Breaking news 2

हचुवाका भरमा समाचार प्रकाशन/प्रशारण नगर्न सञ्चार मन्त्रालयको आग्रह

हचुवाका भरमा समाचार प्रकाशन/प्रशारण नगर्न सञ्चार मन्त्रालयको आग्रह

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडौंसञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हचुवाका भरमा समाचार प्रकाशन/प्रशारण नगर्न आग्रह गरेको छ । बुधबार एक विज्ञप्ति जारी गरी मन्त्रालयले केही समयदेखि विभिन्न अनलाइन मिडिया तथा सामाजिक सञ्जालहरूमा आधारहीन, मिथ्या र भ्रामक सूचना सामग्रीहरू प्रकाश तथा प्रशारण भइरहेको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको हो ।यस्ता कपोकल्पित सूचना सामग्रीहरूले आम नागरिकमा भ्रम सिर्जना गर्नुका साथै समाजमा गलत मनोविज्ञान फैलाउने कार्य गरिरहेको छ । सरकारले यस प्रकारका भ्रामक सूचना सामग्री सम्प्रेषण गर्ने कार्यलाई अत्यन्त गम्भीरतापूर्वक लिएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘आधारहीन, मिथ्या र भ्रामक सूचना प्रकाश तथा प्रशारण गरिएको पाइएमा त्यसता समाचार वा सूचना प्रकाश गर्ने व्यक्ति वा संस्थाहरूलाई पहिचान गरी प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने व्यहोरासमेत अवगत गराइन्छ ।’ ...
नेपाल कम्यूनिष्ट पार्टीको ७७औं स्थापना दिवस: एमाले विना नेपालको कम्युनिस्ट आन्दोलनको भविष्य नरहेको ठहर

नेपाल कम्यूनिष्ट पार्टीको ७७औं स्थापना दिवस: एमाले विना नेपालको कम्युनिस्ट आन्दोलनको भविष्य नरहेको ठहर

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेपाल कम्यूनिष्ट पार्टी एकिकृत मार्क्सवाद लेनिनवाद( नेकपा एमाले) रुपन्देहीले ७७औं स्थापना दिवस सम्पन्न गरेको छ।वैशाख ९ गते बुटवलमा सम्पन्न कार्यक्रममा वोल्दै पार्टीका केन्द्रीय सचिव छविलाल विश्वकर्माले एमालेले देश र जनताको स्वभिमान,शुसासन,सम्बृद्धि, अग्रगमनका लागि महत्त्वपूर्ण योगदान गरेको र एमाले विना नेपालको कम्युनिस्ट आन्दोलनको भविष्य नभएको वताएका हुन्।उनले हिजो देश र जनताका विषयमा पार्टी र नेताले गरेका त्याग ,संघर्ष र अहिले के कस्ता कारण जनताले स्विकार गरेका छैनन् भन्ने कुराहरूको समिक्षा गर्दै भएका कमिकमजोरी हटाएर नेतृत्वमा पुगी देखेका शुशासन, विकास, सम्बृद्धि र अग्रगमनका योजना पुरा गर्न जनतलाई अपिल गर्नुपर्ने वताएका छन्।विश्वकर्माले विश्वमा भएका परिघटनाबाट शिक्षा लिनुपर्ने वताउदै सोभियत सङ्घले पनी एमालेले जस्तै विजय र पराजय भोगेको र आफ्नै कारणले भएको भन्दै एमाले पनी समिक्षा ...
अमेरिका-इरानको युद्धविराम अवधि अनिश्चितकालका लागि लम्बियो

