Breaking news 2

उद्यमीहरु संग बिष्णु पौडेलको सम्वाद : आर्थिक समृद्धिका लागि संगसंगै अगाडी बढौं

उद्यमीहरु संग बिष्णु पौडेलको सम्वाद : आर्थिक समृद्धिका लागि संगसंगै अगाडी बढौं

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलका युवा उद्यमीहरूले नेपालको खस्किँदो अर्थतन्त्रलाई सही दिशामा ल्याउन नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। आगामी निर्वाचनको सन्दर्भमा बुटवलमा आयोजित युवा उद्यमीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा उनीहरूले पौडेलको विगतको कार्यसम्पादनप्रति विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि साथ दिने प्रतिबद्धता जनाएका हुन्।कार्यक्रममा सहभागी उद्यमीहरूले विष्णु पौडेल अर्थमन्त्री हुँदा निजी क्षेत्र र अर्थतन्त्रको विकासका लागि चालेका कदमहरूको प्रशंसा गरे। "तपाईंबाट नेपालको अर्थतन्त्र सुधारका लागि धेरै सकारात्मक कामहरू भएका छन्, त्यसैले हामी तपाईं प्रति निकै आशावादी छौँ," सहभागी एक युवा उद्यमीले भने, तपाईंले जितेर मुलुकको समृद्धिका लागि अझै धेरै गर्नुपर्ने छ, यस अभियानमा हामी तपाईंको साथमा छौँ। युवाहरूले मुलुकको विकास र समृद्धिको एजेन...
सार्वजनिक बिदाका दिनमा पनि राहदानी विभाग खुला रहने

सार्वजनिक बिदाका दिनमा पनि राहदानी विभाग खुला रहने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ । विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि सार्वजनिक बिदा भएपनि राहदानी वितरणलगायतका कामका लागि विभाग खुला रहने जनाएको छ ।सरकारले आज ग्याल्पो ल्होछार र भोलि बिहीबार प्रजातन्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको छ । दुवै दिन विहान १० बजेदेखि दिउँसो १ बजेसम्म विभाग खुला रहनेछ । विभागले आज राहदानी वितरण सेवा प्रदान गर्ने जनाएको छ । यस्तै बिहीबार भने राहदानीका लागि आवेदन फारम सङ्कलन हुने जनाएको छ । अत्यावश्यक सेवा भएकाले सार्वजनिक बिदाको दिन पनि कार्यालय खुला रहने विभागले स्पष्ट पारेको छ । ...
रास्वपाको पहिलाे चुनावी सभा धनगढीमा,आज रवि र बालेनले सम्बोधन गर्दै

रास्वपाको पहिलाे चुनावी सभा धनगढीमा,आज रवि र बालेनले सम्बोधन गर्दै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पहिलाे चुनाी सभा धनगढीमा गर्न लागेको छ ।रास्वपाले धनगढीमा गर्ने यो सभामा बिहान ११ बजे सुरू भएर दिउँसो १ बजे समापन हुने बताएको छ ।यस सभालाई रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्ने कार्यतालिका रहेको छ । रास्वपाले धनगढीबाट शुरु गर्ने यस चुनाव सभापछि सुर्खेत, भैरहवा, पोखरा, चितवन र इटहरीमा आयोजना गर्ने जानकारी दिइएको छ। ...
राससको ६५औं बार्षिकोत्सवमा लुम्विनीले आयोजना गर्यो निर्वाचन आचारसंहिता र सञ्चार विषयक अन्तर्क्रिया: निर्वाचन सफल बनाउन सरोकारवाला लाग्नुपर्नेमा जोड

राससको ६५औं बार्षिकोत्सवमा लुम्विनीले आयोजना गर्यो निर्वाचन आचारसंहिता र सञ्चार विषयक अन्तर्क्रिया: निर्वाचन सफल बनाउन सरोकारवाला लाग्नुपर्नेमा जोड

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलराष्ट्रिय समाचार समिति (रासस)को ६५औं बार्षिकोत्सवको अवसरमा रासस लुम्विनी प्रदेशले आयोजना गरेको" निर्वाचन आचारसंहिता र सञ्चार" विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।मंगलबार सम्पन्न कार्यक्रममा वोल्दै वक्ताहरुले निर्वाचन सफल बनाउन सरोकारवाला सवैको उत्तिकै जवाफ देहिता र सहयोग आवश्यक रहेको धारणा राखेका छन्।राससका लुम्बिनी प्रदेश प्रमुख भरत केसीको अध्यक्षतामा सम्पन्न अन्तर्क्रिया कार्यक्रममा वोल्दै रुपन्देही निर्वाचन क्षेत्र नं २का निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले फागुन २१मा हुने आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा हरेक नागरिकले आ-आफ्नो स्थानबाट जिम्मेवार, जवाफ देहिता र सहयोग गर्नु पर्ने वताएका छन्।उनले माघ २ गते रुपन्देही निर्वाचन क्षेत्र नं २मा निर्वाचन कार्यालय स्थापना भए पश्चात निर्वाचन सफल बनाउन सुरक्षित,विश्वासनिय र भयरहित रुपमा निर्वाचन सम्पन्न गर्न लागेको वताए।निर्...
जीबी, रवि र छविसहित ५० जनाविरुद्धको मुद्दा संशोधन गर्न कास्की जिल्ला अदालत बाट अस्वीकार

