Breaking news 2

उम्मेदवारी दर्ताको समय केही दिन सर्नसक्ने संकेत

उम्मेदवारी दर्ताको समय केही दिन सर्नसक्ने संकेत

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रतिनिधि सभाको चुनावमा संलग्न हुने दलहरूलाई उम्मेदवार चयनमा समयको चाप परेपछि निर्वचन आयोगले केही दिन मनोनयनको समय सार्ने संकेत गरेको छ । दलहरूका तर्फबाट केही दिन मनोनयन सार्नका लागि औपचारिक र अनौपचारिक माग निर्वाचन आयोगमा पुगिरहेको छ । त्यसैले आयोगले केही दिन समय सार्ने संकेत गरेको हो ।विभिन्न दलबाट मिति सार्ने दवाव आएको आयोगका एक आयुक्तले जानकारी दिए । प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता मितिबारे ती आयुक्तले आइतबार अनाइनखबरसँग भने, ‘चौतर्फी दबाब आएको छ, सर्वदलीय सहमति भयो भने एक दुई दिन मिति सर्न सक्छ ।’२१ फागुनको चुनावको मिति प्रभावित नहुनेगरी मनोनयनको मिति सार्न लागिएको हो । आयोगको नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्णयविरुद्ध शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत गएका छन् । देउवा पक्षले आयोगमै पुगेर मनोनयनको मिति सार्न आग्रह गरेका छन् । ...
बढ्यो अमेरिकी डलरको मूल्य

बढ्यो अमेरिकी डलरको मूल्य

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
बढ्यो अमेरिकी डलरको मूल्यकाठमाडौँनेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा पुगेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६९ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९५ रुपैयाँ ३१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ९७ पैसा र बिक्रीदर १८१ रुपैयाँ ७१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११२ रुपैयाँ ७० पैसा र बिक्रीदर ११३ रु...
युवा संघ रुपन्देहीद्वारा सद्भाव भेटघाट तथा सम्मान कार्यक्रम , आगामी निर्वाचनमा एमाले सवै भन्दा ठूलो पार्टी बन्ने कार्यकर्ताको विश्वास

युवा संघ रुपन्देहीद्वारा सद्भाव भेटघाट तथा सम्मान कार्यक्रम , आगामी निर्वाचनमा एमाले सवै भन्दा ठूलो पार्टी बन्ने कार्यकर्ताको विश्वास

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
रूपन्देहीराष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले आयोजना गरेको भेटघाट तथा सम्मान कार्यक्रममा वोल्दै वक्ताहरुले नेकपा एमाले देश र जनताको विकास र सम्वृद्धिमा सधै अगुवाइ गर्ने पार्टी भएकोले आगामी निर्वाचनमा सवै भन्दा ठूलो पार्टी बन्ने विश्वास रहेको वताएका छन्।लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरीको प्रमुख आतिथ्यता र पुर्व प्रतिनिधि सभा सदस्य वासुदेव घिमिरेको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा वोल्दै केन्द्रीय सदस्य गोपाल रानाले अहिले नेपालमा पुराना नेता र पार्टी खराव भन्ने भ्रम र गलत प्रबृत्ति हावी भएको र यो प्रबृत्ति गलत भएको र हटाउनु पर्ने वताएका छन्। रानाले एमालेले पहिलाको भन्दा बढी सिट ल्याउनेमा पार्टी र कार्यकर्ता विश्वस्त रहेको र सवै नेता कार्यकर्ताले जनतामाझ देशको स्थिरता, विकास र सम्बृद्धिका एमालेका मुल मुद्दा लिएर जानु पर्ने वताए।एमालेले आगामी निर्वाचनमा सक्षम ने...
प्रचण्डले नेकपामा १८ वटा दल-समूह जोडे भने चुनाव लड्न माओवादी आधार इलाकानै रोजे

प्रचण्डले नेकपामा १८ वटा दल-समूह जोडे भने चुनाव लड्न माओवादी आधार इलाकानै रोजे

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंमाओवाद विचारधारा नै तामेलीमा राखेर शक्ति आर्जन गर्ने उद्देश्यले प्रचण्डले अनेक राजनीतिक दल र समूहलाई जोडेर नेपाली कम्युनिस्ट पार्टी बनाएका छन् । तर, उनी आफैं चाहिँ चुनावी परिणामको सुरक्षाका लागि यसअघि निर्वाचन लडेका क्षेत्रहरू छोडेर माओवादी आन्दोलनको आधार इलाका रूकुम पूर्व छिर्दैछन् ।२०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादी एक्लैले करिब-करिब बहुमत सिट जितेर पहिलो पार्टी बन्यो । संसदीय राजनीतिको पहिलो प्रहरमै पहिलो पार्टी भएपछि प्रचण्ड प्रधानमन्त्री बने, एमालेले समर्थन गर्‍यो । तर, त्यत्रो तामझामसहित बनेको प्रचण्ड सरकार ९ महिना पनि टिकेन । आगामी चुनावमा एक्लै बहुमत ल्याउने भन्दै प्रचण्डले सरकार छोडे माओवादी देशदौडाहमा लाग्यो । ०६५ देखि ०७० सालको संविधानसभा निर्वाचन हुनुअघिसम्म माओवादीमा पार्टी प्रवेशको लहर नै चल्यो ।उक्त पार्टीले मेची-महाकाली अभियान चलायो । प्...
रविको मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दोस्रो रिट