अमेरिका-इरानको युद्धविराम अवधि अनिश्चितकालका लागि लम्बियो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामलाई लम्बाएका छन्। युद्ध अन्त्यका लागि प्रस्ताव ल्याउन तेहरानलाई थप समय उपलब्ध गराउन अमेरिकी सेनाले योजनाबद्ध आक्रमण रोक्ने समेत उनले बताएका छन्। पाकिस्तानको आग्रहपछि यस्तो घोषणा गरिएको ट्रम्प आफैंले उल्लेख गरेका छन्। यसअघि इरानसँग भएको दुई साता लामो युद्धविराम बुधबार (आज) सकिँदै थियो। त्यसअघि नै ट्रम्पले मंगलबार राति एकपक्षीय रूपमा युद्धविरामको समय लम्ब्याएका हुन्।उनले थपिएको युद्धविरामको समयसीमा भने उल्लेख गरेका छैनन्। यद्यपि, वार्ता टुंगोमा नपुग्दासम्म जारी रहने उनले बताएका छन्। ‘त्यसैले मैले हाम्रो सेनालाई नाकाबन्दी जारी राख्न निर्देशन दिएको छु र अन्य सबै पक्षमा तयारी अवस्थामा रहन तथा सक्षम रहन भनेको छु,’ उनले सामाजिक सञ्जाल पोस्टमा भनेका छन्, ‘त्यसकारण, उनीहरूको प्रस्ताव पेश हुने र छलफल कुनै न कुनै निष्कर्षमा पुग्न...
बुटवलसहित करिब एक सय स्थानीय तह फेरबदलको प्रस्ताव

बुटवलसहित करिब एक सय स्थानीय तह फेरबदलको प्रस्ताव

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
काठमाडौंझण्डै एक सयको हाराहारीमा स्थानीय तहको संख्या र सीमा हेरफेर गर्नुपर्ने प्रस्तावहरू संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश भएका छन् । बुटवललाई महानगर गराउन प्रस्ताव गरिएको छ ।तीमध्ये कतिपय प्रस्तावहरू वडाको सीमा हेरफेर र व्यवस्थापनसँग सम्बन्धित छन् भने केहीमा गाँउपालिकाहरू गाभेर नगरपालिका बनाउन प्रस्ताव भएको छ । केही गाँउपालिकाहरूलाई नगरपालिकामा गाभ्नुपर्ने सैद्धान्तिक प्रस्ताव छ ।मन्त्रालयमा पेश भएको प्रस्तावहरू समेत अध्ययन गरेर नेपाल नगरपालिका संघले दुई महिनाअघि अर्को छुट्टै प्रतिवेदन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश गरेको छ । अरु ९७ वटा प्रस्तावहरू विभिन्न समयमा स्थानीय तहबाट प्रदेश सरकार हुँदै मन्त्रालयमा पुगेका हुन् । दुई दिन अघिमात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको संख्या र सीमा हेरफेर सम्बन्धी मापदण्डको मस्यौदा सार्व...
नेपाल र युएईबीचको दोस्रो टी-२० खेल आज हुदै

नेपाल र युएईबीचको दोस्रो टी-२० खेल आज हुदै

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाडौँनेपाल र युएईबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदैछ । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने यो खेल साँझ ५ बजेदेखि शुरु हुनेछ ।सिरिजको पहिलो खेल युएईले जितेर सिरिजमा १-० को बढ्त बनाएको छ ।यस सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा टिम खेलाउदैछ । जसमा दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल रहेका छन् । त्यस्तै बैकल्पिक खेलाडीमा प्रतिस जीसी, नारायण जोशी र रसिद खान रहेका छन् । नेपालले पहिलो पटक टी-२० र एकदिवसीय क्रिकेटमा अलग अलग कप्तानको अभ्यास गरेको छ । पहिलो पटक रोहित पौडेल, सोमपाल कामी, करण केसी लगायतका खेलाडी टी-२० टिमबाट बाहिर रहेका छन् । ...
विश्वविद्यालयबाट दलीय संगठन र कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन

विश्वविद्यालयबाट दलीय संगठन र कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार (आज) देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको साढे ३ घण्टा लामो छलफलका क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।प्रधानमन्त्री शाहले शैक्षिक संस्थाहरूमा कुनै पनि बहानामा राजनीति गर्न नहुने अडान लिँदै दलीय संगठनका संरचना हटाउन कुनै पनि ऐन बाधक नहुने स्पष्ट पारे । उनले अस्पताल, क्याम्पस र विद्यालयजस्ता पवित्र ठाउँमा कुनै पनि दलको झण्डा, प्रभाव वा संगठन राख्न नदिइने बताउँदै राजनीति नै गर्ने भए पेसागत जिम्मेवारीबाट अलग भएर पूर्ण रूपमा राजनीतिमा लाग्न सुझाव दिए । छलफलका क्रममा नेपाल संस्कृत विश्ववि...
दीपक भट्टसँग जोडिएको विषयमा पार्टीको निर्णय मान्छु, अनुसन्धानमा सघाउँछु : गृहमन्त्री गुरुङ

