बुटवलमा चौथो राष्ट्रिय मिडिया सम्मेलन : प्रेस स्वतन्त्रताको संकट र भविष्यबारे बहस हुने



बुटवल
नेपाली मिडिया क्षेत्रले भोगिरहेको आर्थिक, नीतिगत तथा प्राविधिक चुनौतीबारे व्यापक बहस गर्न आगामी असार ६ र ७ गते बुटवलमा चौथो राष्ट्रिय मिडिया सम्मेलन २०८३ आयोजना हुने भएको छ।

प्रकाशन तथा प्रसारण संघ, लुम्बिनीको आयोजनामा तथा नेपाल मिडिया सोसाइटीको सह–आयोजनामा हुन लागेको सम्मेलनको मूल नारा “संकटबाट सम्भावनातर्फः नेपाली मिडियाको दिगो भविष्य” र उपनारा “मिडियामा विश्वसनीयता, विविधीकरण र स्थायित्वको खोजी” रहेको छ।

आयोजकले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पछिल्ला वर्षहरूमा नेपाली मिडिया उद्योग, विशेषगरी छापा सञ्चारमाध्यम, विज्ञापन बजारको संकुचन, डिजिटल प्लेटफर्मको तीव्र विस्तार, बढ्दो सञ्चालन खर्च तथा राजस्व स्रोतको कमीका कारण गम्भीर संकटबाट गुज्रिरहेको सन्दर्भमा सम्मेलन आयोजना गर्न लागिएको हो।

सम्मेलनमा सरकारी विज्ञापन नीति, सञ्चारमाध्यमको दिगोपन, डिजिटल विज्ञापनको विस्तार, सञ्चारमाध्यमको विश्वसनीयता, विज्ञापन वितरण प्रणाली, राजस्व विविधीकरण, पाठक तथा दर्शक मापन प्रणाली, डिजिटल संक्रमण तथा सञ्चार उद्योगको भविष्यका विषयमा कार्यपत्र प्रस्तुति, विषयगत छलफल, प्यानल बहस र खुला अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

सम्मेलनको प्रमुख उद्देश्य सरकारी विज्ञापन नीतिमा आवश्यक सुधारका लागि साझा धारणा निर्माण गर्नु, सञ्चारमाध्यमका लागि वैकल्पिक राजस्व स्रोतको खोजी गर्नु, डिजिटल रूपान्तरणलाई अवसरका रूपमा उपयोग गर्ने रणनीति विकास गर्नु तथा सञ्चार उद्योगभित्र सहकार्य र एकताको वातावरण सुदृढ गर्नु रहेको विज्ञप्तिमा उल्लेख छ।

सम्मेलनको दोस्रो दिन राष्ट्रिय दैनिक पत्रिकाहरूको विशेष भेला आयोजना गरिनेछ। उक्त भेलामा दैनिक पत्रिकाहरूले भोगिरहेका साझा समस्या, वितरण प्रणाली, मुद्रण लागत, विज्ञापन व्यवस्थापन, डिजिटल संक्रमण तथा नीतिगत सुधारका विषयमा केन्द्रित छलफल हुने जनाइएको छ।

सम्मेलनको समापनमा “बुटवल घोषणा–२०८३” जारी गरिनेछ। घोषणामार्फत नेपाली मिडिया उद्योगको दिगोपन, विश्वसनीयता अभिवृद्धि, विज्ञापन वितरण प्रणालीमा पारदर्शिता, नयाँ राजस्व मोडेलको विकास तथा सञ्चारमाध्यम र विज्ञापन बजारबीच सहकार्य विस्तारका विषयमा साझा प्रतिबद्धता सार्वजनिक गरिने आयोजकको भनाइ छ।

त्यसैगरी, सरकारी विज्ञापन वितरण प्रणालीलाई मापदण्डमा आधारित, पारदर्शी र न्यायोचित बनाउन, राष्ट्रिय मिडिया दिगोपन कोष स्थापना गर्न, डिजिटल विज्ञापन बजारको उचित नियमन गर्न तथा स्थानीय सञ्चारमाध्यम संरक्षणका लागि आवश्यक नीति निर्माणका विषयमा सम्बन्धित निकायसँग पहल गर्ने अपेक्षा सम्मेलनले राखेको छ।

देशभरका छापा, रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चारमाध्यमका सञ्चालक, प्रकाशक, सम्पादक, पत्रकार, सञ्चार विज्ञ, नीतिनिर्माता तथा विज्ञापन क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने उक्त सम्मेलनले नेपाली मिडियाको वर्तमान संकटलाई अवसरमा रूपान्तरण गर्दै दिगो, प्रतिस्पर्धी र विश्वसनीय सञ्चार क्षेत्र निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेको छ।

छुटाउनुभयो कि ?

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनीसँगै नागरिकलाई सुरक्षित स्थानतर्फ सारियो

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनीसँगै नागरिकलाई सुरक्षित स्थानतर्फ सारियो

काठमाडौं‌इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस टापुमा बिहानै ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि सु...
भारतको ८०औँ स्वतन्त्रता दिवस आज भव्य रूपमा मनाइँदै

भारतको ८०औँ स्वतन्त्रता दिवस आज भव्य रूपमा मनाइँदै

काठमाडौँभारतले आज ८०औँ स्वतन्त्रता दिवस भव्य समारोहका साथ मनाउने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित लालकि...
विशेष महाधिवेशनको नाममा पार्टी कमजोर बनाइयो, अदालतबाट न्याय हुने विश्वास छ : शेरबहादुर देउवा

विशेष महाधिवेशनको नाममा पार्टी कमजोर बनाइयो, अदालतबाट न्याय हुने विश्वास छ : शेरबहादुर देउवा

काठमाडौंनेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले मुलुकको इतिहासप्रति गर्व गर्दै त्यसबाट शिक्षा लिएर अघि बढ्नुपर्ने बता...
कामदार भन्छन् रोजगारी पाइएन, रोजगारदाता भन्छन् कामदार पाइएन

कामदार भन्छन् रोजगारी पाइएन, रोजगारदाता भन्छन् कामदार पाइएन

काठमाडौँ नेपाली श्रम बजार अहिले नागरिकले रोजगारी नपाउने र रोजगारदाताले चाहिएको जनशक्ति नभेट्ने विरोधाभासपूर्ण अवस्थाबाट गुज्र...