रविको मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दोस्रो रिट

Breaking news 2, ताजा अपडेट, समाचार, समाज
काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग जोडिएको सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराध सम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दोस्रो रिट निवेदन दर्ता गरिएको छ ।सहकारी ठगी प्रकरणसँग सम्बन्धित गम्भीर मुद्दामा अभियोग संशोधन वा मुद्दा फिर्ता गर्ने गरी महान्यायाधिवक्ताको कार्यालयबाट गरिएको निर्णय गैरकानुनी र बदनियतपूर्ण रहेको दाबी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् । यसअघि युवराज पौडेल (सफल) ले लामिछानेको मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध रिट दिएका थिए । निवेदकले महान्यायाधिवक्ताको निर्णयले न्याय प्रक्रियामा गम्भीर अवरोध सिर्जना गर्ने र अपराधीलाई उन्मुक्ति दिने जोखिम रहेको उल्लेख गर्दै उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न ‘अन्तरिम आदेश’ जारी गर...
एमालेले बोलायो सचिवालय बैठक, उम्मेदवारबारे निर्णय गर्ने

एमालेले बोलायो सचिवालय बैठक, उम्मेदवारबारे निर्णय गर्ने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंफागुन २१ गते हुने निर्वाचनका उम्मेदवारको टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार भोलि शनिबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको हो ।निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम भएकोले एमालेले उम्मेदवारको टुंग्याउन बैठक बोलाएको नेताहरूले बताएका छन् ।एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीहरुले यसअघि नै उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् ।जसअनुसार अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत सिफारिस भएको छ । हालसम्म कुनै पनि पार्टीसँग चुनावी गठबन्धन गर्ने निधो नभएकोले सबै क्षेत्रमा एमालले सूर्य चिन्हबाहक उम्मेदवार अघि बढाउने भएको छ ।यस अघिको केन्द्रीय कमिटीको बैठकले निर्वाचनमा उम्मेदवार टुंग्याउन स...
विशेष महाधिवेशनलगत्तै निर्वाचन आयोगमा कांग्रेस

विशेष महाधिवेशनलगत्तै निर्वाचन आयोगमा कांग्रेस

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँविशेष महाधिवेशन पक्षधर कांग्रेसले गगनकुमार थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति चयन भएको जानकारी निर्वाचन आयोगलाई गराएको छ । महाधिवेशनले चयन गरेको कार्यसमिति तथा अन्य निर्णय दल दर्ता किताबमा अद्यावधिकका लागि पत्र पनि कांग्रेसले आयोगमा बुझाएको छ । विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापासहितका पदाधिकारी बिहीबार आयोग पुगेका थिए । सभापति थापाले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई विशेष महाधिवेशन तथा केन्द्रीय समितिले गरेका निर्णय अद्यावधिक गरिदिन आग्रह गरे । पार्टीको विधानको धारा १७ (२) को प्रावधानअनुसार विशेष महाधिवेशन बोलाइएको उनले जानकारी दिए । ‘४० प्रतिशत महाधिवेशन प्रतिनिधिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनैपर्ने व्यवस्था विधानमा छ,’ उनले भने, ‘त्यसैले सबै रीत पूरा गरेर २७–३० पुसमा विशेष महाधिवेशन सम्पन्न भएको छ ।’बैठक सञ्चालनका लागि विधानको धा...
गुल्मीको रुरुक्षेत्र रिडी मेलामा जिल्ला स्तरीय कृषि प्रदर्शनी,२सय १९कृषक सहभागी

गुल्मीको रुरुक्षेत्र रिडी मेलामा जिल्ला स्तरीय कृषि प्रदर्शनी,२सय १९कृषक सहभागी

Breaking news 2, कृषि, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
गुल्मीमाघेसंक्रान्तिको अवसरमा गुल्मीको रुरुक्षेत्र रिडीमा जिल्ला स्तरीय कृषि मेला प्रदर्शनीको आयोजना गरिएको छ।जिल्लाका कृषकलाई प्रोत्साहन गर्ने उदेश्यले कृषि मेला प्रदर्शनीको आयोजना गरिएको हो।बिहीबार उद्घाटन कार्यक्रममा वोल्दै लुम्बिनी प्रदेश सभाका पुर्व सभासद कमलराज श्रेष्ठले कृषि जिवनको मुल आधार भएकाले संगै नेपाल कृषिप्रधान देश हुनाले कृषिमा ठूलो संभावना रहेको र गुल्मीमा पनि कृषिको राम्रो संभावना रहेकोले कृषिलाई प्राथमिकतामा राख्नु पर्ने धारणा राखे।श्रेष्ठले कृषिलाई व्यावसायिक वनाउन सरकार, सरोकारवाला र कृषक लागेमा प्रगति हुने हुनाले सोही अनुसार अगाडि वढेको उल्लेख गरे।विभिन्न कृषि र पशुपालनबाट राम्रो गर्दै गरेको प्रदर्शनमा पर्दशन गरिएका उत्पादनबाट देखिएको वताए।रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वोल्दै पालिका उपाध्यक्ष मिनादेवी गौतमल...
माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ – आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरू हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरू हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका ठाउँमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो । तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खा...
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

Breaking news 2, ताजा अपडेट, विविध, समाचार
३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको छ । महान्यायाधिवक्ता कार्यालयको यो निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र पर्साको सरकारी वकिलको कार्यालय संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिनेछन् ।‘सहकारी ठगीको मुद्दा यथावत् हो, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिनेगरी मात्रै आरोपपत्र संशोधन गर्ने स्वीकृत दिइएको हो,’ महान्यायाधिवक्ता सबिता भण्डारी बरालले अनलाइनखबरसँग भनिन्, ‘यसलाई मुद्दा फिर्ता लिएको रुपमा बुझ्न हुँदैन उनले बुधबार ४ वटा जिल्ला अदालतमा चलिरहेको अभियोगपत्र संशोधन गर्न स्वीकृत दिने निर्णय गरेकी थिइन् । यो निर्णय पछि जिल्ला अदालत कास्कीमा चलिरहेको सम्पत्ति शुद्धिकरण र...