जीबी, रवि र छविसहित ५० जनाविरुद्धको मुद्दा संशोधन गर्न कास्की जिल्ला अदालत बाट अस्वीकार

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंकास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका अध्यक्ष जीबी राईसहित ५० जनाविरुद्धको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतको अन्तिम आदेश नआएसम्म अभियोग पत्र संशोधन नगर्न कास्की जिल्ला अदालतले आदेश गरेको हो । महान्यायाधिवक्ता सविता भण्डारीले ३० पुसमा गोर्खा मिडियाका अध्यक्ष जीबी राई र तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलगायत ५० जनाविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन् । अदालतमा विचाराधीन मुद्दा संशोधन गर्न खोजेको भन्दै सरकारको आलोचना भएको थियो भने सर्वोच्चमा रिटसमेत दायर भएको छ । तर सरकारले मुद्दा फिर्ता लिने विषयलाई नै प्राथमिकतामा राखेर जिल्ला–जिल्लामा प्रक्रिया अगाडि बढाइरहेको छ । रूपन्देही जिल्ला अदालतले यसअघि नै मुद्दा फिर्ता लिन अस्व...
ज्योतिष नबनौं, हल्लाको पछि नलागौं

ज्योतिष नबनौं, हल्लाको पछि नलागौं

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, लेख रचना, समाचार, समाज
यानेन्द्र जीसीबुटवल‘चितवन-३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचन, रेनु दाहाल दोस्रो’ सेतोपाटी चुनाव विश्लेषण–१’ शृंखला भन्दै हालै सेतोपाटी अनलाईनले निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन गरेर समाचार प्रकाशित गर्यो । जुन कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्थाको बर्खिलाप हो ।निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (त) अनुसारउम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न पाइँदैन । यही कारण आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निर्वाचन आयोगले आवश्यक कारबाही गर्न प्रेस काउन्सिललाई सोमबार पत्राचार गरेको छ ।चितवन क्षेत्र नं.३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि नेकपाबाट उम्मेदवार रेनु दाहालले मतदातालाई प्रभावित पार्ने उद्देश्यले...
रुपन्देही-३ मा जसपाका उम्मेदवार यादवनै एमालेमा प्रवेश

रुपन्देही-३ मा जसपाका उम्मेदवार यादवनै एमालेमा प्रवेश

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज, स्थानीय
बुटवलजनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधिसभा सदस्यमा रुपन्देही क्षेत्र नं ३ का उम्मेदवार बनेका श्रीनिवास यादव एमाले प्रवेश गरेका छन्। जसपा नेपालका केन्द्रीय सदस्य समेत रहेका यादवले सोमबार भैरहवामा पत्रकार सम्मेलन गर्दै आफू जसपा परित्याग गरी एमाले प्रवेश गरेको बताएका हुन्। ‘उम्मेदवारी दर्ता गरी जनतासँग भेटघाट गर्दा रुपन्देही ३ का मतादाताको मनोभावना एमाले भन्दा अरू देखिएन, पछिल्लो समय राष्ट्रियता कमजोर बनिरहेको अवस्थामा राष्ट्रियताको विषयमा पनि एमाले नै महत्त्वपूर्ण शक्ति भएको निष्कर्ष निकाल्दै एमाले प्रवेश गर्ने निर्णय गरेको हुँ,’ यादवले पत्रकार सम्मेलनमा भने। पत्रकार सम्मेलनपछि उनले प्रेस विज्ञप्ति जारी गर्दै आजैका दिनदेखि जसपा परित्याग गरी एमाले पार्टीका सिद्धान्तलाई अनुसरण गर्दै एमालेका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्न लाग्ने बताए। ‘देश, जनता र राष्ट्रप्रति वफादार बन्दै ...
दल वा निर्वाचन प्रतिनिधिले गाडी प्रयोग गर्न निर्वाचन अधिकृतबाट अनुमति लिनुपर्ने

