Breaking news 2

‘३५ वर्षको हिसाब संयन्त्र खोज्दै गर्छन् , हामी आगामी ३५ वर्षको योजना बनाऔँ’ : रवि लामिछाने

‘३५ वर्षको हिसाब संयन्त्र खोज्दै गर्छन् , हामी आगामी ३५ वर्षको योजना बनाऔँ’ : रवि लामिछाने

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको अबको प्राथमिकता विगतका राजनीतिक दलको आलोचना होइन, देशको दीर्घकालीन भविष्यका लागि ठोस योजना निर्माण हुनुपर्ने बताएका छन्। रास्वपाका केन्द्रीय सदस्यहरूको कार्यशालाको समापन समारोहमा सम्बोधन गर्दै लामिछानेले बितेका ३५ वर्षको राजनीतिक हिसाब खोजेर बस्नुभन्दा आगामी ३५ वर्षमा मुलुकलाई कस्तो बनाउने भन्ने प्रश्नमा केन्द्रित हुनुपर्ने धारणा राखे। उनले पुराना दल र नेताहरूले गरेका कामको समीक्षा आवश्यक भए पनि रास्वपाले आफ्नो ऊर्जा केवल आलोचनामा खर्च गर्न नहुने बताए। पार्टीले नागरिकको जीवनस्तर, शिक्षा नीति, सार्वजनिक सेवा, आर्थिक अवसर र देशको समग्र दिशाबारे स्पष्ट योजना अघि सार्नुपर्ने उनको भनाइ थियो। “अब ३५ वर्षको हिसाब माग्ने होइन, आगामी ३५ वर्षको योजना ल्याउनुस्,” लामिछानेले भने, “विगतमा कसले कति गर्‍यो भनेर मा...
क्रियाशील महिला पत्रकारको अध्यक्षमा कल्पना तिवारी,पाण्डेलाई संघर्षशील पत्रकार सम्मान

क्रियाशील महिला पत्रकारको अध्यक्षमा कल्पना तिवारी,पाण्डेलाई संघर्षशील पत्रकार सम्मान

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलक्रियाशील महिला पत्रकार डब्लु,डब्लु जे रुपन्देहीको १६औँ वार्षिक साधारण सभा तथा चौंथो अधिवेशन आइतबार बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले कल्पना तिवारीको अध्यक्षतामा नौं सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा हरिकला अधिकारी कमला,सचिवमा बिन्दु भट्टराई,कोषाध्यक्षमा सावित्रा अर्याल, सहसचिव कमला अर्याल, र सदस्यहरुमा कल्पना शर्मा , सृजना भट्टराई , मनिषा नेपाली र लक्ष्मी पाण्डे चयन भएका छन् । साधारण सभा तथा अधिवेशनकै अवसरमा क्रियाशील महिला पत्रकार रुपन्देही संस्थाले २०६९ सालमा स्थापना गरेको “संघर्षशील पत्रकार महिला सम्मान” २०८३ बाट संस्थाका संस्थापक अध्यक्ष एवं लुम्बिनी प्रदेश उपाध्यक्ष भगवती पाण्डेलाई सम्मान गरेएको छ । उनलाई प्रमुख अतिथि खेलराज पाण्डेले नगद १५ हजार सहित सम्मान पत्र र दोसल्लाले सम्मान गरेका हुन् । पाण्डे सेतोपाट...
अनेमसंघ रूपन्देहीको ११औँ सम्मेलन सम्पन्न: स्थानीय तहमा ५० प्रतिशत महिला सहभागिता हुनुपर्नेमा जोड

अनेमसंघ रूपन्देहीको ११औँ सम्मेलन सम्पन्न: स्थानीय तहमा ५० प्रतिशत महिला सहभागिता हुनुपर्नेमा जोड

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
​बुटवलअखिल नेपाल महिला संघ (अनेमसंघ) रूपन्देहीको ११ औँ जिल्ला सम्मेलन "सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता" भन्ने नाराका साथ बुटवलमा सम्पन्न भएको छ।​ ​कार्यक्रममा अनेमसंघ केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य टुकाभद्र हमालले महिलाहरूलाई अब ३३ प्रतिशत अधिकारले मात्र नपुग्ने बताईन् । "स्थानीय तह र पालिकास्तरका हरेक निकायमा ५० प्रतिशत महिला सहभागिताले पूर्णता पाउनुपर्ने , यसलाई आगामी २०८४ को चुनावबाटै व्यवहारमा लागू गर्नुपर्छ ।"हमालले बालिका गरिमा चौधरीको हत्यारालाई हदैसम्मको कारबाही गर्न माग समेत गरेकी थिइन् । उनले महाधिवेशन र अधिवेशनको जनादेशलाई अवमूल्यन गर्दै छोटो अवधिमै पुनर्गठनको नाममा पार्टीभित्र अस्थिरता ल्याउन नहुनेमा जोड दिँदै अहिलेकै अवस्थामा पार्टी र संगठनलाई एकढिक्का बनाएर लैजानुपर्ने धारणा व्यक्त गरिन्।​सम्मेलनमा अनेमसंघ केन्द्रीय सचिव तथा लुम्बिनी प...
बलात्कारपछि हत्या गरिएकी बाराकी बालिकाका अभिभावकसँग सरकारको सहमति

