मा उनले पाश्र्वगायन गरेका छन् । उनले सलमान खान स्टारर फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउड डेब्यू गरेका थिए । यो फिल्मको छायांकन सकिएको छ र ...
आजदेखि नेपाली कांग्रेसको विशेष महाधिवेशन

आजदेखि नेपाली कांग्रेसको विशेष महाधिवेशन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाली कांग्रेसमा संस्थापन पक्षको असहमतिबीच पुस २७ गते आइतबारदेखि विशेष महाधिवेशन पक्षधरको आह्वानमा विशेष महाधिवेशन सुरु हुँदैछ । यही पुस २७ र २८ गते हुने उक्त विशेष महाधिवेशनको काठमाडौँस्थित भृकुटीमण्डपमा आइतबार दिउँसो १ः०० बजे उद्घाटन हुने तय भएको छ । उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने गरी मञ्च निर्माण गरिएको छ ।त्यसैगरी मञ्चको अगाडि खुला चौरमा भने छ हजारभन्दा बढी कुर्सीको व्यवस्थापन गरिएको विशेष महाधिवेशनका लागि गठन गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले जानकारी दिए। मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको उनले बताए। पुडासैनीका अनुसार उद्घाटनका दिन काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने र्यालीलाई व्यवस्थित तरिकाले कार्यक्रममा सहभागी गराउने गरी तयारी थालिएको छ । विशेष महा...