दीपक भट्टसँग जोडिएको विषयमा पार्टीको निर्णय मान्छु, अनुसन्धानमा सघाउँछु : गृहमन्त्री गुरुङ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौंगृहमन्त्री सुधन गुरुङको सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसम्बद्ध कम्पनीमा साझेदारी भेटिएको विषयमा मुख खोलेका छन्।फेसबुकमा यसबारे जवाफ दिँदै पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्ने बताएका छन्।उनले भनेका छन्, ‘अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु। सहिदहरूको बलिदान र जेनजी आन्दोलनको मर्म हामीलाई जिम्मेवार बनाउँछ, हल्लामा होइन, प्रमाणमा उभिन।’ ...
अँग्रेजलाई हराएको एक मात्र किल्ला बुटवलको जितगढी, आज उत्सव मनाईँदै

अँग्रेजलाई हराएको एक मात्र किल्ला बुटवलको जितगढी, आज उत्सव मनाईँदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलआज बैशाख ७ गते अर्थात बुटवलको जितगढीमा नेपाल-अंग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय हासिल गरेको दिनको खुशीयालीमा आज जितगढी उत्सव मनाईँदै छ । १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको खुसीयालीमा हरेक वर्ष विजय उत्सव मनाउने क्रममा आज पनि विजय उत्सव मनाउन थालिएको हो । आज नै हरेक वर्ष गोरखादेखि पैदलयात्रा गरी आइपुग्ने नेपाली सेनाका पदयात्रीहरुलाई किल्लामा स्वागत गरिने प्रचलन छ । यस वर्ष पनि नेपाली सेनाको गोरखा दरबार हनुमान भन्ज्याङबाट सुरु भएको गोरखा-जितगढी पदयात्राको टोलीलाई स्वागत गर्ने कार्यक्रम रहेको बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए । ऐतिहासिक दरबार, गढी, किल्ला र पदमार्गको संरक्षण अभियान अन्तर्गत नेपाली सेनाले स्थानीय तहहरुसँगको सहकार्यमा गोरखादरबारदेखि जितगढीसम्मको यो पदयात्रा चौथो पटक...
काँग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता

काँग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाली काँग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत चैत ११ गते बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठन गरेको उक्त समितिलाई पूर्णता दिएको हो । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज एक विज्ञप्ति जारी गरी विज्ञ समूहमा वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खडका, उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सीताराम केसी, ललितकुमार बस्नेत, अधिवक्ताहरू रनबहादुर थेवे, शर्मिला श्रेष्ठ, झलमाया विकलाई सदस्यमा मनोनयन गरिएको जानकारी दिए । समितिको सदस्य सचिवमा अधिवक्ता राजु कटुवाललाई जिम्मेवार दिइएको छ । यसै गरी, समितिलाई पाँच बुँदे कार्य विवरणसमेत दिइएको...
एमाले अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज

एमाले अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँपूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । २१ दिनको उपचारपछि उनी आज डिस्चार्ज भएका हुन् ।गत चैत १४ गते पक्राउ परेलगत्तै स्वास्थ्य समस्या देखिएपछि ओलीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा रहँदा उनको पत्थरीसम्बन्धी शल्यक्रिया गरिएको थियो ।अस्पताल स्रोतका अनुसार ओलीकाे स्वास्थ्य अवस्था सुधारोन्मुख भएपछि चिकित्सकहरूको सल्लाहमा डिस्चार्ज गरिएको हो । उपचार अवधिभर ओली चिकित्सकहरूको निगरानीमा थिए । डिस्चार्जपछि पनि केही समय नियमित फलोअप तथा आराम गर्न चिकित्सकले सुझाव दिएका छन् । ...