बलात्कारपछि हत्या गरिएकी बाराकी बालिकाका अभिभावकसँग सरकारको सहमति

Breaking news 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
काठमाण्डौ — बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाका सम्बन्धमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ । गृह मन्त्रालयमा हिजो बेलुका भएको छलफलपछि बालिकाका बुबाआमासँग सरकारले तीनबुँदे सहमति गरेको हो । गृहमन्त्री सुधन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, पीडित बालिकाका अभिभावक तथा सरकारका प्रतिनिधिबीच सहमति भएको हो । सहमतिअनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षाअनुसार विद्यमान कानुनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानुन तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन सात दिनभित्र पेस गर्ने निर्णय भएको छ । यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सात सदस्यीय ‘न्याय सङ्कल्प समिति’ गठन गरिने भएको छ । त्यस्तै, पीडित परिवारको अपेक्षाअनुसार बालिकाको शालिक निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले पालिका...
रुपन्देही विद्युतीय व्यवसायी संघको १८औं स्थापना दिवस सम्पन्न, महासंघको साधारण सभा रुपन्देहीमा हुने

रुपन्देही विद्युतीय व्यवसायी संघको १८औं स्थापना दिवस सम्पन्न, महासंघको साधारण सभा रुपन्देहीमा हुने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीरुपन्देही विद्युतीय व्यवसायी संघले १८औं स्थापना दिवस संघको सचिवालय तिलोत्तमा भलवारीमा एक कार्यक्रमका विच सम्पन्न गरेको छ। साथै महासंघको १७औं वार्षिक साधारण सभा रुपन्देहीको बुटवलमा आयोजना गरिएको जानकारी गराएको छ।शनिबार आयोजित कार्यक्रममा वोल्दै संघका संस्थापक अध्यक्ष अनन्तमान थैवले साङ्ठानिक पिडामा रहेका रुपन्देहीका विद्युतीय व्यवसायीहरुलाई एकतावद्ध गरी चौतारीमा ,पसलमा भेला गरि संस्थाको स्थापना गरि व्यवसायसंगै सामाजिक काममा सक्रिय हुंदै १८ बर्षमा आईपुगेको वताए।संस्थाका संस्थापक सदस्य हरुलाई स्मरण गर्दै उनले अहिले संघको सचिवालय भवनबाट स्थापना दिवस मनाउन पाउंदा गर्भ लागेको वताउदै आगामी समयमा पनि व्यवसायीको हकहित र सामाजिक काममा अग्रसर हुने ठुलो अभिभारा रहेको औंल्याएका थिए।अहिलेको सरकारले शुशासन कायम गर्नका लागि ल्याएका विल लगायतका विषयमा सवै उद्योगी, व्यवसायी, उपभोक्ता सचेत रहेर...
बञ्चरेडाँडाको फोहोर व्यवस्थापन : आशिका तामाङ र जनप्रतिनिधिबीच चर्काचर्की

बञ्चरेडाँडाको फोहोर व्यवस्थापन : आशिका तामाङ र जनप्रतिनिधिबीच चर्काचर्की

Breaking news 2, ताजा अपडेट, राजनीति, विविध, समाचार
काठमाण्डाै – बञ्चरेडाँडा फोहोर व्यवस्थापनको विषयमा छलफल गर्न आज सिंहदरबारमा भएको कार्यक्रममा सांसद आशिका तामाङ र पालिकाका जनप्रतिनिधिबीच चर्काचर्की भएको छ । सञ्चारमन्त्री विक्रम तिमल्सिनाले काठमाण्डौ उपत्यकासहित प्रभावित क्षेत्रका जनप्रतिनिधिबीच छलफल आयोजना गर्नुभएको थियो । यो छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तामाङ पनि सहभागी हुनुहुन्थ्यो । बञ्चरेडाडाँको विषयलाई लिएर उहाँहरूबीच चर्काचर्की भयो । तामाङले बञ्चरेडाँडामा फोहोर लैजान नदिने चेतावनीसहित छलफल छाडेर हिँड्नुभएको थियो  ...
सरकारले अपनाएको प्रक्रियामाथि उठायो सर्बोच्चले प्रश्न, निगम अध्यक्ष श्रेष्ठको नियुक्ति गर्यो खारेज