दल वा निर्वाचन प्रतिनिधिले गाडी प्रयोग गर्न निर्वाचन अधिकृतबाट अनुमति लिनुपर्ने

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनिर्वाचन आयोगले राजनीतिक दल वा दलको निर्वाचन प्रतिनिधिले सवारीसाधन प्रयोग गर्न सम्बन्धित निर्वाचन अधिकृतबाट अनिवार्य अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरेको छ । आयोगद्वारा आज जारी गरेको ६४ बुँदे निर्देशनमा एक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारीसाधन अन्य दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन वा अन्य उम्मेदवारले प्रयोग गर्न वा गराउन नहुने उल्लेख गरिएको छ । निर्वाचन अधिकृतले अनुमति दिएको सवारीसाधनबाहेक अन्य कुनै किसिमको साधन प्रयोग गरी आवतजावत गर्न वा कसैलाई लैजाने वा ल्याउने गर्न नहुने पनि आयोगको निर्देशन छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज जारी गरेको विज्ञप्तिमा मतदातालाई मतदान गर्नबाट वञ्चित गर्ने उद्देश्यले मतदाता परिचयपत्र कब्जा गरी राख्न, बिगार्न वा खरिद गर्न, मतदान अधिकृतको स्वीकृतिविना निर्वाचनमा प्रयोग गरिने वा प्रयोग गरिएको मतपत्र, मतपेटिका वा अन्य सामग्...
बुटवल उपमहानगरको ६७औँ स्थापना दिवस सम्पन्न: ऐतिहासिक,सांस्कृतिक,सभ्यता र सम्बृद्ध नगर निर्माणमा जोड

बुटवल उपमहानगरको ६७औँ स्थापना दिवस सम्पन्न: ऐतिहासिक,सांस्कृतिक,सभ्यता र सम्बृद्ध नगर निर्माणमा जोड

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवल उपमहानगरपालिकाको ६७औं स्थापना दिवसका अवसरमा वोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई ऐतिहासिक,सांस्कृतिक,सभ्यता र सम्बृद्ध नगर निर्माणमा जोड दिएको वताएका छन्।आईतबार सम्पन्न कार्यक्रममा वोल्दै नगरप्रमुख पाण्डयले सम्बृद्ध नगर वनाउन भए गरेका र अगाडि बढेका र गर्ने योजनाहरुको लामो विवरण प्रस्तुत गर्दै बुटवललाई हरेक हिसाबले सडक,पुर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी,रोजगार,उद्यम-व्यवसाय लगायतका क्षेत्रहरूमा धैरै काम गरेको र केही योजनाहरुको काम भइरहेको र केही योजनाहरु क्रमशः गर्दै जाने उल्लेख गरेका थिए।उनका अनुसार “उज्यालो बुटवल” अभियान अन्तर्गत शहरका मुख्य चोक तथा सडक क्षेत्रमा सप्ताह व्यापी सरसफाइ कार्यक्रम सञ्चालन गरिएको र यस अभियानले शहरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने दीर्घकालीन लक्ष्यलाई थप मजबुत बनाएको उनले बताए । साथै, उज्यालो शहर निर्माण अभियान अन्तर्गत सरसफाइ, हाईमा...
बुटवल उपमहानगर ६७औँ वर्ष प्रवेश : सम्बृद्ध शहर निर्माणमा यथेष्ठ काम

बुटवल उपमहानगर ६७औँ वर्ष प्रवेश : सम्बृद्ध शहर निर्माणमा यथेष्ठ काम

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बटवलसम्बृद्ध शहर निर्माणमा बुटवल उपमहानगरपालिकाको यथेष्ठ काम गरेको छ । भौतिक पूर्वाधार विकासमा बुटवलमा २०७९ सालदेखि ८१ सालसम्म करिब ३ वर्षको अवधिमा धेरै योजनाले पूर्णता पाएको उपमहानगरले सार्वजनिक गरेको तथ्याङ्कले देखाउँछन । पूर्वाधार विकास महाशाखाबाट सञ्चालित योजनाहरुको प्रगति विवरणले भौतिक पूर्वाधार विकासमा गरेको फड्कोलाई देखाउँछन् । आ.व. २०७९ /८० र ०८१/८२ मा बोलपत्र /दरभाउपत्र १४३ वटा, सेवा परामर्स ३४ वटा, सोझै खरिद ६६ वटा, उपभोक्ता १९९९ वटा गरी जम्मा २ हजार २ सय ४२ योजना सम्पन्न भएका छन् । त्यस्तैगरी आ.व. २०८२/८३ को साउन १ देखि माघ मसान्तसम्मको प्रगति विवरणमा ठेक्का दरभाउपत्र/बोलपत्र/उपभोक्ताको क्रमागत संख्या २८ वटा, चालु आ.व. को संख्या २ र कुल योजना संख्या ३० रहेको छ । त्यस्तैगरी दरभाउपत्र/बोलपत्र/उपभोक्ता, सेवा परामर्स, सोझै खरिद र उपभोक्ताको जम्मा ४१ वटा, आ.व. चालुको संख्या १७, ...