सरकारले अपनाएको प्रक्रियामाथि उठायो सर्बोच्चले प्रश्न, निगम अध्यक्ष श्रेष्ठको नियुक्ति गर्यो खारेज

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाल वायुसेवा निगमको कार्यकारी नेतृत्व चयनमा सरकारले अपनाएको प्रक्रियामाथि सर्वोच्च अदालतले गम्भीर प्रश्न उठाएको छ। योग्यताक्रम, उमेर सीमा र प्रचलित कानुनी मापदण्ड पालना नगरी गरिएको नियुक्ति स्वीकार्य नहुने ठहर गर्दै अदालतले कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति बदर गरेको हो।न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको संयुक्त इजलासले बिहीबार सरकारको निर्णय खारेज गर्दै निगमको कार्यकारी अध्यक्ष नियुक्तिका लागि नयाँ प्रक्रिया सुरु गर्न आदेश दिएको छ। यो फैसलालाई सार्वजनिक संस्थानका उच्च पदमा हुने राजनीतिक वा प्रशासनिक नियुक्तिमा सरकारको स्वविवेकको सीमा निर्धारण गर्ने महत्वपूर्ण निर्णयका रूपमा हेरिएको छ। अदालतले योग्यताक्रममा अगाडि रहेका उम्मेदवारलाई स्पष्ट र वस्तुनिष्ठ कारणबिना पन्छाएर अर्को व्यक्तिलाई नियुक्त गर्न नमिल्ने सन्देश दिएको छ। निगमको कार्यकारी अ...
पछिल्लो चार महिनामा ३ सचिव र ७० सहसचिवसहित ३ सय ७६ कर्मचारीले दिए राजीनामा

पछिल्लो चार महिनामा ३ सचिव र ७० सहसचिवसहित ३ सय ७६ कर्मचारीले दिए राजीनामा

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौंपछिल्लो चार महिनाको अवधिमा ठूलो संख्यामा निजामती कर्मचारीहरूले सेवाबाट राजीनामा दिएका छन् । राष्ट्रिय किताबखाना (निजामती) का अनुसार गत वैशाखदेखि साउन मसान्तसम्मको अवधिमा ३७६ जना कर्मचारीले पदबाट राजीनामा दिएका हुन् ।राजीनामा दिनेहरूमा नीति निर्माण र कार्यान्वयनको माथिल्लो तहमा रहेका उच्चपदस्थ अधिकारीहरूको संख्या उल्लेख्य छ । किताबखानाका निर्देशक एवं सूचना अधिकारी सुदन ख्वाखली श्रेष्ठले दिएको जानकारी अनुसार, यो अवधिमा विशिष्ट श्रेणीका ३ जना सचिव, प्रथम श्रेणीका ७० जना सहसचिव र द्वितीय श्रेणीका ६५ जना उपसचिवले राजीनामा बुझाएका छन् । राजीनामा दिने सचिवहरूमा गोविन्द शर्मा र डा. कमलप्रसाद पोखरेललगायत रहेका छन् । त्यसैगरी, राजीनामा दिने ७० सहसचिवहरूमध्ये प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा कार्यरत सहसचिव लेखनाथ ज्ञवाली, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान...
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँआज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज अपराह्न १: १५ बजेदेखि शुरु हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ । आजको बैठकमा अर्थ मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ । त्यस्तै आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले 'नेपाल न्याय विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धि विधेयक, २०८३ माथि बिचार गरियोस्' भन्ने प्रस्ताव सभामा पेश गर्ने कार्यसूची रहेको छ । ...
एकैदिन तोलामा ९ हजार ३ सय रुपैयाँ बढ्यो सुन

एकैदिन तोलामा ९ हजार ३ सय रुपैयाँ बढ्यो सुन

Breaking news 2, जीवनशैली, ताजा अपडेट, विविध, समाचार, स्थानीय
४ भदौ, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ९ हजार ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ४ हजार १ सय रुपैयाँ थियो । त्यस्तै गत बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँ थियो । विगत एक महिनामा सुनको मूल्य १०.११ प्रतिशत अर्थात् प्रतितोला २८ हजार ८ सय रुपैयाँ बढेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिसँगै नेपालमा प्रभाव परेको महासंघले जनाएको छ । आज चाँदी तोलामा २६० रुपैयाँ बढेको छ । महासंघले अघिल्लो दिन प्रतितोला ४ हजार ५९५ रुपैयाँ तोकेको चाँदीको मूल्य आज ४ हजार ८५५ रुपैयाँ कायम गरेको छ । ...